×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

३८ भारुको बल्ब ६५ मा किनिँदै, खरिद ऐनविपरीत मन्त्रिपरिषद् निर्णयमा ‘ठूलो आर्थिक चलखेल’

  •  
  • सोमबार, बैशाख २५, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बलराम बानियाँ, काठमाडौं

    वैशाख २५, २०७४- विद्युत् प्राधिकरणले भारतमा ३८ भारतीय रुपैयाँ (६० रुपैयाँ ८० पैसा) पर्ने ९ वाटको एलईडी बल्ब विद्युत् प्राधिकरणले ६५ भारु (१०४ नेपाली रुपैयाँ) मा खरिद गर्न लागेको खुलेको छ । सार्वजनिक खरिद ऐनविपरीत बिनाप्रतिस्पर्धा प्राधिकरणले भारतीय कम्पनीसित कम मूल्यका बल्ब डेढीभन्दा बढी भाउमा खरिद गर्न लागेको हो ।

    प्राधिकरणले भारतीय कम्पनी इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) सित २ अर्ब ८ करोड रुपैयाँमा २ करोड थान बल्ब खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूले ठूलो आर्थिक चलखेल गर्न ३८ भारुको बल्ब ६५ भारुमा खरिद गर्न लागेको जानकारी स्रोतले दिएका छन् ।

    सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालय र प्राधिकरणका अधिकारीले ईईएसएलसित १ सय ४ रुपैयाँ दरमा २ करोड थान एलईडी खरिद गर्न लागिएको जानकारी दिए । ईईएसएलले ९ वाटका एलईडी बल्ब उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा गराई ३८ भारुमा खरिद गरी भारतीयलाई बिक्रीवितरण गर्दै आएको छ ।

    भारतीय पत्रिका ‘दि इकोनोमिक टाइम्स’ ले सन् २०१६ को सेप्टेम्बर १५ मा ईईएसएलले ९ वाट क्षमताका एलईडी बल्ब उत्पादक कम्पनीहरूसित ३८ भारुमा खरिद गरेर बिक्रीवितरण गर्ने गरेको समाचार प्रकाशित गरेको छ । त्यसअघि ईईएसएलले उत्पादक कम्पनीहरूसित ५५ भारुमा ९ वाटका एलईडी खरिद गर्दै आएको थियो । उत्पादक कम्पनीहरूबीचको प्रतिस्पर्धाले भाउ घटेका कारण ईईएसएलले ३८ भारुमा ९ वाटका एलईडी बल्ब खरिद गरी आमजनतामा बिक्रीवितरण गर्न थालेको समाचारमा उल्लेख छ ।

    पछिल्लो समयमा उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा बढेर एलईडी बल्बको मूल्य अझ घटेको जानकारी उच्च जानकार स्रोतले दिएको छ । ईईएसएल एलईडी बल्ब भारतीय जनतालाई बिक्रीवितरण गर्ने भारतीय सरकार मातहतको निकाय हो ।

    मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई बिनाप्रतिस्पर्धा ईईएसएलसित ६५ भारु दरमा २ करोड थान एलईडी बल्ब खरिद गर्न सैद्धान्तिक सहमति दिइसकेको छ । भारत र नेपाल दुवै देशका ऊर्जा सचिव संयोजकत्वमा रहेको ज्वाइन्ट स्टेयरिङ कमिटी र प्राधिकरणका अधिकारीहरूको बैठकले ९ वाटको एलईडीको ६५ भारु मूल्य तय गरेको हो । खुला प्रतिस्पर्धा गराउनुपर्ने सार्वजनिक खरिद ऐनको प्रक्रिया छलेर बिनाप्रतिस्पर्धा सोझै बल्ब खरिद गर्न प्राधिकरणले मन्त्रिपरिषद्बाट निर्णय गराएको हो । मन्त्रिपरिषदको नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने संवैधानिक व्यवस्था भएकाले ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वले यो बाटो रोजेका हुन् ।

    ईईएसएलले भारतमा बिक्री गर्दै आएको मूल्यमा २ करोड थान एलईडी बल्बको १ अर्ब २१ करोड रुपैयाँमात्र पर्छ भने प्राधिकरणले किन्न लागेको मूल्यमा २ करोड थान एलईडीको ८७ करोड बढी अर्थात २ अर्ब ८ करोड रुपैयाँ पर्छ । यसैमा आर्थिक चलखेल गर्न प्राधिकरणले मन्त्रिपरिषद्बाट निर्णय गराई बिनाप्रतिस्पर्धा ईईएसएलबाट बल्ब खरिद गर्न लागेको जानकारी स्रोतले दिए । उत्पादक कम्पनीहरूसित ३८ भारुमा एलईडी बल्ब खरिद गरिरहेको ईईएसएलले आफ्नो प्रशासनिक खर्चबापतको सेवा शुल्क लिई बढीमा प्रतिथान बल्ब ४० भारुमा प्राधिकरणलाई उपलब्ध गराउन सक्ने जानकारी स्रोतले दिए ।

    ऊर्जा मन्त्रालय र प्राधिकरणले करिब दुई सय मेगावाट विद्युत् जोगाउने उद्देश्यले एलईडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको दाबी गरेका छन् । ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा र सचिव अनुपकुमार उपाध्यायले २ अर्बको लागतमा ४० अर्ब जोगाउन एलईडी बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको दाबी गरे । उनीहरूका अनुसार करिब २ सय मेगावाट विद्युत् उत्पादन गर्न हालको बजार मूल्यअनुसार करिब ४७ अर्ब रुपैयाँ लागत लाग्छ । उनीहरूले ६५ भारुमा एलईडी बल्ब खरिद गर्न लागिएको जानकारी दिए । उनीहरूका अनुसार मुलुकमा ९ वाटको एलईडी बल्बको बजार मूल्य ३ सय ५० देखि ४ रुपैयाँसम्म पर्छ ।

    ऊर्जामन्त्री शर्माले आगामी हिउँद र सुक्खायाममा लोडसेडिङ हुन नदिने उद्देश्यले कम बिजुली खपत गर्ने एलईडी बल्ब खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । ‘२ सय मेगावाट विद्युत् जोगाउन एलईडी खरिद गर्न लागिएको हो,’ उनले भने ।

    सन् २०१६ मा बसेको नेपाल–भारत सचिवस्तरीय तेस्रो बैठकले ईईसएलसँग एलईडी बल्ब खरिद गर्ने निर्णय गरेको हो । ऊर्जा सचिव उपाध्यायले सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार नै दुई देशबीचको सरकारी संस्थाका बीचमा बल्ब खरिदको निर्णय भएको उल्लेख गर्दै सबभन्दा सस्तो मूल्यमा एलईडी खरिद गरी विद्युत् उपभोक्तालाई राहत दिन खोजिएको जानकारी दिए । साँझ बिहानको बढदो बिजुलीको को माग पूरा गर्न एउटा उपायको रूपमा एलईडी बल्ब खरिद गरी उपभोक्तालाई बिक्री गर्न लागिएको जानकारी उपाध्यायले दिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.