×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘आजदेखि इन्धन सहज ‘

  •  
  • आइतबार, बैशाख १०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजेश बर्मा

    काठमाडौंः पछिल्लो एक सातादेखि देशभर देखिएको इन्धनको अभाव आइतबारदेखि पूर्णरूपमा हट्ने नेपाल आयल निगमले दाबी गरेको छ । सार्वजनिक बिदाका दिन शनिबार तीन लाख ५० हजार लिटर पेट्रोल वितरण गरेको निगमले अभाव हटाउन आइतबार झन्डै दोब्बर परिमाणमा पेट्रोल वितरण गर्ने तयारी गरेको छ ।

    निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलले मागभन्दा बढी परिमाणमा इन्धन वितरण गर्ने योजना कार्यान्वयनमा आएपछि बजारमा इन्धन अभाव हट्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘तराई बन्द हुने हल्ला चलेपछि आम उपभोक्ताले घरमा इन्धन जम्मा (होल्डिङ) गर्दा बजारमा अभाव भएको हो । अभाव हटाउन शुक्रबारदेखि नै मागभन्दा दोब्बर परिमाणमा पेट्रोल वितरण गर्ने व्यवस्था मिलाएका छौं । आइतबारदेखि इन्धनको सहज हुन्छ ।’

    निगमले शनिबारदेखि नै पम्पमा पेट्रोल लिने उपभोक्ताको लाइन हटेको दाबी गरेको छ । निगमले उपत्यकामा इन्धन अभाव हटाउन शुक्रबारदेखि नै भैरहवा डिपोबाट दैनिक ६० हजार र अमलेखगन्जबाट दुई लाख लिटर पेट्रोल राजधानी भित्र्याइरहेको छ । निगमले शनिबारदेखि नै पम्पमा पेट्रोल लिने उपभोक्ताको लाइन हटेको दाबी गरेको छ ।

    उपत्यकामा पेट्रोलको दैनिक माग चार लाख ५० हजार लिटर भए पनि बिहीबार पाँच लाख लिटर, शुक्रबार सात लाख लिटर, शनिबार तीन लाख ५० हजार लिटर पेट्रोल वितरण गरेको थियो । आइतबार आठ लाख लिटर वितरण गर्दैछ । निगममले बन्दको हल्लाका कारण सर्वसाधारणले बढी परिमाणमा घरमा इन्धन भण्डारण गर्न थालेका कारण बजारमा इन्धनको अभाव भएको दाबी गरे पनि वास्तवमा भण्डारण क्षमताअनुसार इन्धन आयात गरी भण्डारण नगर्दा दुई दिनको सरकारी बिदामा पनि देशभर इन्धनको चरम अभाव हुने गरेको छ ।

    पछिल्लो पटक वैशाख १ र २ गते सार्वजनिक बिदाका कारण निगमले इन्धन आयात नगर्दा त्यसको प्रत्यक्ष मार उपभोक्ताले व्यहोर्नु परेको हो । सार्वजनिक बिदाका कारण उक्त दुई दिन निगमले भारतबाट इन्धन पनि आयात गरेन । बजारमा पनि इन्धन पठाएन । यस कारण इन्धनको चरम अभावको अवस्था सिर्जना भयो । निगमले सार्वजनिक बिदासँगै शनिबार र भारतमा आइतबार सार्वजनिक बिदापर्ने भएकाले इन्धन आयात गर्दैन ।
    यसका साथै निगमले प्राविधिक नोक्सानीको नाममा कुल भण्डारण क्षमताको ४० प्रतिशतको हाराहारीमा मात्रै इन्धन भण्डारण गर्दा बेलामौकामा सानो अवरोध हुँदा पनि लामो दिनसम्म इन्धनको अभाव हुने गरेको छ ।

    निगमसँग हाल १० स्थानमा करिब १५ दिनलाई पुग्ने गरी ७१ हजार पाँच सय ५८ किलोलिटर (सात करोड १५ लाख ५८ हजार लिटर) क्षमताको भण्डारण गृह छ । निगमसँग अहिले पेट्रोल पाँच हजार एक सय ३५, डिजेल ४१ हजार ६ सय १०, मट्टीतेल १६ हजार तीन सय १४ र हवाई इन्धन (एटीएफ) आठ हजार चार सय ९९ किलोलिटर मौज्दात गर्ने क्षमता छ । वर्तमान भण्डारणलाई पूर्णक्षमतामा सञ्चालन गर्ने हो भने डिजेल १५ दिन र पेट्रोल तीन दिन मात्रै पुग्छ ।

    निगमले दुई प्रकारका नोक्सानी समग्रमा प्राविधिक नोक्सानीअन्तर्गत गणना गरेको छ । यसअनुसार इन्धन लोड र अनलोड गर्दा फरकपर्ने स्थानको तापक्रम घटबढबाट हुने नोक्सानी (टेम्परेचर लस) र अर्को काम गर्ने क्रममा हुने कार्यगत नोक्सानी (वर्किङ लस) लाई प्राविधिक नोक्सानीमा समावेश गरिएको छ । प्राविधिक नोक्सानीअन्तर्गत प्रतिलिटर पेट्रोलमा ६७ मिलिलिटर, डिजेलतर्फ ३६ मिलिलिटर, आन्तरिक हवाई इन्धन र मट्टीतेलतर्फ ३४ मिलिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिलिटरमा ३२ मिलिलिटर इन्धन नोक्सान हुने गर्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.