×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बैंकको हरेक कारोबार गर्दा एसएमएस अलर्ट अनिवार्य

  •  
  • बुधबार, चैत २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यज्ञ बञ्जाडे, काठमाडौं

    चैत्र २३, २०७३- बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना (सतर्कता सन्देश) दिनुपर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले करिब दुई महिनाअघि दिएको उक्त निर्देशन आउँदो वैशाख १६ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आइसक्नुपर्ने छ । त्यसपछि प्रत्येक ग्राहकको प्रत्येक कारोबारको सूचना अनिवार्य रूपमा एसएमएसमार्फत दिनुपर्ने छ ।

    पछिल्लो समयमा एटीएममार्फत चोरी बढेपछि ग्राहकलाई सचेत बनाउन यसो गर्न लागिएको हो । ‘प्रत्येक कारोबारपछि अनिवार्य रूपमा सम्बद्ध ग्राहकलाई तत्काल एसएमएस अलर्ट दिनुपर्ने छ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

    यस्तो एसएमएस सुविधाबापत थप शुल्क लिन नपाइने पनि राष्ट्र बैंकले जनाएको छ । ‘यो ग्राहकले खाता खोलेबापत बैंकले दिने सुविधा हो । त्यसैले एसएमएसमार्फत थप शुल्क उठाउन पाइँदैन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

    निर्देशनमा शुल्कबारे केही उल्लेख नभए पनि बैंकले नि:शुल्क एसएमएस सुविधा दिनैपर्ने उनले बताए । हाल बैंक तथा वित्तीय संस्थाले अतिरिक्त सेवाअन्तर्गत थप शुल्क लिएर एसएमएस, इमेललगायतमा सतर्कता–सन्देश दिँदै आएका छन् । त्यस्तो शुल्क बैंकअनुसार फरक–फरक छ ।

    बैंक तथा वित्तीय संस्थाले भने नि:शुल्क एसएमएस सुविधा दिन नसकिने बताएका छन् । एसएमएस सुविधा दिएबापत आफूहरूले मोबाइल सेवा प्रदायकहरूलाई पैसा तिर्नुपर्ने भएकाले ग्राहकलाई नि:शुल्क सेवा दिन नसकिने उनीहरूको तर्क छ ।
    ‘राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सतर्कता सन्देश दिन सुरु गरेका छन्,’ बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले भने, ‘तर त्यसबापत ग्राहकले शुल्क तिर्नुपर्छ ।’

    गत पुससम्म बैंक तथा वित्तीय संस्थामा १ करोड ८२ लाख निक्षेप खाता खुलेका छन् । ऋण खाताको संख्या ११ लाख ५६ हजार छ । सोही अवधिमा २२ लाख ३६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका छन् ।

    इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या ५ लाख ६४ हजार छ । बैंक तथा वित्तीय संस्थाले करिब २ हजार एटीएममार्फत बैंकिङ सेवा दिइरहेका छन् । पुससम्म साढे ४८ लाख एटीएम कार्ड जारी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.