×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लेनदेन मिलाउन गत वर्षको चेक साट्न बाँकी

  •  
  • बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • चलखेलका लागि असारमै काटिएका चेक सकारी कार्यालयमै
    – गोकर्ण अवस्थी, काठमाडौं

    श्रावण ५, २०७४-सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको छ ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष असार मसान्तसम्ममा कुल ८ खर्ब २३ अर्ब रुपैयाँ बराबरको चेक काटिएको छ । तर, राष्ट्र बैंकको तथ्यांकले ७ खर्ब २१ अर्ब रुपैयाँको मात्रै भुक्तानी भएको छ । यो तथ्यांकका आधारमा १ खर्ब २ अर्ब बराबरको चेक सम्बन्धित कार्यालयमै रहेको देखिन्छ । यस्तो चेक ठेकेदार वा अन्य सेवा प्रदायकलाई भुक्तानी गरिहाल्नुपर्ने भए पनि चलखेलका लागि सरकारी कार्यालयले आफैंसँग राखेका हुन् ।
    ‘यसमध्ये अधिकांश रकम सम्बन्धित कार्यालय प्रमुख, लेखापाल वा इन्जिनियरले अतिरिक्त लाभ लिएर मात्रै ठेकेदार वा सेवा प्रदायकलाई दिन्छन्,’ पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, ‘यसमा अधिकांश रकम ठेकेदारलाई भुक्तानी दिन बाँकी हुन्छ र चेक सम्बन्धित कार्यालयको घर्रामा हुन्छ । सम्बन्धित कार्यालय प्रमुख, लेखापाल, इन्जिनियरलाई अतिरिक्त लाभ दिएपछि मात्रै भुक्तानी हुनेछ ।’ यो भ्रष्टाचारको अर्को रूप रहेको उनले बताए ।
    सरकारी काम गरेपछि सम्बन्धित कार्यालयले विवरणहरूसहित चेक काट्नका लागि जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाउँछ । उक्त विवरणको आधारमा कोलेनिकाले चेक काटी सम्बन्धित कार्यालयमा पठाउँछ । तर, लेनदेनका लागि सम्बन्धित कार्यालयले कोलेनिकाबाट चेक काटे पनि आफ्नै घर्रामा राखेका हुन्छन् । चेक थन्काएर अतिरिक्त रकम माग गर्ने भयावह अवस्था बढेकाले २०५७ देखि सरकारी चेक एक महिनाभित्र साटिसक्नुपर्ने व्यवस्था गरिएको पूर्व अर्थ सचिव खनालले बताए ।
    ‘म महालेखामा जानुअघि हाकिम, इन्जिनियर वा लेखापालजस्ता कर्मचारीलाई अतिरिक्त रकमसँगै दसैंमा खसी र रक्सीसमेत बुझाउनुपर्ने बाध्यता देखें,’ खनालले भने, ‘त्यही भएर सरकारी चेक काटिएको एक महिनाभित्र साट्नुपर्ने व्यवस्था गरिएको हो ।’ यसैगरी सोही बेलादेखि असार २५ गतेपछि चेक काट्न नपाइने व्यवस्था पनि गरिएको उनले बताए । त्यसपछि चेक काट्नुपर्ने भए कोलेनिकाको अनुमति चाहिने (प्रिअडिट) व्यवस्था छ ।
    ‘तर, अहिले आएर कोलेनिका र सम्बन्धित कार्यालयका लेखापाल मिलेर असार मसान्तसम्मै चेक काटिरहेका छन्,’ खनालले भने, ‘सबैको मिलेमतोमा चरम भ्रष्टाचार भइरहेको छ ।’
    अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवल भण्डारीले पुँजीगत र चालु दुवै शीर्षकको रकम चेक काटिएर पनि भुक्तानी हुन बाँकी रहेको हुन सक्ने बताए । ‘पुँजीगतसँगै गोष्ठी, सेमिनारको खर्च, धारा पानी बिजुलीको खर्च पनि भुक्तानी हुन बाँकी रहेको हुन सक्छ,’ उनले भने, ‘केही चेक अन्य बैंकमा जम्मा गर्नुपर्ने भएकाले पनि क्लियरिङमा पनि समय लागेको हुन सक्छ ।’
    उनले भुक्तानी प्रणालीलाई पारदर्शी र छिटोछरितो बनाउन सीधै ठेकेदार वा सेवा प्रदायकको खातामा भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताए । ‘म महालेखामा रहँदा नै सिंहदरबारभित्रको भुक्तानी सीधै सेवा प्रदायकको खातामा जाने व्यवस्था गरिएको छ,’ भण्डारीले भने, ‘अब सबैतिर सीधै भुक्तानीको व्यवस्था अनिवार्य गर्नुपर्ने देखिन्छ ।’
    चेक काटेर भुक्तानी नभएको सँगै आम्दानीभन्दा थोरै खर्च भएकाले सरकारी खातामा ठूलो रकम बचतमा छ । आर्थिक वर्ष सकिँदा सरकारी खातामा १ खर्ब ९९ अर्ब रुपैयाँ बचत छ । राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाका अनुसार चेक काटिएको र भुक्तानी लिइएको रकम फरक भएकाले बचत रकम घट्न सक्नेछ ।
    ‘साउन मसान्तसम्म चेक साट्ने समय हुने भएकाले त्यतिबेलासम्म खुद बचत १ खर्ब २० अर्ब बराबर हुन सक्छ,’ थापाले भने । उनका अनुसार चेक काटिसकिएको र नसाटिएको १ खर्ब २ अर्ब रकम घटाउँदा राजस्व र खर्च घटाउँदा ९७ अर्ब बचत हुनेछ । ‘वैदेशिक अनुदान र राजस्वको सबै तथ्यांक आइसक्दा करिब १ खर्ब २० अर्ब बराबरको रकम खुद बचत हुने देखिन्छ,’ थापाले भने ।
    सरकारको खर्च गर्ने क्षमता घटदै गएकाले पछिल्ला चार वर्षयता सरकार सधैं बचतमा रहने गरेको छ । विशेषगरी पुँजीगत खर्च नहुने तर राजस्व भने लक्ष्यभन्दा बढी उठ्ने गरेकाले बचत हुन थालेको हो । गत वर्ष विकास लक्षित पुँजीगत खर्च विनियोजित रकमको ६५ प्रतिशत मात्रै भएको छ । ३ खर्ब ११ अर्ब पुँजीगत बजेट विनियोजन भएकामा २ खर्ब ४ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.