कैलासबावु श्रेष्ठ/गोरखा
पौष १८ गते । उत्तरी गोरखामा ३ दिन दे खी परेको हिउँ दिउसो पख बाट रोकिएको छ । सामागाउँको साम्दोमा रहेको शिक्षक निमा लामाले दिएका जानकारी अनुसार आज दिउसो ११ बजे देखी हिउँ रोकिएर मौषम सफा हुदै आएको हो ।

देश भर मौषममा आएको परिबर्तन संगै उत्तरी गोरखाको अग्ला क्षेत्रहरुमा सनिबार साँझ ५ः३० बजे देखी हिउँ पर्न थालेको थियो । आइतबार दिनभरी रातभर परेको हिउँ सोमबार भने दिउसो ११ बजे देखी बन्द भएको र मौषम सफा भएको हो ।
हिउँ रोकिए संगै आज साँझ सम्ममा ३ जना बिदेशी पर्यटक सामागाउँको साम्दो गाउँमा पुगेको शिक्षक लामाले जानकारी दिनु भयो । उत्त क्षेत्र गोरखा जिल्लाकै अन्तिम गाउँ हो । ३ दिन देखी पर्यटक नपुगेको उत्त क्षेत्रमा हिउँ रोकिए लगत्तै साँझ पख पुगेको लामाले जानकारी दिनु भएको हो ।

सोमबार दिउसो सम्ममा २० सेन्टी मिटर हिउँ जमेको छ । हिउँ जमे पछि बस्तुभाउँलाई खुवाउने घाँसपात गर्न समस्या भएको छ । हिउँ रोकिनासाथ गाउँले सबैले घरको छानामाथि रहेको हिउँ सफा गर्न ब्यस्त भएका छन । काठको छाना हुने उत्त क्षेत्रमा हिउँ पर्न छाडे पछि हिउँ पग्लने र पग्लेको हिउँ घर भित्र आउने कारण हिउँ रोकिनासाथै छानामाथिको हिउँ सफा गर्ने होडबाजी नै चल्ने गर्दछ ।

गोरखा जिल्लाको अन्तिम गाउँको रुपमा परिचय पाएको साम्दोमा ४५ घर रहेको शिक्षक निमा लामाले बताउनु भयो । गत बर्षको तुलनामा यस बर्ष चाढैनै हिउँ परेकोले घाँसको समस्याका साथै बाली उब्जती राम्रो हुने भन्दै साम्दो बासी खुशी भएका छन ।
हिउँ परे पछि घर बाहिरको काम गर्न समस्या हुने भए पनि ढिला हिउँ परयो भने घाँसको बिऊ उडाएर अनेत्र लाने हुदाँ यो बर्ष चाढो हिउँ परेको कारण माटको उब्जनी क्षेमतामा बृद्वि हुनुका साथै यो बर्ष जस्तो आगामी बर्ष बस्तुभाउँलाई दिनुपर्ने घाँसको समस्या नुहने शिक्षक लामाको दावी रहेको छ ।
अहिलेको यो मौषममा उत्तरी गोरखामा गहु, करु, फापर, आलु र तोरी लगाउने र यो बालीको लागि अहिले परेको हिउँले मलको काम गर्ने गर्दछ । यो हिउँ बढीमा आगामी जेष्ठ सम्म रहने अनुमान गरीएको छ ।
हिउँ परे संगै धर्मशाला हुदै लार्के पास गरी मनाङ्ग भएर लमजुङ्ग पुग्ने बिदेशी तथा स्वदेशी पर्यटकलाई समस्या हुने भएकोले पर्यटकहरु अन्यौलमा परेको समेत शिक्षक लामाले बताउनुभयो ।

हिउँ परे संगै साम्दोको रहेको नेट सेवामा केही समस्या आएको भएता पनि नेट सञ्चालनमा आई रहेको छ ।

यसै बिच हिउँ पर्ने आशंकामा साम्दो बासीहरुले १ महिना अगाडी नै ६० प्रतिशत छोपा र घोडा मात्र झारेका थिए । बाँकी भने लेकमा नै रहेको शिक्षक लामाले बताउनु भयो ।



