×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीः भारतमा घट्यो, नेपालमा बढ्दैछ

  •  
  • मङ्गलबार, चैत २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मूल्य बढाउन मन्त्रीलाई फकाउँदै आयल निगम

    २२ चैत, काठमाडौं । नेपाल आयल निगमले नाफामा फर्किएलगत्तै तेलको मूल्य बढाउने गृहकार्य सुरु गरेको छ । आयल निगमले पेट्रोलको मूल्य बढाउने गरी आपूर्ति मन्त्रालयमा केही दिनमै प्रस्ताव लैजाने गरी गृहकार्य थालेको हो ।

    निगम स्रोतका अनुसार वैशाख लागेपछि चुनावको मुखमा तेलको मूल्य बढाउन नसकिने भएकाले अहिले नै मूल्यवृद्धि गर्न लागिएको हो ।

    तर, आयल निगमका प्रवन्धक निर्देशक गोपालबहादुर खड्काले पेट्रोलको मूल्य बढाउने गरी तयारी थालेका हुन् । उनले यसबारे निगमका निर्देशकहरुसँग परामर्श गरिसकेकका छन् ।

    भारतीय बजारमा भन्दा नेपाली बजारुमा तेलको मूल्य सस्तो भएको अर्को तर्क गर्दै निगम मूल्य बढाउने प्रस्तावलाई बलियो बनाउने योजनामा छ ।

    ६ करोड नाफाले पुगेन

    भारतीय आयल कर्पोरेशन (आईओसी) ले पछिल्लोपटक तीन दिन अघि पठाएको मूल्य सूचीले आयल निगम ३ महिनापछि फेरि नाफामा गएको छ ।

    नयाँ मूल्य सूचीअनुसार आयल निगमलाई अहिले पेट्रोलमा लिटरमै ६ रुपैयाँ २५ पैसा नाफा छ । डिजेलमा पनि १ रुपैयाँ ४७ पैसा नाफा छ । मट्टीतेलमा १६ रुपैयाँ ९१ पैसा नाफा राखेको निगमलाई आन्तरिकतर्फको हवाइ इन्धनमा ९ रुपैयाँ २५ पैसा र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा १६ रुपैयाँ ८७ पैसा नाफा छ ।

    ग्यासमा प्रतिसिलिन्डर २५३ रुपैयाँ घाटा भोगिरहेको निगमलाई अन्य प्रोडक्टमा भएको नाफाले महिनामा ६ करोड रुपैयाँ नाफा भइरहेको छ । तर, पनि निगमलाई यो नाफा कम भएको छ ।

    उसले नाफा थप बढाउन मूल्यवृद्धिको लागि अनेक बाहाना खोजिरहेको छ । यसअघि पुसको सुरुवातमा पनि तेलको मूल्य बढाइएको थियो ।

    माघ यता घाटामा गएको निगम नाफामा फर्किनासाथ थप नाफा कमाउन मूल्यवृद्धि गर्ने दाउमा लागेको हो ।

    दाउ एउटा, तर्क अर्कै

    आयल निगमका एक उच्च अधिकारी अहिले डलरको अवमूल्यनका कारण तेलको भाउ घटेकाले त्यो स्थायी नभएको बताउँछन् ।

    ‘घटेको तेलको मूल्य लामो समयसम्म यही विन्दुमा टिक्छ भन्ने छैन । केही दिनको अवस्था हेरेर हामी तेलको मूल्य केही बढाउन सक्छौं’ ती अधिकारीले भने,’चुनावको अघिसम्म आयल निगम ठूलो घाटामा जाने अवस्था आउनसक्ने भएकाले अहिले नै मूल्य बढाउने तयारी भएको साँचो हो ।’

    अहिले नेपालमा पेट्रोल मूल्य भारतमा भन्दा १४ रुपैयाँ सस्तो छ । डिजेल पनि झण्डै २० रुपैयाँ सस्तो छ । त्यसैका कारण तेलको तस्करी हुने जोखिम घटाउन मूल्य बढाउनुपर्ने तर्क आयल निगमले गरेको छ ।

    नेपालको तेल सस्तो भएपछि भारतका बजारमा तेल फर्किएर पुग्ने र त्यसले निगमलाई घाटा हुने आयल निगमका अधिकारी दावी गर्छन् । आयल निगमका प्रवक्ता सीताराम पोखरेल भने तेलको मूल्य बढाउने गरी कुनै निर्णय नभएको बताउँछन् ।

    ‘यसअघि घाटामा हुँदा पनि हामीले त्यसलाई बेहोरेकै थियौं । उपभोक्तालाई सकेसम्म मारमा नपार्ने योजनामा हामी प्रतिवद्ध छौं’ पोखरेल भन्छन्-‘अन्तर्राष्ट्रिय बजारअनुसार तेलको मूल्य कायम गरेरै हामी अघि बढ्छौं । सबै अवस्था हेरेर मात्रै उचित निर्णय लिइनेछ ।’

    भारतमा घट्यो, नेपालमा बढाउने तयारी

    शुक्रबारदेखि भारतमा पेट्रोल र डिजेलको मूल्यमा भारी कटौतीको भएको छ । पेट्रोलको मूल्यमा तीन रुपैयाँ ७७ पैसाले घटेको छ । त्यसैगरी डिजेलको मूल्यमा २ रुपैयाँ ९१ पैसाले कटौती गरिएको छ ।

    अमेरिकी डलरसँग भारतीय रुपैयाँको विनिमय दर अहिले डेढ वर्षकै उच्च कायम भएको छ । अमेरिकी डलर अवमूल्यन भएपछि भारतीय रुपैयाँमा पनि सुधार आएको हो ।

    अहिले नेपाली रुपैयाँ पनि बलियो बन्दै गएको छ । यसले तेलको मूल्यमा पनि कटौती गर्न सघाएको छ । तर, यो धेरै समय नटिक्ने भन्दै नेपाल आयल निगम भने तेलको मूल्य बढाउने दाउमा छ ।

    के गर्लान् आपूर्तिमन्त्रीले ?

    यता आपूर्ति मन्त्रालय भने चुनावअघि तेलको मूल्य बढ्न नसक्ने बताउँछ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्- ‘हामी अहिलेको अवस्थमा तेलको मूल्य बढाउन दिदैँनौं । तर, मन्त्री ज्युलाई आयल निमले कन्भिन्स गर्‍यो भने मूल्य बढ्दैन भन्ने पनि छैन ।’

    आपूर्तिमन्त्री दीपक बोहोराले अनुमति दिए मूल्य बढ्न सक्ने मन्त्रालयका अधिकारी स्वीकार्छन् । तर, नाफामै भएका बेला अनेकन कुतर्क गर्दै मूल्यवृद्धि गर्नु उचित नहने ती अधिकारीको भनाइ छ ।

    चुनावको मुखमा तेलको मूल्य बढाउँदा यसले राजनीतिलाई पनि प्रभाव नपार्ला भन्न सकिँदैन । यतिबेला आपूर्ति मन्त्रालय राप्रपाको हातमा छ । आयल निगममा पनि राप्रपा निकट व्यक्तिले नै नेतृत्व गरिरहेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.