×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘लडाकु’ को लोभलाग्दो पौरख

  •  
  • बुधबार, चैत १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नवलपरासीको कावासोती नगरपालिका ११ स्थित लौगाईमा व्यावसायिक कुखुरा फार्मबाट अन्डा झिक्दै पूर्वलडाकु पूर्ण थापा परिवारका साथ ।तस्बिर : विमल/कान्तिपुर

    विमल खतिवडा, नवलपरासी

    चैत्र १६, २०७३- अर्जुनले युद्धमा श्रीमती गुमाए । पूर्णले श्रीमान् गुमाइन् । उस्तै वियोग भोग्न बाध्य यी दुई लडाकुलाई समयले एक बनायो । अहिले यो जोडी समाजको ‘पाठशाला’ बनेको छ ।

    कावासोती ११ लौगाई पुग्ने जोसुकैले एउटा बोर्ड देख्नेछन्, ‘पीएलए एग्रिकल्चर एन्ड लाइभस्टक प्रालि ।’ व्यावसायिक कृषिको नमुना यो फार्म त्यही दम्पतीको हो, जसले शान्ति प्रक्रियाका क्रममा राज्यबाट सानो कोष लिएर मूलधारमा फर्किएको थियो ।

    गोरखा दर्बुङका ३७ वर्षीय अर्जुन (टुकबहादुर) थापा र रोल्पा कोर्चाबाङकी ३३ वर्षीया पूर्ण (कुशल रक्षा) थापाको पौरख नमुनायोग्य छ । ‘अब हामीलाई पार्टीमा सक्रिय भएर राजनीति गर्नु छैन । बरु ४ वर्षका छोरा समिनलाई उसले चाहेको शिक्षादीक्षा दिनु छ,’ उनीहरू भन्छन्, ‘हाम्रो पढ्ने रहर र उमेर युद्धले खाइगयो । सन्तानलाई त्यस्तो पीडा दिनु छैन ।’

    टुकबहादुरले तेस्रो डिभिजन शक्तिखोर र पूर्णले चौथो डिभिजन नवलपरासीबाट २०६९ मा स्वैच्छिक अवकाश लिए । टुकबहादुरले ७ र पूर्णले ६ लाख बुझे । लगत्तै ८ जना पूर्वलडाकु र एक वाईसीएल कार्यकर्ता मिलेर गाईपालन थाले । ३० वटा गाई २ वर्षसम्म पाले । सोचेजस्तो राम्रो भएन । साझेदारीमा असमझदारी बढेपछि लगानी गर्ने सबैलाई पैसा फिर्ता दिए । तीमध्ये अधिकांश विदेश पलायन भए । उनीहरूले भने देशमै केही गर्ने अठोट गरे ।

    बैंकबाट ऋणसमेत लिएर १ बिघा ६ कट्ठा १२ धुर जग्गा जोडे । कृषिलाई फरक ढंगमा मोडे । अहिले ३ वटा पोखरीमा २ लाख ५० हजार माछाका भुरा छन् । छुट्टै खोर बनाएर २ हजार लेयर्स कुखुरा पालेका छन् । ती कुखुराबाट दैनिक ७ पेटी अण्डा उत्पादन हुन्छ । माछा गाउँघरमै बढी खपत हुन्छ । अण्डा किन्न व्यापारी फार्ममै आउँछन् । ‘काम गर्ने युवा जोस पार्टीले खाइहाल्यो,’ टुकबहादुरले भने, ‘यो उमेरमा आएर शून्यबाट सिर्जना गर्नुपरेको छ ।’ उनीहरूको व्यवसायमा करिब डेढ करोड रुपैयाँ लगानी पुगिसकेको छ ।

    टुकबहादुर हाल माओवादी केन्द्रको आयोजक कमिटीको सदस्य हुन् । तर पार्टीमा खासै चासो दिँदैनन् । उनका लागि व्यवसाय प्यारो छ । ‘पहिला जस्तो पार्टीलाई समय दिन कहाँ सकिन्छ ?’ उनले भने, ‘अबको प्राथमिकता व्यवसाय हो, अरूको आस गर्नु छैन, आफ्नो गरेर खाने हो ।’

    पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएकामा उनीहरूको चित्तदुखाइ छ । ‘पार्टी नराम्रो त भन्न मिल्दैन, व्यक्ति खराब भए,’ टुकबहादुरले भने, ‘सबैले भाग खोज्दा पार्टी टुक्रा–टुक्रा भयो ।’

    दुवै जना बिहान उठेदेखि साँझ नपर्दासम्म माछा र कुखुरा हेरचाहमा व्यस्त हुन्छन् । अब उनीहरूलाई फेरि बन्दुक बोक्न रहर छैन । सन्तानलाई लडाकु बनाएर युद्धमा पठाउनु छैन । ‘पार्टीमा लागेर खै अहिले के पाइयो ?’ उनले भने, ‘बोनसमा पाएको जीवन अहिले व्यवसायमा खर्चिइयो ।’

    टुकबहादुर गोरखाको नामजुङमा पढ्थे । २०५३ मा एसएलसी दिएर २०५४ वैशाख ६ गते भूमिगत भए । उनले सुरुमा पार्टीमा ‘सेवोटेस’ को काम गरे । ‘जुन मान्छेको प्राण नलिई अंगभंग पार्ने काम हो,’ उनले सुनाए । पछि ‘रेड’ गर्ने काम गरे । उनका अनुसार रेड भनेको एम्बुस थाप्ने, चौकी, सुरक्षा क्याम्पमा बम हान्ने काम हो । पार्टीमा प्लाटुन भाइस कमान्डर, प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर, ब्रिगेड भाइस कमान्डर हुँदै ब्रिगेड कमान्डर भए । ‘पार्टीमा लाग्दा ठूलो सपना साँचेको थिएँ,’ उनले निराश हुँदै भने, ‘व्यक्तिवादी भएर पार्टी बिग्रियो, ज्यान बलिदान दिएर हिँड्ने हाम्रो योगदानको कदर भएन ।’

    २०५९ मा उनको तनहुँकी दिलमाया गुरुङ ‘प्रज्ञा’ सँग पहिलो विवाह भयो । गुरुङ पार्टीको पूर्णकालीन कार्यकर्ता थिइन् । २०६१ जेठ ६ गते चितवनको दाहाखानीमा नेपाली सेनासँगको भिडन्तमा प्रज्ञाले ज्यान गुमाइन् । ‘बन्दुक बोकेर जंगल पस्दा कि मरिन्छ, कि मारिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा श्रमिती बितिन् भनेर चिन्ता गर्नु ठीक थिएन, पार्टीमा लाग्ने अन्य साथीले पनि श्रीमती र आमाबाबु गुमाएका थिए ।’

    पार्टीमै छँदा पूर्णसँग चिनजान थियो । नेता वर्षमान पुनकी जेठो बुवाकी छोरी उनी २०५६ देखि पार्टीको पूर्णकालीन कार्यकर्ता थिइन् । उनी रोल्पाको महिला कमान्डर, स्थायी फोर्सको कम्पनी कमान्डर, बटालियन भाइस कमान्डर, बटालियन कमान्डर, ब्रिगेड भाइस कमान्डरसम्म भइन् । २०६१ वैशाखमा म्याग्दी बारङजाका ‘ग्रीष्म’ भनिने मोहन रोकासँग उनले जनवादी बिहे गरिन् । त्यही साल मंसिरमा कपिलवस्तुको सूर्यनाकामा उनले ग्रीष्मलाई गुमाइन् ।

    ‘दुवैको कथा व्यथा एउटै हुँदा मैले हिम्मत गरेर बिहेका लागि प्रस्ताव राखें, उनले स्विकारिन्,’ टुकबहादुरले भने । अब उनीहरू परिपक्व जोडी बनेका छन् । ‘हामीले भोगेको दु:ख पीडा खै कसले बुझ्यो ?’ पूर्णले भनिन्, ‘हाम्रा नेता पैसामा बिके, पैसाले नै नेता, सांसद बनाउँदो रैछ । अब त पैसा हुने मात्र नेता बन्ने दिन आएछ । पार्टीमा नातावाद, कृपावाद हावी भयो । हामीले ज्यान बलिदानी दिएर बनाएका नेताले हामीलाई नै बिर्सिए, हाम्रो त्यागको मूल्यांकन भएन ।’‘त्यसैले हामीलाई त अब आफ्नै काम प्यारो छ,’ टुकबहादुरले थपे ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.