×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चीनको इन्टरनेट एक हप्ताभित्रै नेपालमा

  •  
  • शनिबार, जेठ १३, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रबिन्द्र घिमिरे

    १३ जेठ काठमाडौं । अबको एक हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ गतेभित्रै रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागेको हो ।

    यसअघि झण्डै ६ महिनाअघि नै चीनबाट इन्टरनेट ल्याने भनिएको थियो । तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेको थियो ।

    चीनले गर्‍यो रि-रुटिङ

    अहिले चीनले हिउँको यस्तो अवरोध छिचोलेर नेपालमा इन्टरनेट ल्याउन सबै तयारी सकाएको टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

    जाडो महिनाभर चीनतर्फ बिगि्रएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो । हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि-रुटिङ गरेको अधिकारीले बताए ।

    ‘३ किलोमिटर अप्टिकल रुटलाई चीनले रि-रुटिङ गरेर नेपालमा इन्टरनेट पठाउन लगभग तयारी सकाएको छ’ अधिकारीले भने ।

    चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको ६ महिना पछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिन लागेको हो ।

    नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

    नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिइसकेका छन् । अब यही मे महिनाभित्रै इन्टरनेट पनि नेपाल आइपुग्नेछ ।

    ‘सुरुमा मार्चभित्रै जोडिनुपर्ने भनिएको थियो, तर, बाक्लो हिउँ नै समस्या बनेकोले अब मे महिनासम्म लाग्ने भनिएको थियो, अहिलेसम्म चिनियाँ पक्षले मे महिनको भाका सारेको छैन’ अधिकारीले भने, ‘प्राकृतिक कारण नै यो काममा थोरै ढिलाइ भएको हो । तर, अबको एक हप्ताभित्रै चीनको इन्टरनेट नेपालमा पनि जोडिने चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।’

    चीनले यसअघि नै मे महिनाभित्र जसरी पनि नेपालाई आफ्नो सञ्जालमा आवद्ध गर्नेबताएको थियो । त्यो डेटलाइनमा कुनै परिवर्तन नभएकाले अबको एक हप्ताभित्रै इन्टरनेटमा नेपाल चीनसँग पनि जोडिने निश्चित भएको हो ।

    भारतीय एकाधिकार सकिने

    चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिएपछि इन्टरनेटमा भारतीय एकाधिकार समाप्त हुनेछ । चिनियाँ इन्टरनेट टेलिकको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ ।

    ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट ल्याइने इन्टरनेट थोरै महंगो हुनेछ । तर, चीनमार्फत तेस्रो मुलकका सेवा प्रदायकसँग जोडिने मौका भने यसबाट मिल्नेछ । अब हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्नेछ ।

    यसकोमार्फतबाट चीन हुँदै टेकिलमको इन्टरनेट नेटवर्क अब हङकङसम्म नै जोडिने सहप्रवक्ता अधिकारीले बताए । टेलिकमले भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याइरहेको छ । मेपछि भारतको यो एकाधिकार नेटवर्क सकिनेछ ।

    चीनको इन्टरनेटका फाइदा

    चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने अपेक्षा छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राटि्रय कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।

    अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भइसकेको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो ।

    नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन लागेको हो ।

    चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ । चाइना टेलिकमले हिमालय क्षेत्रमा आˆनो रुट विस्तार कार्य गरिरहेको छ ।

    चीनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.