मोहसिन अलि मियाँ/गोरखा
सरकारले आगामी बर्षका लागि प्रस्तुत गरेको बजेटमा गोरखाका स्थानीय तहमा आउने बजेटको टुंगो लागेको छ । दुइ नगरपालिका र नौ गाँउपालिका गरि जम्मा ११ स्थानीय तह रहेको गोरखामा बिभिन्न शिर्षकमा खर्च गर्ने गरि बजेट बिनियोजन गरिएको हो । सरकारले गोरखामा रहेका सबै स्थानीय तहका लागि करिब ३ अर्ब १४ करोड रकम बिनियोजन गरेको छ । जस अनुसार सबैभन्दा बढि रकम गोरखा नगरपालिकाले पाएको छ भने सबैभन्दा कम रकम चुननुब्री गाँउपालिकालाई बिनियोजन भएको छ ।
गोरखा कै सबैभन्दा पुरानो नगरपालिका गोरखा नगरको विकासका निम्ती सरकारले ४४ करोड १८ लाख ३० हजार रकम बिनियोजन गरेको छ भने सबै भन्दा कम पाउने चुननुब्री गाँउपालिकलाई १६ करोड ७७ लाख ३० हजार रकम छुट्याएको छ । त्यस्तै पालुङटार नगरपालिकाले ३८ करोड ९६ लाख ८६ हजार पाएको छ । नौ गाँउपालिका मध्ये सबैभन्दा बढि बजेट पाउने सुलिकोट गाँउपालिका बनेको छ । सुलिकोटमा ३० करोड ७ लाख ८५ हजार रकम बिनियोजन भएको छ ।
त्यस्तै सरकारले प्रस्तुत गरेको बजेटमा सिरानचोक गाउँपालिकामा ३० करोड ५ लाख ८७ हजार छुट्याएको छ भने शहिद लखन गाँउपालिकामा ३० करोड ६५ लाख बजेट बिनियोजन गरिएको छ । जिल्लाको दोस्रो ब्यापारिक केन्द्र मानिएको आरुघाट गाँउपालिकाले २७ करोड ६२ लाख २१ हजार रकम पाएको छ भने गण्डकी गाँउपालिकालाई २६ करोड ९८ लाख ७२ हजार रकम छ्ट्याईएको छ ।
त्यस्तै भिमसेन गाँउपालिकामा २६ करोड ७१ लाख ४० हजार, अजिरकोट गाँउपालिकामा २१ करोड ६३ लाख १३ हजार बजेट बिनियोजित भएको छ भने धार्चे गाँउपालिकाले २० करोड १२ लाख ९६ हजार रकम पाएको छ ।
बिनियोजित बजेटको शिर्षक भने तोकिएको छैन । स्थानीय तहले आवस्यकता हेरेर बिभिन्न शिर्षकमा रकम बिनियोजिन गर्न पाउने छ ।
गोरखाका स्थानीय तहलाई ३ अर्ब १४ करोड बजेट बिनियोजन
गोरखाका स्थानीय तहलाई ३ अर्ब १४ करोड बजेट बिनियोजन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



