×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

संशोधन अघि बढ्छः प्रधानमन्त्री

  •  
  • आइतबार, पुष २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    प्रस्ताव फिर्ता नलिएसम अघि बढ्दैनः एमाले

    चिरञ्जीवी ढुंगाना

    काठमाडौं: व्यवस्थापिका संसद्को आइतबार बस्ने बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार दिनभर सक्रिय रहे पनि प्रस्ताव फिर्ता नलिएसम्म संसद् चल्नेबारे ढुक्क हुने स्थिति देखिएको छैन ।

    उता प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकलाई संसद्मा टेबुल गर्ने वातावरणका साथै स्थानीय निर्वाचनको मिति घोषणालगायत विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार साँझ परामर्श गरेका छन् ।

    दाहालको सचिवालय स्रोतका अनुसार उनी आइतबार संविधान संशोधन विधेयक संसद्मा टेबुल गर्ने कसरतमा छन् । दाहालले चुनाव गर्न सरकार कटिबद्ध रहेको भन्दै संशोधन विधेयकलाई प्रक्रियामा लैजान राष्ट्रपतिको सहयोग मागेका थिए । ‘संशोधन विधेयकसँगै निर्वाचनसम्बन्धी विधेयक पनि रोकिएका छन् ।

    माघ दोस्रो साताभित्र निर्वाचनसम्बन्धी कानुन निर्माण गर्न सक्यौं भने जेठ दोस्रो सातासम्म स्थानीय निर्वाचन गर्न सकिन्छ’, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो । राष्ट्रपति भण्डारीले मुलुकलाई निकास दिन प्रमुख दलबीच एकता, सहकार्य र सहमति अझै आवश्यक रहेको बताएकी थिइन् ।

    त्यसअघि दाहालले राजधानीमा आयोजित एक कार्यक्रममा संसद् अवरोध जारी राखे एमाले जनताबीच नांगिने बताएका थिए । सर्वोच्च अदालतले संशोधन प्रस्ताव अघि बढाउन मार्गप्रशस्त गरिसकेको र मधेसीलगायत दलले पनि सहमति दिइसकेकाले संशोधन अघि बढ्ने जिकिर पनि उनले गरे ।

    ‘सर्वोच्चको फैसला र मधेसी मोर्चालगायतले संशोधन अघि बढाउन दिएको सहमतिका बाबजुद प्रमुख प्रतिपक्षी एमालेले अवरोध कायमै राखे ऊ आफैं जनताबीच नांगिनेछ’, उनले भने । संशोधन प्रस्ताव आन्तरिक राष्ट्रियता बलियो बनाउन ल्याइएको भन्दै उनले यसको विरोध गरिनुको कुनै औचित्य नरहेको बताए । ‘म अप्ठ्यारोमा छैन, देश अप्ठ्यारोमा छ । देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो’, उनले भने ।

    दाहालले संशोधन अघि बढ्ने बताएसँगै एमाले वरिष्ठ नेता झलनाथ खनालले भने राष्ट्रघाती संशोधन संसद्मा अघि बढाए राम्रै विरोध हुने बताएका छन् । अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘राष्ट्र हितविपरीतको प्रस्ताव फिर्ता नभएसम्म संसद् चल्दैचल्दैन ।’

    एमालेको शनिबार साँझ बसेको स्थायी समिति बैठकले शुक्रबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनको माग र जनभावनाअनुरूप राष्ट्रघाती संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको उल्लेख गर्दै उनले सरकारले जबर्जस्ती गरे ‘कठोर’ हुने बताए । उनले कांग्रेस र माओवादी केन्द्र विदेशीको इशारामा चलेको आरोप लगाउँदै भने, ‘राष्ट्रियताविपरीत कार्य नसच्याउने हो भने आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बत्ती बालेर खोज्नुपर्छ ।’

    मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भने सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव सहमतिको आधार हुने दाबी गरेका छन् । ‘मुलुकको निकासका लागि मैले जहिले पनि मध्यमार्गी भूमिका निर्वाह गरेको छु । अहिले पनि त्यो भूमिकालाई निरन्तरता दिन्छु’, उनले भने ।

    प्रमुख दलले सहमति, सहकार्य र एकताको सूत्रमा अहिले देखिएका विवाद र विगतका सम्झौता सम्बोधन गर्नेगरी अघि बढ्नुपर्ने उनले बताए । ‘निकासका लागि संशोधनमा परिमार्जन गरेर अघि बढ्दा राम्रो हुन्छ । यो प्रस्ताव अपूरो छ’, उनले भने । समस्या समाधानका लागि आठ प्रदेशमा जानुपर्ने उनको दाबी थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.