×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

वामदेव निवासमा एमालेको निश्कर्षः भारतले घेराबन्दी सुरु गर्‍यो

  •  
  • आइतबार, पुष २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दुई तिहाइ पुग्ने अवस्था रहुञ्जेल संसद चल्न नदिइने

    २४ पुस, काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन प्रस्तावमा छलफल अघि बढाउन बाटो खुल्ला गरे पनि एमालेले अझै संसद सुचारु हुन नदिने संकेत गरेको छ । भारतले घेराबन्दी सुरु गरेको निश्कर्ष निकाल्दै एमालेले अझै संसद सुचारु हुन नदिने निर्णय गरेको हो ।

    छ दिनअघि आफैंले अर्को संसद बैठक अवरोध नहुने आश्वासन दिएर सभामुखलाई केही दिन पर्खिन आग्रह गरेको नेकपा एमाले फेरि किन अवरोधकै बाटोमा गयो ? यो प्रश्नगर्दा एमालेका एक शीर्ष नेताले भने-यसबीचमा भारतीयहरुको डरलाग्दो घेराबन्दी बढ्यो । त्यसैले हामी नयाँ ढंगले सोच्न बाध्य भयौं ।

    बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठक एक प्रकारले अनौपचारिक थियो । त्यहाँ राज्यको प्रधानमन्त्री, गृहमन्त्री, रक्षा मन्त्री भइसकेका नेताहरुले आफूलाई प्राप्त सबै गोप्य सूचनाहरु पनि आदान-प्रदान गरेका थिए ।

    एमालेको स्थायी कमिटीमा मुलुकको प्रधानमन्त्री भइसकेका तीनजना नेता छन् भने गहमन्त्री तथा रक्षामन्त्री भइसकेका दुई दुई जना नेता छन् । उनीहरुले संविधान संशोधन विधेयक पारित गराउन भारतले चौतर्फी घेराबन्दी गरेको सूचना सुनाए । त्यसपछि तत्कालै संसदमा विधेयकमाथि छलफल अघि बढ्न दिन नहुने निष्कर्ष निकालेको एमाले स्रोतले जनाएको छ ।

    संसद खुलाउन लचिलो भइसकेको एमालेले अब आफ्नो गठबन्धनमा रहेका अन्य साना ८ दलसँगको छलफल र कमल थापा तथा बिजय गच्छदारको नाडी छामेपछि थप निर्णय गर्ने निष्कर्षमा पुगेको छ ।

    आफ्नो गठबन्धनबाट कोही पनि किनबेच नहुन् भन्नेमा एमाले सचेत देखिएको एक नेताले बताए ।

    संसदमा स्थानीय निर्वाचन र महाअभियोग सम्बन्धी कार्यसूची पहिले पेश गरिए ती विषय टुंगो लगाउन एमाले सहमत रहेको सचिव गोकर्ण विष्टले बताए । तर, संविधान संशोधन विधेयकलाई तत्काल अघि बढ्न नदिइने उनले दावी गरे ।

    स्रोतका अनुसार एमाले संविधान संसोधन विधेयकको पक्षमा दुई तिहाई पुग्न नदिने गरी पहिले शक्ति केन्दि्रत गर्ने निर्णयमा पुगेको छ । संसदबाट विधेयक फेल हुने निश्चित भएपछि सदन खुलाएर मतदानबाट टुंगो लगाउन तयार हुने एमाले स्रोतले बतायो ।

    अहिलेकै अवस्थामा एमालेले आफ्नो पक्षमा एक तिहाई मत रहेको दाबी गर्दै आएको छ । तर यसबीचमा पैसा र उपप्रधानमन्त्री तथा मन्त्री पदको अफर बढेको एमाले बैठकमा चर्चा भएको थियो । यसमा भारतले चलखेल गरेको एमाले बैठकमा चर्चा भएको थियो ।

    शुरुमा विधेयक अस्वीकार गरेका मधेसी मोर्चाका नेताहरु दूतावासको लन्च बैठकपछि जस्ताको तस्तै पारित गर्न तयार हुनु र अहिले परिमार्जनको कुरा आउनुले यो विषयमा बाहृय हस्तक्षेप बढेको एमालेको बैठकको ठहर छ ।

    ‘संसदमा पैसा र पद बाँडेर २ दुई तिहाइ पुर्‍याउने र सीमांकनमात्र होइन राष्ट्रियसभा, नागरिकता र भाषामा आफू अनुकुल प्राबधान थपेर राष्ट्रिय हित विपरीत पारित गराउने खेल हुन सक्छ’ एमाले महासचिव ईश्वर पोखरेलले भने ‘अदालतको आदेशलाई समेत बुझ्दै यो विधेयक फिर्ता लिनुपर्छ, नत्र हामी रोक्न बाध्य हुन्छौं’ ।

    एमालेले संसदमा २ तिहाई बहुमत नपुग्ने निश्चित नगरेसम्म संविधान संशोधन विधेयक अघि बढ्न नदिने संकेत दिएको छ । आफ्नै गठबन्धनका कतिपय साना दलसँग एमालेको पूरा भरोसा छैन । कमल थापा र गच्छदार उपप्रधामन्त्री पाएपछि विधेयक पारित गराउन लाग्ने आशंका पनि उसलाई छ ।

    त्यसैले सर्वोच्च अदालतले अन्तरिम आदेश नदिँदा नदिँदै पनि विधेयक पारित नहुने निश्चित भयो भनेमात्रै एमालेले संविधान संशोधन विधेयक संसदमा मतदानका लागि अघि बढ्न बाटो खोल्नेछ । नत्र अझै केही समय संसदको गतिरोध जारी रहन सक्छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.