कैलासबावु श्रेष्ठ/गोरखा
पौष २१ गते । काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड र गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको कमसस डेभलमेन्ट बैंक र बुटवलमा प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लि. साँग्रिलामा गाभिने भएको छ । साँग्रिलाले दुई विकास बैंकसंग छुट्टा छुट्टै प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर सम्पन्न गरी सकेको छ।
सहमतीपत्रमा साँग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष प्रा. सुरेन्द बहादुर भारी, कसमस डेभलपमेन्ट बैंकका तर्फबाट
अध्यक्ष प्रा.डा.टेकनाथ ढकाल र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष पशुपती घिमिरेले हस्ताक्षर गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताउनु भयो।
दुई वटा विकास बैंक गाभिए पछि तिनवटै संस्थाहरुको आर्थिक वर्ष २०७२÷०७३ को बोनश शेयर वितरण भए पश्चात साँग्रिला डेभलपमेन्ट लिमिटेडको चुक्ता पूंजी करिब १ अर्व ५७ करोड पुग्नेछ भने चालु आर्थिक वर्षको २०७३÷०७४ को बाड्न मिल्ने कोष तथा मुनाफाबाट ३० करोड बराबरको बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूंजी करिब १ अर्व ८७ करोड पुग्नेछ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पूंजी २ अर्व ५० करोड रुपैयामा करिब ६३ करोड बराबर कम हुन जाने अपुग पूँजीलाई अर्को बित्तीय संस्थालाई गाभ्ने वा हकप्रद शेयर जारी गरि केही रकम थप गरि आर्थिक वर्ष भित्र पुर्याउने लक्ष्य लिईएका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताउनु भयो।
यसरी गाभिए पश्चात आर्थिक वर्ष २०७३÷०७४ को प्रथम त्रैमासिक विवरण अनुसार निक्षेप १३ अर्व ३६ करोड तथा कर्जा ११ अर्व ७० करोड रुपैया पुग्नेछ भने शाखा संख्या ४३ वटा, ४ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुबित्त शाखा हुने भएको छ।



