×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘डिफेन्स डिप्लोमेसी’मा नयाँ पाइला

  •  
  • आइतबार, पुष २४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चीनसँग संयुक्त सैनिक अभ्यास

    – जगदीश्वर पाण्डे, काठमाडौं
    चीन आफ्नो आन्तरिक र राष्ट्रिय सुरक्षामा नेपाल सरकारबाट मात्रै विश्वस्त हुन नसकेपछि एपीएफ र नेपाली सेनाजस्तो निकायलाई विश्वासमा लिएर ढुक्क हुन खोजेको देखिन्छ : सुरक्षा जानकार

    पुस २४, २०७३- नेपाली सेनाले चीनको जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्ने निर्णय गरेर ‘डिफेन्स डिप्लोमेसी’ मा नयाँ पाइला चालेको छ । विभिन्न मुलुकसँग संयुक्त तालिम, सेमिनार, अध्ययन र बैठक गर्दै आइरहेको भए पनि नेपालले संयुक्त सैन्य अभ्यास गर्न लागेको चीन तेस्रो मुलुक हो । नेपाली सेनाले सन् २०११ देखि भारतसँग ‘सूर्य किरण’ नाम संयुक्त अभ्यास गर्दै आइरहेको छ भने अमेरिकासँग विपद् व्यवस्थापनको क्षेत्रमा संयुक्त अभ्यास गर्दै आएको छ ।

    नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले संयुक्त अभ्यासबारे चीनसँग प्रारम्भिक छलफल भएको बताए । ‘दुवैतर्फबाट आ–आफ्ना एजेन्डा प्रस्तुत भएका छन् । यसलाई अन्तिम रूप दिन बाँकी छ,’ कार्कीले भने, ‘अभ्यासको मोडालिटी तयार पारेर दुवै पक्ष बसेर अन्तिम रूप दिने छौं ।’ उनले अभ्यासको मोडालिटी नै तयार नभइसकेका कारण मिति तोकिइनसकेको बताए । ‘दुवैतर्फबाट मिति प्रस्ताव भएको छ, अन्तिम रूप लिएको छैन ।’ उनले दुई मुलुक बीचको हुन लागेको अभ्यासलाई नियमित प्रक्रियाको संज्ञा दिए । ‘यो मेलेटरी डिप्लोमेसी सम्बन्धको विस्तारको कुरा हो,’ कार्कीले भने ।

    नेपाल–चीन संयुक्त सैनिक अभ्यासलाई राष्ट्रको वैदेशिक नीति र सुरक्षा सम्बन्धको आधारमा अघि बढाइन्छ । २०६२/६३ पछि नेपाली सुरक्षा निकायसँग चिनियाँ सैनिकको सम्बन्ध विस्तार भएको हो । त्यसयता चीनले सशस्त्र प्रहरी बलको पाँचखालमा निर्माणाधीन तालिम केन्द्रलाई सहयोग गर्नुका साथै सेनालाई पनि गैरसैनिक सहयोग गर्दै आइरहेको छ । यसपटक भने चीनले नेपाली सेनासँग ‘कोर’ सैनिक सम्बन्ध स्थापित गर्न लागेको हो ।

    नेपालमा संविधान जारी भएपछि त्यसलाई लिएर असन्तुष्टि जनाउँदै करिब ५ महिना भारतले नाकाबन्दी लगायो । त्यसबेला केपी ओली सरकारले चैत ७–१४ सम्म चीन भ्रमण गरी दुई मुलुकबीचमा पहिलो पटक व्यापार र पारवहन सम्झौता गर्‍यो । त्यही व्यापार तथा पारवहन सम्झौतालाई टेकेर कूटनीतिक सम्बन्धका आधारमा सैनिकतर्फ पनि संयुक्त सैन्य अभ्यास अघि बढाइएको हो । ‘सबैभन्दा पहिला राजनीतिक इच्छा शक्ति हो, त्यसपछि काम गर्न सहज हुन्छ,’ सैन्य जानकार तथा सेनाका पूर्वरथी डा. प्रेमसिंह बस्न्यातले भने । चीनसँग कूटनीतिक सम्बन्धलाई अघि बढाएपछि त्यसअनुसार सुरक्षातर्फको सम्बन्धलाई पनि जोड दिइएको छ ।

    नेपाल र चीनबीच हुने संयुक्त सैनिक अभ्यासबारे भारतीय चासो व्यक्त भइसकेको छ । भारतीय सञ्चारमाध्यमले नेपाल र चीनबीच हुन लागेको संयुक्त सैनिक अभ्यासका सम्बन्धमा भारत बेखुसी छ भन्ने तर्क गरिरहेका छन् । तर, भारतीय विदेश मन्त्रालयमा बुधबार (पुस २०) आयोजित पत्रकार सम्मेलनमा विदेश राज्यमन्त्री भीके सिंहले नेपाल र भारतीय सेनाबीच निकै बलियो र विशिष्ट सम्बन्ध रहेको बताउँदै चीनसँगको संयुक्त अभ्यासले नेपाल–भारत सम्बन्ध प्रभावित नहुने बताए । उनले भनेका थिए, ‘नेपाल र भारतीय सेनाबीच विशिष्ट सम्बन्ध छ । हामी नेपालसँगको सम्बन्धलाई कुनै तेस्रो मुलुकको आँखाबाट हेर्दैनौं ।’ टाइम्स अफ इन्डियालाई डिसेम्बर २६ (पुस ११) मा प्रतिक्रिया दिँदै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालले अन्य मुलुकसँग पनि संयुक्त सैनिक अभ्यास गर्दै आइरहेको र चीनसँगको संयुक्त अभ्यासले नेपाल र भारतबीचको विशेष सम्बन्धलाई कुनै असर नपर्ने बताएका थिए ।

