×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ट्याक्सी नम्बर वितरण जेठको दोस्रो साता

  •  
  • शनिबार, बैशाख २३, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मण दर्नाल  

    काठमाडौँ, वैशाख २३ गते ।  भूकम्प प्रभावित परिवारलाई जेठको दोस्रो साता ट्याक्सी वितरण गरिने भएको छ ।  जेठ १३, १४ र १५ गते गोलाप्रथाद्वारा एक हजार पाँच सयवटा ट्याक्सी नम्बर वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
    सरकारले गत साउन ५ देखि भदौ ५ गतेसम्म १० जिल्लाका भूकम्पबाट अतिप्रभावित परिवारका लागि सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा अनुसार वितरण गर्न लागिएको हो ।  विभागले ट्याक्सी नम्बर उपलब्ध गराउन आवेदन खुला गरेपछि एक लाख ५१ हजार भूकम्प प्रभावित परिवारले आवेदन दिएका थिए तर आवेदनको छानबिन गरी विभागले एक लाख ४९ हजार ५५१ जनाको नामावली तयार गरेको छ ।
    आवेदन दिनेको सङ्ख्या अत्यधिक भएपछि विभागले गोला प्रथाद्वारा एक हजार पाँच सय ट्याक्सी नम्बर वितरण गर्न लागेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।  सबैभन्दा बढी  सिन्धुपाल्चोकबाट २५ हजार आवेदन परेका छन् भने सबैभन्दा कम रसुवाबाट दुई हजार नौ सय आवेदन परेको विभागले जनाएको छ ।  ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथा गरिने भएको छ ।  गोलाप्रथालाई पारदर्शी बनाउन टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको यातायता कार्यालय एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, गोलाप्रथा निष्पक्ष र पारदर्शी हुन्छ, कसैको भनसुन चल्दैन, गोला निकालेको प्रत्यक्ष प्रसारणसमेत हुनेछ ।  अधिकारीका अनुसार दृष्टिविहीन व्यक्तिमार्फत चिट्ठा खुला गरिनेछ ।  साथै, भूकम्प प्रभावित जिल्लाका प्रतिनिधि, नागरिक समाजलगायतका सरोकारवालाको सहभागितामा गोलाप्रथा गरिनेछ ।  भूकम्प प्रभावित एक हजार पाँच सय परिवारले ट्याक्सी नम्बर पाएपछि बैङ्कमार्फत गर्ने वा आफै पैसा लगानी गर्ने कुरामा भने स्वयं व्यक्तिहरू स्वतन्त्र रहेको विभागले जनाएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.