कैलासबावु श्रेष्ठ/गोरखा
जिल्लामा माछा पालन तर्फ किसानहरु आकर्षित भएका छन् । परम्परागत रुपमा खेतिपाती गर्दै आएका किसानहरु उक्त काम छोडर माछा पालन तर्फ आकर्षित भएका हुन । जिल्ला कृषी बिकास कार्यालयले गोरखा नगरपालिका १४ र मनकामनाका किसानलाई लक्षित गर्दै माछा पालन व्यवसाय गर्ने पेरित गरे सँगै त्यस तर्फको आकर्षण बढेको हो ।
कार्यालयले किसानलाई माछापालनका लागि पोखरी निर्माणका लागि भन्दै १० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको जिल्ला कृषी बिकास कार्यालयका वरिष्ठ कृषी बिकास अधिकृत यामकुमार श्रेष्ठले बताए । ‘हामी यो क्षेत्रलाई माछाको पकेट क्षेत्र बनाउने लागि परिका छौ, किसानहरु पनि निकै आकर्षित हुनुभएको छ’ अधिकृत श्रेष्ठले भने ।

अहिले किसानहरुले पोखरी खनेर माछाको भुरा राखिसकेको किसानहरुले बताएका छन् । उक्त पोखरीमा कार्यालयले उपलब्ध गराएको कमन, ग्रास, सिल्भरका भूरा पालिएको छ । उक्त माछा गत चैत्रमा पोखरीमा हालिएको भए पनि राहु र नैनी जातका माछा भने केही दिन अघि मात्र कार्यलयले किसानलाई उपलब्ध गराएको कार्यालय भवनाथ देवकोटाले बताए ।
जिल्लाका विभिन्न ठाउँमा गरी मात्रै २ सय रोपनीमा ब्यवसायीक माछापालन भएको भन्दै यसले बर्षेनी १० टन माछा उप्पादन गर्दै लक्ष्य कृषि कार्यालयको छ । गोरखा नगरपालिका १४ देउराली र शहिद लखन गाउँपालिका अन्र्तगत साबिकको मनकामना गाविसमा मान्छाका लागि प्रख्यात रहदा आएको छ । उक्त क्षेत्रमा माछापालन व्यवसाय फस्टाए सँगै होटलहरु समेत खुल्न थालेको स्थानियले बताएका छन् ।

माछाका लागि पोखरी भित्रै ८० प्रतिशत खाना उत्पादन हुने र २० प्रतिशत मात्र बाहिरी खाना खुवाउने गरीन्छ । पोखरीमा भुरा माछा छाडिएको ५ देखी ६ महिनामा बिक्रीका लागि उपर्युक्त मानिन्छ । सो अबधिमा उक्त माछाको तौल ४ देखी ६ सय ग्रामका हुने विज्ञहरु बताउँछन् । माछा पालन बाट प्रतिरोपनी ५० देखि ६० हजार सम्म आम्दानी हुने भए पछि किसानहरु यस तर्फ आकर्षित भएका हुन ।
कृषि कार्यालयको सहयोगमा यसबर्ष मात्र ३० रोपनी क्षेत्रमा माछा पालन व्यवसायको विस्तार गरिएको बरिष्ठ कृषि बिकास अधिकृत श्रेष्ठले बताए । उक्त क्षेत्रको माछा गोरखाको तिनकिलो बजार, गोरखा बजार, आँबु खैरेनी लगायत अन्य ठाउँमा लगेर बेच्ने किसानहरुको लक्ष्य छ ।