    राजनीतिक तथा सुरक्षा विज्ञ प्राध्यापक श्रीधर खत्री संयुक्त अभ्यासलाई साधारण अर्थमा दुई छिमेकी मुलुकबीचको सैन्य र मित्रताको सम्बन्ध मान्छन् । उनी भन्छन्, ‘दुई मुलुकका सैनिकबीच संयोजन, समन्वय र एकअकार्को अध्ययनका लागि पनि यस्ता अभ्यास गरिन्छ ।’ उनी नेपाली सेनाको भारत र चीनसँग फरकखाले सम्बन्ध भएकाले यसमा सन्तुलन र तुलनाको प्रश्न नहुने बताउँछन् । ‘भारत र नेपालको सेनाको सम्बन्ध गहिरो छ । कटवाल काण्ड र अन्य घटनाहरूमा हामीले देखिसकेका छौं,’ उनले भने, ‘भारतले अमेरिका र चीनसँग पनि अभ्यास गर्दै आइरहेको छ । हामीले अन्य मुलुकसँग पनि संयुक्त अभ्यास गर्दै आइरहेका छौं ।’

    सैन्य जानकार बस्न्यात परापूर्व कालदेखि नेपालको चीनसँग सम्पर्क भएको उल्लेख गर्दै २० वर्ष अघि हुनु पर्ने संयुक्त सैनिक अभ्यास हाल आएर हुनुलाई ‘आइस ब्रेक’ को संज्ञा दिन्छन् । उनी थप्छन्, ‘यो असाध्यै राम्रो कुरा भएको छ । यसका लागि नेपाल सरकारलाई धन्यवाद दिनुपर्छ ।’ उनी यस्ता संयुक्त अभ्यासले दुई मुलुकका भौगोलिक अवस्थाको जानकारी पाउने काम गर्न सहज हुन्छ ।

    नेपालले भारत, पाकिस्तान, चीन, बेलायत, बंगलादेश, अमेरिकालगायत मुलुकमा स्टाफ कलेज र नेसनल डिफेन्स कोर्स (वार कलेज) गर्दै र त्यहाँका सैनिकलाई गराउँदै आइरहेको छ । नेपाल र अन्य सेना मिलेर माउन्टेन वारफेयर, पारा जम्प, युद्धकला आदि गर्दै पनि आइरहेको छ । भारतीय सैनिकले अमेरिका, रूस, चीन, काजकिस्तान, श्रीलंका, फ्रान्स, मंगोलियालगायत मुलुकसँग संयुक्त अभ्यास गर्दै आइरहेको छ ।

    सैन्य जानकार इन्द्रा अधिकारी संयुक्त अभ्यासलाई एक मुलुकसँग जोडेर अर्कोसँग हेर्न नमिल्ने मान्छिन् । ‘हाम्रो दुवै छिमेकीसँग विशिष्ट सम्बन्ध छ । एक मुलुकसँग अर्कोको तुलना हँुदैन । कुनै पनि देशसँग सम्बन्ध गर्दा अर्को देशलाई हेर्नु पर्दैन । हामी स्वतन्त्र देश हौं,’ उनले भनिन्, ‘हामीले यो कुराचाहिँ बिर्सन हँुदैन कि चीनले भारतलाई चिढ्याएर नेपालमा काम गर्दैन । भारतले नाकाबन्दी लगाउँदा नेपाललाई तातोपानी नाका आवश्यक थियो । नेपालले पटक–पटक आग्रह गर्दासमेत चीनले हालसम्म पनि उक्त नाका खोलेको छैन । के चीनले यो नाका खोल्न नसकेको हो त ? पक्कै होइन, चीनले चाहे, जे पनि गर्न सक्थ्यो । तर उसले भारतलाई चिढ्याउन चाहेन ।’

    अर्का सैन्य जानकार गेजा शर्मा वाग्ले भने संयुक्त अभ्यासमार्फत चीनले नेपाली सुरक्षा निकायमा आफ्नो प्रभाव बढाउन खोजेको बताउँछन् । ‘चीन आफ्नो आन्तरिक र राष्ट्रिय सुरक्षामा नेपाल सरकारबाट मात्रै विश्वस्त हुन नसकेपछि एपीएफ र नेपाली सेनाजस्तो निकायलाई विश्वासमा लिएर ढुक्क हुन खोजेको देखिन्छ,’ उनले भने, ‘तिब्बतसँगको सुरक्षा संवेदनशीलता छ । नेपालका सुरक्षा निकायलाई विश्वासमा लिए, चीनलाई सहज हुन्छ ।’

    सैन्य जानकार दीपकप्रकाश भट्ट डिफेन्स डिप्लोमेसी सम्बन्ध विस्तारमा मद्दत पुग्ने बताए । पूर्व उपरथी विनोद बस्न्यातले संयुक्त अभ्यासले दुई मुलुक बीच होस या दुई भन्दा बढी मुलुक बीच अनुभव साट्न सहयोग पुग्ने निकष्ण निकाले ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.