×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

धान उत्पादनमा १० जिल्लाको कीर्तिमान

  •  
  • सोमबार, पुष १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यो वर्ष ५२ लाख ३० हजार मेट्रिक टन फल्यो

    राजेश बर्मा

    काठमाडौं: अघिल्ला वर्षाको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान बनाएका छन् । अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दीलगायतका कारण मल, बिउ र औषधि अभावले धान उत्पादन १० प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष कम उत्पादन भएका जिल्लामै यस वर्ष अत्यधिक धान उत्पादन भएको छ ।

    गत वर्षको तुलनामा २१.६६ प्रतिशतले उत्पादनमा वृद्धि भएर यो वर्ष एक खर्ब साढे चार अर्ब मूल्यबराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको छ । अघिल्लो आर्थिक वर्षमा ४२ लाख ९९ हजार मेट्रिक टन धान फलेको थियो ।

    यस वर्ष उल्लेख्य परिमाणमा धान फल्नुमा १० वटा जिल्लाको उत्पादनले मुख्य भूमिका खेलेको छ । कृषि विकास मन्त्रालयले आइतबार वर्षेवालीको तथ्यांक सार्वजनिक गर्दै १० जिल्लामा अत्याधिक उत्पादन हुँदा परिमाणमा वृद्धि आएको जनाएको छ ।

    केही वर्षयता उत्पादनको हिसावले निकै तल पुगेको केही जिल्ला पनि यो वर्ष माथि उक्लेका छन् । नेपाल राष्ट्रबैंक र केन्द्रीय तथ्यांक विभागसँग सहकार्य गरी धान उत्पादनको अवस्था सार्वजनिक गरिएको छ ।
    ‘यो वर्ष आश्चर्यजनक रूपमा धानको उत्पादन वृद्धि भयो’, मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, ‘उन्नत बिउ, मल, प्रविधि र अकासे पानीका कारण उत्पादनले रेकर्ड तोड्यो ।’

    धान उत्पादनका हिसाबले झापा सर्वोत्कृष्ट ठहरिएको छ । झापामा यस पटक तीन लाख ३८ हजार मेट्रिक टन धान फलेको छ । यसैगरी दोस्रो नम्बरमा मोरङ आएको छ । मोरङमा तीन लाख २५ हजार आठ सय मेट्रिक टन उत्पादन भएको छ ।

    तेस्रो नम्बरको कैलालीमा दुई लाख ८३ हजार दुई सय २४ मेट्रिक टन र चौथो रूपन्देहीमा दुई लाख ७२ हजार एक सय ८४ मेट्रिक टन धान फलेको वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।

    यस्तै बारामा दुई लाख ४० हजार चार सय २५ मेट्रिक टन, धनुषामा दुई लाख २५ हजार तीन सय ९८ मेट्रिक टन, कपिलवस्तुमा दुई लाख १० हजार पाँच सय ८२ मेट्रिक टन, बर्दियामा दुई लाख दुई हजार मेट्रिक टन, सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन र सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन धान फलेको छ ।

    नवलपरासीमा एक लाख ८२ हजार, पर्सामा एक लाख ८० हजार, कञ्चनपुरमा एक लाख ६७ हजार, सप्तरीमा एक लाख ६२ हजार र सिरहामा एक लाख ५५ हजार मेट्रिक टन धान फलेको छ ।

    सातआठ वर्षदेखि सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरीलगायतका जिल्लामा धान कम परिमाणमा फल्दै आएको थियो ।

    धान उत्पादनमा वृद्धि भए पनि नेपालीको भाते बानीका कारण यस वर्ष पनि करिब चार लाख मेट्रिक टन चामल अपुग हुने अवस्था छ । ‘गत वर्षको गहुँको उत्पादनकै हाराहारीमा उत्पादन भए यो वर्ष खाद्यान्नमा आत्मनिर्भर भएर करिब आठ लाख मेट्रिक टन खाद्य बचत हुने अवस्था छ,’ प्रवक्ता कार्कीले भने ।

    कृषि विभागका महानिर्देशक युवकध्वज जीसीका अनुसार चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा यस वर्ष मकै, कोदो र फापर उत्पादनमा समेत वृद्धि भएको छ । यस वर्ष २२ लाख ५९ हजार मेट्रिक टन मकै फलेको छ । अघिल्लो आर्थिक वर्षमा २२ लाख ३१ हजार मेट्रिक टन मकै फलेको थियो । यस्तै यस वर्ष तीन लाख ६ हजार मेट्रिक टन कोदो उत्पादन भएको छ ।

    मसिनो र बास्नादार चामल उपभोग गर्ने उपभोक्ता बढ्दै गएपछि अहिले पनि भारतबाट चामल आयात हुन्छ । सन् २०१६ को जुलाईदेखि डिसेम्बरसम्मको पाँच महिनामा १४ अर्ब ३८ करोड मूल्यबराबरको चामल आयात भएको छ । ‘यो वर्षकै अवस्थामा धान फल्ने हो भने आगामी तीन वर्षमा धानमा नेपाल आत्मनिर्भर हुन्छ’, प्रवक्ता कार्कीले भने, ‘धानमा आत्मनिर्भर हुन चैतेधान, मसिना तथा बास्नादार धान, बृहत् धान उत्पादन कार्यक्रमसँगै यस वर्षदेखि प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत धानको सुपर जोन पनि सञ्चालन गर्दैछौं ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.