×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

काठमाडौंका चारवटै नाकामा सुरुङमार्ग

  •  
  • शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    राजु बास्कोटा

    काठमाडौः सरकारले काठमाडौंका सडक विस्तार गरी उपत्यकालाई बाहिरी जिल्लासँग सहज पहुँच बनाउने कार्यलार्ई प्राथमिकताका साथ अघि बढाएको छ । यसका लागि सुरुङमार्ग निर्माणमा विशेष जोड दिइएको छ । सडक विभागले काठमाडौंलाई छिमेकी जिल्लासँग सहज पहुँच विस्तार गर्न चारवटा सुरुङ मार्ग निर्माण गर्ने भएको छ ।

    विभागका अनुसार नुवाकोट जोड्ने टोखा-छहरे र पाँचखाल जोड्ने सूर्यविनायक धुलिखेलमा सुरुङमार्ग बनाइनेछ । यी दुवै स्थानमा सुरुङमार्ग निर्माण गर्न अध्ययन भइरहेको छ ।

    नागढुंगाबाट धादिङको नौविसे नजिक सिस्नेखोलासम्म जोड्ने सुरुङमार्ग निर्माण गर्न सरकारले जाइकासँग ऋण सम्झौता गरिसकेको छ । सीतापाइबाट धादिङकै महेशसफाँट जोड्ने सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई पनि प्राथमिकताका साथ आगाडि बढाइने विभागको भनाइ छ ।

    सीतापाइलबाट निर्माण गर्ने सुरुङ मार्गका लागि कुवेती सरकारको अनुदान सहयोगमा सम्भाव्यता र परियोजना अध्ययनसमेत भइसकेको छ । नागढुंगा, सीतापाइला, टोखा र सूर्यविनायकमा सुरुङमार्ग निर्माणपछि काठमाडौं प्रवेशका चारवटै मार्गको प्रवेश सहज हुनेछ ।

    विभागको वैदेशिक महाशाखा प्रमुख संजयकुमार श्रेष्ठका अनुसार नेपालकै खर्चमा सबै ठाउँमा सुरुङ र फ्लाईओभर बनाउन नसकिने भएकाले पनि दातृ निकायको सहयोग लिइनेछ । उनका अनुसार सीतापाइला र नागढुंगाको सुरुङमार्ग निर्माणमा दातृ निकायले चासो देखाएको छ ।

    टोखा र सूर्यविनायकमा पनि दातृ निकायकै सहयोगमा सुरुङमार्ग निर्माण गर्ने योजना छ । उपत्यकाको सडक क्षमता विस्तार र स्तारोन्नतिकै निम्ति काठमाडौंका सडकमा फ्लाईओभर र अन्डरपासलाई पनि प्राथमिकता दिन थालिएको छ ।

    विभागले माइतीघरदेखि त्रिपुरेश्वरसम्मको एक किलोमिटर फ्लाईओभर निर्माणको अध्ययन गरिरहेको छ । कलंकीमा भने करिब एक किलोमिटरको अन्डरपास निर्माणको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । यो अन्डरपास आगामी एक वर्षभित्रै निर्माण पूरा हुने गरी काम भइरहेको सडक विभागको भनाइ छ ।

    काठमाडौं-नुवाकोटमा बैंकको रुचि

    काठमाडौंकै टोखा-छहरे सुरुङमार्ग निर्माण गर्न एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले लगानीका लागि रुचि देखाएको छ । नेपाल पनि संस्थापक सदस्य रहेको यो बैंकले करिब चार देखि ६ किलोमिटर सुरुङमार्ग निर्माण गरेर काठमाडौं-नुवाकोट प्रवेश छिटो बनाउने प्रयास गरिरहेको छ ।

    उपत्यकाको सडक क्षमता विस्तार र स्तारोन्नति गर्न काठमाडौंका सडकमा फ्लाईओभर र अन्डरपासलाई पनि प्राथमिकता दिन थालिएको छ ।

    यो सुरुङमार्ग निर्माण गर्दा काठमाडौंबाट सीधै नुवाकोटको थान्सिङ फाँट निस्कन सकिन्छ । गल्छीदेखि रसुवागढीसम्म स्तरीय सडकमार्ग निर्माणको काम पनि सरकारी प्राथमिकतामा परेकाले यो सडक निर्माण भए काठमाडौंबाट रसुवागढी हुँदै चीनसम्मको नाकाको पहुँच आधा घन्टाको यात्रामै हुनेछ ।

    यो मार्ग बन्यो भने भारतसँगको परनिर्भरता पनि हट्ने भएकाले विशेष महत्व दिइएको सडक विभागको भनाइ छ । सुरुङमार्ग निर्माण गर्न लागतअनुमान र सम्भाव्यता अध्ययन बाँकी छ । एक किलोमिटर बनाउन करिब पाँच अर्ब रुपैयाँ खर्च लाग्नेछ ।

    विभागका अनुसार राजधानीमै आवश्यकता बढेको मेट्रो रेल, विभिन्न चौबाटोमा ओभरफ्लाई र अन्डरपास अहिलेको आवश्यकता हो । सम्भव भएसम्म सबै विकास निर्माण प्रक्रियालाई आत्मसाथ गर्दै जानुपर्ने भएकाले पनि आवश्यक पूर्वाधार एकपछि अर्को निर्माण गर्दै जाने रणनीति विभागको छ । विभागका अनुसार आवश्यकता हेरेर सबै विकास निर्माणको ठूलो योजनाले गति लिने पनि उल्लेख छ ।

    सूर्यविनायक-धुलिखेलमा पनि सुरुङमार्ग

    सूर्यविनायक-धुलिखेल सडकमा पनि कम्तीमा तीन सय मिटरको सुरुङमार्ग निर्माण गरिनेछ । विभागका अनुसार भक्तपुरको पलाँसेबाट धुलिखेल जाने सडक धेरै घुम्ति र जोखिमपूर्ण भएकाले सुरुङमार्गको परिकल्पना गरिएको हो । यो सडकमा निर्माण हुने सुरुङमार्गका विषयमा पनि सडक विभागले दातृ निकायसँग छलफल गरिरहेको छ ।

    विभागका अनुसार छाटो सुरुङमार्गमा मोटरसाइकल प्रवेश गर्न पाउँछन् भने आधा किलोमिटरभन्दा लामो सुरुङमार्गमा निषेध हुन्छ । सुरक्षाको दृष्टिले पनि संसारभर नै सुरुङमार्ग र द्रुत गतिको हाइवेमा मोटरसाइकल प्रवेश गर्न पाउँदैनन् ।

    नेपालमा निर्माण हुने सुरुङमार्गमा पनि आधा किलोमिटरभन्दा लामो भएको अवस्थामा मोटरसाइकल र अन्य थोत्रा र सुरक्षा संवेदशीलताका सवारीसाधन प्रवेश निषेध हुनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.