×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

निगम जहाजले कोरिया उडान गर्ने

  •  
  • बिहिबार, पुष २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक दक्षिण कोरियाको प्रमुख विमानस्थलबाट उडान–अवतरणको अनुमति पाएको छ। कारियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान–अवतरण गर्न पाउने गरी निगमलाई ‘स्लट’ उपलब्ध गराएको हो। हालसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीले कोरियाका लागि नियमति उडान गरेका छैनन्।

    ‘कोरियाको इन्चेन विमानस्थलले हामीलाई सातामा दुई उडान गर्ने गरी समय तालिकासहितको ‘स्लट’ अनुमति दिएको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, ‘इन्चेनले उपलब्ध गराएको स्लटअनुसार हामी २०७४ असोज १५ देखि कात्तिक १५ भित्र कोरिया उडान सुरु गर्ने छौं।’

    निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको ‘वाइड बडी’ जहाजबाट कोरिया उडान गर्न लागेको हो। निगमलाई दुईथान वाइड बडी जहाज उपलब्ध गराउन अमेरिकास्थित एएआर कर्पोरेसनले सबैभन्दासस्तो मूल्य प्रस्ताव गरिसकेको छ भने यसको प्रस्तावबारे निगम सञ्चालक समितिमा पेस भएको छ। एएआरले प्रतिजहाज १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो।

    ‘हाम्रो जहाज काठमाडौंबाट प्रत्येक आइत र बुधबार राति ७ः२० बजे कोरियाका लागि उड्ने छ भने उताबाट स्थानीय समय बिहान ७ः१५ बजे फर्कने छ,’ प्रवक्ता शर्माले भने, ‘काठमाडौंबाट एकतर्फी साढे ६ घन्टा सिधा उडेपछि इन्चेन विमानस्थल पुगिने छ।’

    निगमले यहाँबाट सोल र त्यहाँबाट जापानको टोकियो जाने व्यापारिक योजना बनाएको छ। त्यसपछि जापानबाट पुनः सोल आएर काठमाडौं फर्कने योजना उसको छ। ‘सोल र टोकियो हुँदै अमेरिकाको पश्चिमी भेग जाने यात्रुलाई सहज कनेक्टिङ उडान गर्न हाम्रो उडानले महत्वपूर्ण सहयोग पुग्ने छ,’ उनले भने, ‘उताबाट नेपाल आउनेलाई पनि सहज हुनेछ।’

    कोरिया उडानका लागि निगमले गरेको बजार अध्ययनअनुसार नेपाली, कोरियाली, जापानी लगायत गरी वार्षिक ४० हजारहाराहारी काठमाडौं आइरहेका छन्। काम गर्नेदेखि व्यापार–व्यवसाय गरिरहेका हजारौं नेपाली कोरियामा छन्। ‘सबै अध्ययनपछि कोरिया उडान गर्दा नाफा हुने देखियो र दुई महिनाअघि इन्चेन विमानस्थलसँग स्लट आवेदन दिएका थियौं,’ उनले भने।

    नेपाल पर्यटन बोर्डको ताजा तथ्यांकअनुसार सन् २०१६ को जनवरीदेखि नोभेम्बर (११ महिना) भित्र हवाई मार्ग हुँदै कोरियाबाट २२ हजार ३ सय ७६ कोरियाली नेपाल आएका थिए। त्यस्तै जापानबाट २० हजार १ सय ९८ जापानी यहाँ आएका थिए।

    निगमका अनुसार काठमाडौं–सोल–टोकियो–सोल–काठमाडौं रुट बनाइएको छ। तर, पहिलो वाइड बडी जहाज आउने बेलासम्म टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलको स्लट पाइएन भने कोरियासम्म मात्र उडान गर्ने तयारी निगमको छ। चाँडै हानेदासँग स्लट अनुमति मागिने निगमको भनाइ छ।

    ‘सोल र टोकियोबाट यात्रुको माग बढ्यो भने छुट्टाछुट्टै उडान पनि गर्ने छौं,’ कर्पोरेट डाइरेक्टर शर्माले भने, ‘त्यसबेलासम्म हामीसँग दुईथान वाइड बडी जहाज भइसक्छ।’

    नेपाल र कोरियाबीच रहेको हवाई सेवा सम्झौतामा दुवै देशका तोकिएका वायुसेवा कम्पनीले असीमित सिट उपयोग गर्न पाउने उल्लेख छ। हाल कोरियाबाट त्यहाँको सरकारी वायुसेवा कम्पनी कोरियन एयरले काठमाडौंका लागि सातामा दुईदेखि तीनसम्म उडान गरिरहेको छ। उसले यात्रु चापअनुसार वाइड बडी र साना (न्यारो बडी) जहाज ल्याइरहेको छ।

    ‘हामी प्रतिस्पर्धी भाडा दरमा उडान गर्ने छौं र यात्रु सेवा–सुविधामा कुनै कमी हुनेछैन,’ शर्माले भने, ‘भाडा दर तोकिसकेका छौं तर व्यापारको कुरा भएकाले अहिले सार्वजनिक गर्दैनौं।’

    निगमका अनुसार पहिलो वाइड बडी आगामी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी जहाज काठमाडौं अवतरण गर्नेछन्। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा ‘नन्स्टप’ उडान गर्नसक्छ।

    निगमले कोरियाका लागि पहिलो पटक उडान गर्ने घोषणा गरे पनि जापानका लागि भने १३ वर्ष उडान गरेको थियो। सन् १९९४ देखि २००७ सम्म निगमले काठमाडौंबाट जापानको ओसाका उडान गरेको थियो।

    हाल निगमले एकथान ‘बि७५७–२००’ र दुईथान ‘ए३२०–२००’ जहाजबाट भारत नयाँदिल्लीका लागि सातामा १४, मुम्बई र बैंगलोरका लागि तीन/तीन, हङकङ, थाइल्यान्डको बैंकक र मलेसियाको क्वालालम्पुर तीन/तीन तथा युएईको दुबई र कतारको दोहाका लागि सातामा चार/चार गरी सातामा ३७ उडान गरिरहेको छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.