×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रेलको इन्जिन र डिब्बा खरिदको तयारीमा सरकार

  •  
  • बुधबार, साउन ०४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • विभागद्वारा चारवटा इन्जिन र १८ वडा डब्बाका लागि ३ अर्ब रुपैयाँ माग
    • बिजुलपुरा–जनकपुर–जयनगरमा कुदाइने, रेल्वे सुरुमा ५२ किमी लामो
    राजेन्द्र फुयाल, काठमाडौं

    श्रावण ४, २०७४- सरकारले बर्दिवासभन्दा केही पर बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालनका लागि ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । यसका लागि रेल्वे विभागले सरकारसंग तीन अर्ब रुपैयाँ माग गरेको छ ।

    रेलवे विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्यायका अनुसार पहिलो चरणमा यात्रुवहाक र मालवहाक रेलका दुई/दुई वटा इन्जिन र १८ वटा डब्बा खरिदका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्नेछ । ‘हामीले अनुमानित लागत तयार गरी सरकारसंग (भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालय) रकम माग गरेका छौ,’ उनले भने ।

    विभागले इन्जिन र डिब्बा ल्याई उक्त खण्डमा रेल सेवा सुरु गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन बर्दिवास–जनकपुर–जयनगर (६९ किलोमिटर )रेलवेको बिजुलपुरा–जनकपुर–जयनगर (५२ किलोमिटर) खण्डको निर्माण कार्य आगामी फागनुसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । रेल्वे निर्माणको स्थलगत अवलोकनपछि असारको दोस्रो साता संसदको विकास समितिले रेलवे निर्माणको काम सकिनु अगावै सेवा सञ्चालनका लागि आवश्यक पर्ने रेलको इन्जिन र डब्बाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । भारतीय सरकारको लगानीमा भारतीय कम्पनिले रेलवे निर्माणको काम गरिरहेको भए पनि रेलको इन्जिन, डब्बालगायतका सामग्रि जुटाउने र रेलवे सेवा सञ्चालन गर्ने दायित्व नेपाल सरकारको हो । रेलवे सेवा सञ्चालन आवश्यक संयन्त्र निर्माणसहितका बृहत कामका लागि भने सरकारले अझै गृहकार्य गरेको छैन ।

    पहिलो चरणमा यात्रुवहाक रेलका दुईवटा इन्जिनमा ६/६ वटा डब्बा जोड्ने प्रस्ताव गरेको रेलवे विभागले मालवहाक इन्जिनमा कन्टेनर र अन्य सामाज बोक्न मिल्ने १२ वटा डब्बा खरिदको प्रस्ताव गरेको छ । रेल्वे सञ्चालनमा आएपछि विस्तार हुने यात्रु र व्यापारको चाप अनुसार ती इन्जिनमा थप डब्बा जोड्न सकिन्छ ।

    मुअब्जा विवाद समाधानमा भएको ढिलाइका कारण बर्दिवास–बिजलपुरा खण्डको काम सुरु नभए पनि बिजुलपुरा–जनकपुर–जयनगर खण्डमा माटोको काम (रेल कुद्ने बाटो निर्माण) पूरा भई लिक राख्ने स्लीपर जडान गर्ने काम भइरहेको छ । निर्माणाधिन रेल्वेमध्ये ३ किलोमिटर मात्रै भारतीय भूमिमा पर्छ ।

    नेपालमा ‘सिंगल गेज’ को रेलवे सञ्चालनको इतिहास भए पनि ‘ब्रोडगेज’ को रेल कुदाउने यो पहिलो प्रयास हो । ‘सिंगल गेज’ मा बिजुलपुरा–जनकपुर–जयनगर र अमलेखञ्ज–वीरगञ्ज–रक्सौलको यात्रुवहाक रेल सेवा इतिहासमा सिमित छ भने नेपालमा एक किलोमिटर भन्दा कम दुरीको मालवहाक रेलवे (वीरगञ्ज– रक्सौल) मा मात्रै सञ्चालनमा छ ।

    १९९४ सालमा तत्कालीन ब्रिटिस भारतले महोत्तरी जंगलबाट सखुवाका गोलिया ओसार्ने प्रयोजनका लागि निर्माण गरेको ५२ किलोमिटर लामो रेलवे नै कालान्तरमा यात्रुवहाक बनाइएको थियो । २०५९ बाढीबाट विग्ही पुल क्षतिग्रस्त भए पछि जनकपुर–जयनगर (२९ किलोमिटर)मा सिमित रेलवे सेवा ४ वर्ष अघि पूर्णत बन्द भएको थियो । त्यही ‘सिंगल गेज’ को पुरानो संरचना विस्थापित गरी निर्माण भइरहेको ‘ब्रोडगेज’ को रेल महोत्तरीको बर्दिवासमा नेपालले आफैले अध्ययन सुरु गरेको पूर्व–पञ्चिम विद्युतीय रेलवे सञ्जालमा जोडिने रेलवे विभागका अधिकारीहरु वताउँछन् । विद्युतिय रेल्वेका लागि बर्दिवास–लालबन्दीखण्डमा धमाधम संरचना निर्माण भइरहेका छन् । ‘स्टान्डर्ड गेज’ को उक्त रेलवे पूर्व–पश्चिम सिमा छिचोलेर नेपाल अन्तर्राष्ट्रिय रेलवे सञ्जालमा जोडिन सक्छ ।

    भारतीय रेलवे सञ्जालसंग जोडिने अर्को नाका जोगवनी–विराटनगर (१९ किलोमिटर) खण्डको रेलवे निर्माण भने मुअब्जा विवादमै अल्झिएको छ । भारतीय सहयोगमा निर्माण हुने जलपाइगुडी–काँकडभिट्टा (७० किलोमिटर), नौतनवा–भैरहवा (१२ किलोमिटर) र रुपडिया–नेपालगञ्ज (१५ किलोमिटर) रेलवे निर्माणको पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । ‘ती सेक्टरमा पनि छिटै काम सुरुवात गर्ने तयारीमा छौ,’ इन्जिनियर उपाध्यायले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.