×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बचतको ब्याज नबढाए १२ बैंकलाई २ खर्ब निक्षेप जोगाउन मुस्किल

  •  
  • आइतबार, चैत २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विजयराज खनाल

    २७, चैत काठमाडौं । बचत खाताको ब्याज दर नबढाउने हो भने १२ वाणिज्य बैंकसँग रहेको निक्षेपमा अन्य संस्थाहरुले धावा बोल्ने सम्भावना उच्च रहेको छ । कुल २८ वाणिज्य बैंकमध्ये १२ सँग मात्रै पुससम्ममा २ खर्ब ६ अर्ब रुपैयाँको कल निक्षेप रहको छ ।

    राष्ट्र बैंकले बैंकहरुलाई कायम कल निक्षेपको व्याजदर यही चैत मसान्तसम्ममा बचत खातामा दिने व्याज दरसँग समान बनाउन निर्देशन दिएको छ ।

    ‘जोसँग उच्च मात्रामा कल निक्षेप छ, बचत खाताको व्याज दर नबढाउने हो भने वहाहरुको बैंकमा रहेको निक्षेप पुँजी हाम्रो बैंकमा आउनेछ, म वहाहरुले बचत खाताको ब्याजदर बढाउनु बाहेक अन्य बिकल्प देख्दिन,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले भने ।

    यसअघि अर्का एक प्रमुख वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले पनि आफ्नो बैंकले बचत खातामा ज्यादै न्युन ब्याज दर (१–२ प्रतिशत) दिइरहेकोले संस्थामा रहेको कल निक्षेप अन्यकोमा सर्नबाट बचाउन चुनौती थपिएको अनौपचारिक छलफलमा बताएका थिए ।

    यस्तो चुनौती सबैभन्दा धेरै सिद्धार्थ बैंक, मेगा बैंक, प्राइम बैंक, एनसीसी बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एभरेष्ट बैंकलाई पर्ने भएको छ ।

    यी संस्थाहरुको कल निक्षेपको हिस्सा कुल निक्षेपको २० देखि ३६ प्रतिशतसम्म रहेको एक तथ्यांकले देखाएको छ । चैत अन्त्यसम्म बैंकहरुले यी निक्षेपको व्याज दर पनि साधारण बचत खाता सरह बनाउनुपर्ने छ ।

    संस्थागत कल निक्षेप जहिले पनि झिक्नुपर्ने अवस्था आउने हुँदा यही शीर्षकको खातामा राख्नै पर्ने हुन्छ । यति हुँदा हुँदै पनि यदी कुनै अर्को वाणिज्य बैंकको बचत खातामा तुलनात्मक रुपमा बढि ब्याज दर छ भने कल निक्षेपमा पनि त्यही सरह ब्याज दिन पाइने भएकोले त्यस्ता बैंकमा निक्षप सर्ने सम्भावनालाई पूर्ण नकार्नै भने सकिदैन् ।

    यसबाहेक उच्च ब्याजदर पाइरहेको कारण यसअघि कल निक्षेपमा व्यक्तिगत ग्राहकले समेत पैसा राख्दै आएका थिए । यस्ता व्यक्तिगत निक्षेपकर्ताले पनि रकम बढि ब्याज दर पाइने अन्य बैंकको कल निक्षेपमा वा बचत खातामा राख्ने सम्भावना छ ।

    बैंकहरुले आफ्नो संस्थामा कल निक्षेपमा रहेको रकम जोगाउन पनि यो खाताको ब्याजदर धेरै नघटाउनु पर्ने हुन्छ । कल खाताको व्याज दर नघटाउन बचत खाताको पनि व्याज दर बढाउनुपर्ने हुन्छ । त्यसैले बैंकहरुबीच अबको प्रतिस्पर्धा बचत खाताको ब्याज दर बढाउन हुने देखिन्छ ।

    बैंकहरुले फागुनको मध्यसम्म पनि कल निक्षेपमा १० प्रतिशत ब्याज दर दिदै आएका थिए भने बचत खाताको ब्याज दर १–४ प्रतिशतसम्म रहेको थियो । केहीले भने बचत खाताका निश्चित योजनामा अधिकत्तम ६ प्रतिशतसम्म ब्याज दर दिदै आएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.