×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जलवायु परिवर्तनसँगै हिउँ चितुवा सङ्कटमा

  •  
  • बिहिबार, पुष २८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    लक्ष्मीप्रसाद उपाध्याय

    काठमाडौँ, पुस २८ गते ।  विश्वमा अत्यन्तै दुर्लभ मानिएको उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवाको बासस्थानका लागि नेपालमा दिन–प्रतिदिन चुनौती थपिन थालेको भन्दै विज्ञले चिन्ता व्यक्त गर्नुभएको छ ।
    विश्वका १२ वटा देशमा मात्र अस्तित्वमा रहेको हिउँ चितुवालाई संरक्षणवादी ‘हिमालकी रानी’ पनि भन्ने गर्छन् ।  देख्दा अत्यन्तै सुन्दर लाग्ने, बाघ प्रजातिको यो वन्यजन्तुको अस्तित्वका लागि जलवायु परिवर्तनले पार्ने असर प्रमुख चुनौतीका रूपमा रहेको छ ।  हिउँ पग्लिँदै जाने क्रमसँगै बासस्थान मासिँदै जानु, आहार प्रजातिका अन्य वन्यजन्तुको अस्तित्व लोप हुँदै जानु, तापक्रम वृद्धिसँगै तल्लो क्षेत्रमा पाइने वन्यजन्तु र मानव समुदायबाट पनि माथिल्लो क्षेत्रमा अतिक्रमण हुँदै जाँदा हिउँ चितुवा ज्यान जोगाउन बसाइँ सर्दै जाने, भाग्दै जाने क्रममा सिकारीको फन्दामा पर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
    विश्वभरि यसको सङ्ख्या तीन हजारदेखि सात हजारसम्म रहेको अनुमान गरिएको छ ।  कुल सङ्ख्याको कम्तीमा १० प्रतिशत नेपालका हिमाली क्षेत्रमा रहेको विभिन्न अध्ययनले देखाएको छ ।
    वन तथा भू–संरक्षण मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालका अनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या कम्तीमा तीन सयदेखि पाँच सयसम्म रहेको अनुमान गरिएको छ ।  तीन हजारदेखि पाँच हजार मिटरको उचाइमा बस्ने यो वन्यजन्तु् साइटिस महासन्धिको अनुसूची १ मा सूचीकृत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु मानिन्छ ।
    डा. ढकालले भन्नुभयो, “हिमाली पारिस्थिकीय प्रणाली (इको सिस्टम)को प्रमुख सूचक प्रजाति हिउँ चितुवा हो ।  यसको बासस्थानमा सुधार हुँदा उच्च हिमाली क्षेत्रको समग्र जैविक विविधता राम्रो भएको मानिन्छ ।  त्यसैले हिमाली क्षेत्रका जैविक विविधता र संरक्षणका कार्य प्रभावकारी बनाउन यसको बासस्थान, चरिचरनका लागि उपयुक्त वातावरण निर्माण गर्नु जरुरी छ । ”
    नेपालमा हिउँ चितुवालगायत दुर्लभ तथा सङ्कटापन्न प्रजातिका वन्यजन्तुको संरक्षणका लागि उच्च हिमाली क्षेत्रलाई समेटेर १२ वटा संरक्षित क्षेत्र घोषणा गरिएको छ ।  सह–सचिव डा. ढकालले भन्नुभयो, “हिमाली क्षेत्रको जैविक विविधतालाई दृष्टिगत गरी राष्ट्रिय निकुञ्ज, सिकार आरक्ष र संरक्षण क्षेत्र घोषणा गरेर नेपालले संरक्षणको काम गरिरहेको छ ।  हिउँ चितुवालगायत केही दुर्लभ वन्यजन्तुमाथिको चुनौती निराकरण गर्न सकिरहेका छैनौँ ।  अझै थप प्रयासको खाँचो छ । ”
    वन मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलका अनुसार जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारणले हिमाली क्षेत्रमा मात्र पाइने वन्यजन्तु, वनस्पतिका विभिन्न प्रजाति हराउने क्रम जारी छ ।  उहाँले भन्नुभयो, “हिमाली क्षेत्रका वनस्पति, वन्यजन्तुको अस्तित्व खतरामा छ, त्यसैले अझै संरक्षणको ठोस कदम चाल्न जरुरी छ । ”
    चोरीसिकार हुनु हिउँ चितुवाको संरक्षणका लागि प्रमुख च्ुनौती मानिएको छ ।  हिउँ चितुवाको सिकार गरेर बाघको हड्डी, दाँत, छाला अन्तर्राष्ट्रिय बजारमा बेच्ने गरिएको पाइन्छ ।  यही कुरालाई दृष्टिगत गरी हिउँ चितुवालगायत दुर्लभ वन्यजन्तुको बढी चोरीसिकार हुने १२ वटा जिल्लामा वन्यजन्तु अपराध नियन्त्रण एकाइ स्थापना गरी चोरीसिकारलाई नियन्त्रण गर्ने कार्य भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।
    महानिर्देशक खड्काले भन्नुभयो, “हिमाली क्षेत्रमा काम गर्न निकै कठिन छ, तैपनि विभागले अन्य निकायसँग समन्वय गरेर आफ्ना क्रियाकलापलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रयास गरिरहेको छ ।  विशेष नाकामा विभागका कर्मचारीको उपस्थितिले यसमा निकै हदसम्म नियन्त्रण भइरहेको छ । ”
    हिउँ चितुवा पाइने स्थानको पहिचान गरी विभागले तीनवटा विशेष क्षेत्र निर्धारण गरेको छ ।  पूर्वको कञ्चनजङ्घादेखि लामटाङ क्षेत्र, मध्यमा मकालु वरुणदेखि अन्नपूर्ण क्षेत्रसम्म र पश्चिममा ढोरपाटन सिकार आरक्षदेखि रारा, खप्तड हुँदै अपी नाम्पा क्षेत्रसम्म हिउँ चितुवाको उपयुक्त बासस्थान मानिएको छ ।  यी सबै क्षेत्रमा विभागले निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्र घोषणा गरी संरक्षण कार्य गर्दै आइरहेको छ ।
    नेपालमा हिउँ चितुवा सम्मेलन हुने
    यसैबीच हिउँ चितुवाको संरक्षणमा विश्वको ध्यानाकर्षण गराउन नेपालमा दोस्रो हिउँ चितुवालअन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।  आगामी माघ ४ गतेबाट सुरु हुने तीनदिने सम्मेलनमा हिउँ चितुवा पाइने १२ वटै देशका मन्त्री तथा सरकारी उच्च अधिकारी, विशेषज्ञ तथा अनुसन्धानकर्ताको सहभागिता हुने बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
    प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको वन तथा भू–संरक्षण मन्त्रालयका प्रवक्ता डा. पे्रमनारायण कँडेलले बताउनुभयो ।  सम्मेलनमा हिउँ चितुवा पाइने रुस, भारत, चीन, पाकिस्तान, अफगानिस्तान, भूटान, काजिकिस्तान, मङ्गोलिया, ताजिकिस्तान, उज्वेकिस्तान, किर्गिजिस्तानका सरकार प्रमुख र मन्त्रीले भाग लिने निश्चित भएको सो अवसरमा जानकारी दिइयो ।  सम्मेलनले हिउँ चितुवा संरक्षणका लागि काठमाडौँ घोषणापत्र पनि जारी गर्ने भएको छ ।  यसअघि काजिकिस्तानमा भएको पहिलो सम्मेलनले बिस्मेख घोषणापत्र जारी गरेको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.