×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भूकम्पपछि पुननिर्माणको पर्खाइमा गोरखा दरवार

  •  
  • मङ्गलबार, पुष १९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बिकास मरहट्टा
    नेपाल एकीकरणका सुत्रधार पृथ्वी नारायण शाहको दरबार भूकम्पले क्षतविक्षत छ । भूकम्प गएको बीस महिनासम्म पनि यो दरबारको पुननिर्माण र मर्मत हुन सकेको छैन ।१८ पुस, गोरखा । गत बर्ष बैशाख १२ गतेको बिनाशकारी भूकम्पबाट गोरखाको पुरातात्विक तथा ऐतिहासिक गोरखा दरवार पनि अछुतो रहेन ।

    ‘भूकम्प गएको दुइ बर्ष पुग्न लागिसक्यो,’ गोरखा दरवारका पुजारी प्रदिप योगीले भने ‘तर दरवार मर्मतका लागि कुनै सुरसारै छैन ।’

    दरवार मर्मत नहुँदा दैनिक पुजापाठ गर्न समस्या भएको उनले गुनासो गरे । योगीले भने ‘दरवारको माथिल्लो धुरीको छाना भत्किएको छ, छाएको इट्टा खसेको छ, भित्ता चर्किएको छ, डराई/डराई पुजापाठ गर्नुपर्छ ।’

    भूकम्पले दरवारमा रहेको पण्डित पाटी, चौघेराको बिद्या मन्दिर, काली मन्दिर पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै मूल दरवार, गोरखनाथ मन्दिर, पशुपतिनाथको मन्दिर, रोटपाटी र शित्तल पाटीमा पनि क्षति पुगेको छ ।

    ‘मूल दरवारको बिम र गाह्रो भत्किएको छ, आँखी झ्याल भएर मात्र गाह्रो अडेको हो नत्र खसिसक्थ्यो’, दरवार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराइले भने । त्यस्तै उपल्लो कोटको कालि मन्दिर र बज्रभैरवको पर्खालको गाह्रो भत्किएको छ ।

    दरबार मर्मत तथा पुनर्निर्माण नहुँदा आन्तरिक पर्यटकसमेत घटेको अनुभव पुजारीहरुको छ । बाहृय पर्यटक आउजाउ पनि पहिले भन्दा कम भएको छ ।

    gorkha-durbar1

    ऐतिहासिक र धार्मिक महत्व बोकेको गोरखा दरवारमा क्षति पुगेसँगै अहिले जोखिम मोलेर भक्तजनहरु दर्शन गर्न बाध्य छन् । ‘राजाको थोत्रो घर किन बनाउने भन्ने धेरै भए, पुननिर्माण गर्न कसैले चासो दिएका छैनन् ।’ दरवारका पुजारी योगीले दुखेसो पोखे ।

    भुकम्पले गोरखकाली मन्दिरमा क्षति पुगेपछि गोरखानाथ मन्दिरको रोट पोल्ने काम समेत प्रभावित भएको छ । गोरखनाथलाई मनपर्ने परिकार प्रसादको रुपमा भक्तजनलाई दिइने रोट केही समय बाहिर पोल्नु परेको थियो । अहिले पनि रोट पोल्ने पाटी जोखिममा छ । गोरखकाली दरबारको महत्वको रुपमा रोटलाई पनि लिने गरिन्छ ।

    अहिलेसम्म भूकम्पले क्षति पुर्‍याएको दरवारको चौघेरा छाना मर्मत भएको छ । त्यस्तै क्षति पुगेको रोटपार्टी पुननिर्माणको काम भइरहेको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ ।

    gorkha-durbar2

    पशुपति मन्दिरको पनि मर्मत कार्य भइरहेको छ । पूर्णरुपमा क्षति भएको गोरखनाथ मन्दिर पुरानै संरचनामा पुननिर्माण गरिने दरवार हेरचाह अड्डाका प्रमुख भट्टराइले बताए ।

    ‘पुननिर्माण प्राधिकरणमार्फत पुरातत्व बिभागलाइ आएको ३६ लाख बजेटले क्षति पुगेको दरवारको केही संरचनाहरु पुननिर्माण र मर्मत गर्नेछौं,’ भट्टराइले भने ।

    तर मूल दरवार र अन्य संरचनाहरुको पुननिर्माण र मर्मत अझै हुन सकेको छैन । दरवारको पुननिर्माण कार्य कसरी गर्ने र कुन तवरले गर्ने भन्ने निर्णय अहिले सम्म नभएको भट्टराई बताउँछन् ।

    मन्दिर पुननिर्माण र मर्मतका लागी ठूलो रकम चाहिने भएपनि अहिले सम्म पुरातत्व बिभागबाट रकम नआएको उनले प्रष्ट पारे । ‘मूल दरवार मर्मतका लागी टेन्डर खोल्ने प्रक्रियामा रहेको पुरातत्व बिभागले भनेको छ तर अहिले सम्म केही जानकारी आएको छैन’, भट्टराइले भने ।

    अबको बर्षासम्म पनि मन्दिर पुननिर्माण र मर्मत नभए ठूलो क्षति हुनसक्ने अध्यक्ष भट्टराईको अनुमान छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.