×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोलभेंडा र काउलीमा अत्यधिक विषादी

  •  
  • बुधबार, असार २८, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • -पाँचखालबाट भित्रिएको काउलीमा ६६.८ प्रतिशत, चौताराबाट आएको गोलभेंडामा ५७.५ प्रतिशतसम्म विषादी
    • -एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत क्यान्सरसमेत हुन सक्छ : खाद्य प्रविधि
    राजु चौधरी, काठमाडौं
    असार २८, २०७४- उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण इकाई कालिमाटीको संयुक्त अनुगमन टोलीले उपत्यकाका चार नाकामा गरेको अनुगमनमा यस्तो फेला परेको हो ।

    टोलीले मंसिरदेखि जेठ महिनासम्म अनुगमन र नमुनाको संकलन गरी बायो ऐसेस विधिबाट विश्लेषण गरेको थियो । त्यसक्रममा गोलभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको पेला पारेको हो । विभागका सहप्रवक्ता मदनकुमार चापागाईका अनुसार काउली, गोलभेंडा, आलु, बोडी, करेलालगायत १२ प्रकारको तरकारीमा अनुगमन गरेको थियो । त्यसमध्ये १ सय ३१ नमुना संकलन र विश्लेषण भएको उनले बताए ।

    ‘थानकोट, बालाजु, जगाती, दक्षिणकाली नाकामा संकलन गरिएका तरकारीमध्ये गोलभेंडा र काउलीमा बढी इनिमेसन (बिषादीको परिमाण) अत्याधिक प्रयोग भएको देखियो,’ चापागाईले भने । इनिमेसन रेट खाद्य वस्तुमा विषादीको मात्रा नाप्ने एकाइ हो । बढी इनिमेसन भएका खाद्य वस्तु बढी विषादीयुक्त हुने भएकाले खान नमिल्ने र कम इनिमेसन भएका तरकारी मात्र उपभोग योग्य हुन्छन् । विभागले तयार पारेको प्रतिवेदनअनुसार चौताराबाट जगाती नाका हुँदै उपत्यका भित्रिएको गोलभेंडामा ५७.५ प्रतिशत इनिमेसन फेला परेको थियो । पाँचखालबाट भित्रिएको काउलीमा ५२.४ प्रतिशत इनिमेसन फेला परेको जनाइएको छ । टोलीले उक्त नाकामा मंसिर २३ गते अनुगमन गरी १२ प्रकारका तरकारीको नमुना परीक्षण गरेको थियो ।

    विभागले मंसिरदेखि जेठसम्म गरेको अनुगमनको आधारमा यो तथ्य सार्वजनिक गरेको हो । फागुन १० मा धादिङबाट थानकोट भित्रिएको काउलीमा ६३.८ प्रतिशत र पाँचखालबाट भित्रिएको गोलभेंडामा ६६.८ प्रतिशत इनिमेसन फेला परेको सहप्रवक्ता चापागाईले बताए । थानकोट र पाँचखालमा क्रमश: माघ १० र २३ गते अनुगमन भएको थियो । यस्तै भारतबाट आयातित गोलभेंडामा ४६.५ प्रतिशत इनिमेट फेला परेको जनाइएको छ । निर्देशनालयका अनुसार जेठमा कालिमाटी तरकारी बजारभित्र केही तरकारीमा इनिमेसनको मात्र बढी देखिएको थियो ।

    निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माका अनुसार ३५ प्रतिशत इनिमेसन रेट भएका खाद्य वस्तु मात्र सहज रूपमा खान मिल्छ । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य भए पनि केही समय भण्डारणमा राख्दा इनिमेसन रेट कम भएमा खान मिल्छ ।

    ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णत: अखाद्य हुने शर्माले बताए । ‘४५ प्रतिशतभन्दा बढी इनिमेसन रेट फेला परे तरकारी खान अयोग्य ठहरिन्छ,’ उनले भने, ‘उक्त तरकारी नष्ट नै गर्नुपर्छ ।’ जानकारका अनुसार विषादीको प्रयोग गर्दा ध्यान नदिने, धेरैपटक विषादी हाल्ने, विषादीको डोज बढी प्रयोग गर्दा इनिमेसन रेट बढ्छ ।

    सहप्रवक्ता चापागाईका अनुसार व्यवसायीले इनिमेसन रेट उच्च भएका खाद्यवस्तुले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । ती खाद्यवस्तुको उपभोगले क्यान्सर, पक्षाघात, मुटुको रोग, मृगौलाले काम नगर्ने, एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत समस्या देखिने उनले बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले व्यावसायिक कृषकले अत्यधिक विषादी प्रयोग गरेको बताए । लगानीको प्रतिफल बढीभन्दा बढी नाफा पाउन उपभोक्ताको जीउज्यानमाथि खेलबाड भएको उनले बताए । ‘विषादी तरकारीबाट बच्न व्यवसायी, कृषक र उपभोक्ता स्वयं सचेत र जागरुक हुन जरुरी छ,’ उनले भने । मञ्चले गरेको अध्ययनमा सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट मकवानपुर, धादिङ र बारामा उत्पादित तरकारीमा बढी विषादी प्रयोग हुने गरेको जनाइएको छ ।

    ‘हाल बजारमा नयाँ–नयाँ विषादी भित्रिएका छन् । तरकारी ताजा बनाउन वा चम्काउन विषादीको प्रयोग बढ्दो छ,’ महर्जनले भने, ‘यसले उपभोक्ताको स्वास्थ्यमा धेरै नोक्सानी हुन्छ ।’ चापागाईका अनुसार विभागले तयार पारेको प्रतिवेदन अनुसन्धानात्मक नमुना हो । तरकारीमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायमा परिपत्र गरिएको विभागको दाबी छ । ‘विषादीको मात्रा कम गरी बजार सुधार गर्न जिल्ला कृषि विकास कार्यालयमार्फत सम्बन्धित ठाउँका किसानलाई सचेतना, तालिमका लागि परिपत्र गरेका छौं,’ सहप्रवक्ता चापागाईले भने ।

    यसअघि निर्देशनालयले परीक्षण गर्दा आलु, तितेकरेला, भान्टा, बोडीलगायत वस्तुमा अत्यधिक विषादी भेटिएको थियो । निर्देशनालयले कालिमाटीमा विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गरे पनि नियमित जाँच हुने गरेको छैन । तर, पछिल्लो समय विषादीको प्रयोग घटेको निर्देशनालयको दाबी छ ।
    ‘विगत दुई–तीन वर्षको तुलनामा विषादी प्रयोगको मात्रा धेरै कम भएको छ ।
    गत महिनामा कालिमाटी बजारमा फाट्टफुट्ट मात्रै विषादी पाइएको थियो,’ निर्देशक शर्माले भने । विषादीको प्रयोगको मात्रा घटाउन उपभोक्तकर्मी संस्थाको सहयोगमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

    बच्ने उपाय

    विषादीबाट बच्न सजिला घरेलु उपायहरू छन् । तरकारी पकाउनुअघि पानीमा करिब १५ देखि २० मिनेट राख्नुपर्छ । पानीमा आयोनुन राख्नुपर्छ । आयोनुनले विषादी नष्ट गर्छ । करिब २० मिनेटपश्चात् ६० देखि ८० प्रतिशत विषादी नष्ट हुने जानकारहरू बताउँछन् । त्यसपश्चात् तरकारी पूर्ण रूपमा खानयोग्य हुन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.