×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अब अमलेखगञ्जसम्म ग्यासको पनि पाइपलाइन !

  •  
  • बुधबार, चैत १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तेलपछि ग्यासको पाइपलाइन बनाउन नेपालको प्रस्ताव

    रबिन्द्र घिमिरे

    १५ चैत, काठमाडौं । भारतबाट नेपालसम्म तेलको पाइपलाइन बिछ्याउने गृहकार्य भइरहेका बेला नेपालले अब अमलेखगञ्जसम्म ग्यासको समेत पाइपलाइन विस्तार गर्न भारतसमक्ष प्रस्ताव गरेको छ । भारतले यसबारे छलफल अघि बढाउन सकिने सकारात्मक प्रतिक्रिया दिएको छ ।

    भारत भ्रमणमा रहेका आपूर्तिमन्त्री दीपक बोहोराले भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानसँग ग्यास पाइपलाइन नेपालसम्म नै विस्तार गर्न प्रस्ताव गरेका हुन् ।

    रक्सौलबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाइसकेपछि ग्यास पाइपलाइन पनि बनाउनेबारे पहिलोपटक दुई सरकारका बीच औपचारिक छलफल भएको हो ।

    रक्सौलबाट अमलेगञ्जसम्म नै ग्यास पाइपलाइन बनाउनेबारे दुई मन्त्रीबीच छलफल भएको नेपालको भारतीय दूतावासले पनि पुष्टि गरेको छ ।

    ग्यास पाइपलाइन बनाउन गरिएको प्रस्तावमा भारतले औपचारिक जवाफ भने दिएको छैन । अमलेखगञ्जबाट चितवनसम्म तेलको पाइपलाइन विस्तार गर्ने एजेण्डामा पनि दुई मन्त्रीबीच सकारात्मक छलफल भएको छ ।

    पाँच वर्षे इन्धन आपूर्ति सम्झौताका लागि भारत गएका बेला आपूर्तिमन्त्री दीपक बोहोराले आफ्ना भारतीय समकक्षी प्रधानसमक्ष नेपाल ग्यासको पनि पाइपलाइन बनाउने बारे छलफल गर्न सकिने बताएको आयल निगम स्रोतले बतायो ।

    मुजफ्फरपुरको सजिलो बाटो

    पेट्रोलियम ग्यास पाइपलाइनलाई नेपालसम्म ल्याउन सके ग्यासको ढुवानीमा सहज हुने आयल निगमको विश्वास छ । भारतले अहिले मुजफ्फरपुरसम्म पेट्रोलियम ग्यासको पाइपलाइन निर्माण गरिरहेको छ ।

    त्यहाँ ग्यासको ठूलो भण्डारण केन्द्र पनि बनाइँदैछ । अब यही पाइपलाइनलाई नेपालसम्म ल्याउनेबारे गृहकार्य सुरु भएको हो । अबको डेढवर्षभित्रै भारतले मुजफ्फरपुरसम्मको पाइपलाइनको काम सकेर नयाँ ग्यास डिपो सञ्चालनमा ल्याइसक्ने भारतको तयारी छ ।

    यो डिपो सञ्चालनमा आएपछि नेपाल आयल निगमलाई मुजफ्फरपुरबाट चाहिएजति ग्यास दिने गरी भारतसँग नयाँ इन्धन आपूर्ति सम्झौता भएको छ ।

    अबको दुईवर्षभित्र मुजफ्फरपुरमा बुलेटमा ग्यास लोडिङ सुरु भएपछि रक्सौल नाका हुँदै ग्यास भित्रिनेछ ।अहिले रक्सौल हुँदै ग्यास ल्याउन हल्दिया र बरौनी पुग्नुपर्ने बाध्यता छ । सबैभन्दा छोटो दूरीमा रहेको बरौनीको ग्यास डिपो पनि सीमा क्षेत्रबाट २४० किलोमिटरको दूरीमा छ ।


    त्यहाँबाट पनि आईओसीले सबै बुलेटमा ग्यास भर्न क्षमता राख्दैन । नेपालले अहिले बिहारको बरौनी, पश्चिम बंगालको हल्दिया, उत्तर प्रदेशको मथुरा, हरियाणाको कर्नाल, उडिसाको पाराधीबाट ग्यासको लोडिङ पाउँछ ।

    अब मुजफ्फरपुरसम्म नै ग्यासको पाइपलाइन आउने भएकाले भारतले नेपालका लागि आवश्यक सबै ग्यास त्यहीँबाट दिन सक्ने अवस्था बन्दैछ ।

    झण्डै १६० किलोमिटरको हुन सक्ने

    तर, नेपाल सरकारले अब एक कदम अघि बढ्दै त्यहाँसम्म आएको ग्यास पाइपलाइन नेपालसम्म विस्तार गर्न भारतलाई आग्रह गरेको हो । त्यहाँबाट ग्यास पाइपलाइनले नेपाललाई जोड्न सके ढुवानी खर्च पनि निकै घट्नेछ । र, दीर्घकालीन रुपमा नेपालमा ग्यास आपूर्तिमा सरलता आउनेछ ।

    अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । मुजफ्फरपुरको डिपो सञ्चालनमा आएपछि नेपालले नेपालको सीमाबाट १२० किलोमिटरकै दूरीमा ग्यासको लोडिङ पाउनेछ । यदि त्यहाँबाट अमलेखगञ्जसम्म पाइपलाइन बने करिब १६० किलोमिटर लामो हुनेछ ।

    अहिले नेपालमा मासिक झण्डै ३० हजार मेटि्रक टन ग्यासको माग छ । झण्डै ५ सय भारतीय बुलेटहरु नेपालका लागि ग्यास बोक्छन् ।

    नेपाली उद्योगी आफैंले किनेर ल्याएका बुलेटहरु अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । भारतले नेपाली बुलेटलाई बिष्फोटबाट खतरामुक्त रहेको प्रमाणित गर्न भारतले ढिलाइ गरेको छ ।

    जसका कारण ४५० भन्दा बढी बुलेट बनेर पनि नेपाल आउन सकेका छैनन् । यदि भविष्यमा पाइपलाइन बन्यो भने धेरै बुलेटहरु कामविहीन हुनेछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.