कैलासबावु श्रेष्ठ/गोरखा
पौष १८ गते । गोरखा जिल्लाको स्वारा गाउँ बिकास समितिको थला जंङ्गलमा ठुलो मात्रामा विष्फोटक पदार्थ फेला परेको छ । एकान्त जंङ्गलमा ठुलो ढुङ्गाले च्यापेर राखेको अवस्थामा ३ हजार ९ सय ४१ थान विष्फोटक पदार्थ फेला परेको स्वाराँबाट सलिना गुरुङ्गले जानकारी दिनु भयो ।
स्वाराँ गाबिस ९ को थला जंङ्गलमा स्थानियले बाख्रा चराउन गएको बेला आईबार दिउसो पख फेला परेको थियो । उत्त विष्फोटक पदार्थ स्थानिय प्रहरीले आईबार नै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाउने तयारी गरी रहेको छ ।
बोरा भित्र रहेको उत्त बस्तु विष्फोटक पदार्थ हो वा होइन अहिले नै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले बताउनु भयो । धेरैको अनुमानमा सरकार–माओवादी द्वन्द वा शान्ति सम्झौता पछि माओवादीले उत्त पदार्थ लुकाएर राखेको अनुमान गरीएको छ । सोही जंङ्गलमा दुई बर्ष अगाडी पनि बिष्फोटक पदार्थ पाएर बच्चाहरुले खेलाउदा २ बालक गंभिर घाईते भएका थिए ।
अझै पनि सो क्षेत्रमा विष्फोटक पदार्थ हुने सक्ने अनुमान गरीएको छ ।
फोटो सलिना गुरुङ्ग/स्वाराँ


