१८ पुस, गोरखा । गोरखाको स्वाँरा गाविसमा बिस्फोटक पदार्थ भेटिएको छ । वडा नम्वर ९ को थला जंगलमा ढुङ्गाले चेपेर राखिएको अवस्थामा दुई बोरा डेटोनेटर र तारहरु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बिरेन्द्र थापाले बताए ।
गोठालो गएका स्थानियहरुले आइतवार दिउँसो शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । स्थानियले खबर गरेसँगै कुहिएको बोराभित्र रहेको बिस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त बिस्फोटक पदार्थ द्वन्द्वकालमा माओवादीले लुकाएर राखेको हुन सक्ने अनुमान प्रहरीको छ ।
अहिले थप अनुसन्धानका लागि बिस्फोटक पदार्थ भेटिएको स्थानतर्फ प्रहरी निरीक्षकको टोली जाँदै गरेको डिएसपी थापाले बताए ।
दुई वर्ष अघिपनि सोही ठाउँमा बेवारिसे अवस्थामा रहेको बिस्पोटक पदार्थ खेलाउँदा गोठालो गएका दुई बालबालिका घाइते भएका थिए ।
स्वाँराको जंगलमा भेटिएको बिस्फोटक पदार्थ । तस्वीरः सलिना गुरुङको फेसबुकबाट




















