कैलासबावु श्रेष्ठ/गोरखा
असार १६ गते । मनास्लु बिकास बैंक गाभिएर बनेको ओम डेभलपमेन्ट बैंकको ४१ औं शाखा पोखराको लेखनाथमा शुक्रबार देखी संञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि.ले उदघाटन गरे पछि शाखा सञ्चालनमा आएको हो ।

शाखा उदघाटन कार्यक्रममा अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले उपस्थित सबैलाई बैंकको विविध पक्षहरुको जानकारी गराएका थिए ।
सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा भएको कार्यक्रममा मेयर जि.सि.ले श्री लक्ष्मि मा.बि. लेखनाथलाई छात्राबृद्धि र सृजना बहिरा आवासिय माध्यमिक बिद्यालय, लेखनाथलाई पंखा उपलब्ध गराएका थिए ।

ओमले गत असार २ गते मनास्लु विकास बैंकसंग संयुक्त कारोवार गरेको थियो । संयुक्त कारोवार पछि बैंकको चुक्ता पुंजी १ अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, ग्राहक संख्या २ लाख २३ हजार पुगेको छ ।
बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडी बढाईसकेको प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।



