कैलासबावु श्रेष्ठ/गोरखा
पौष १६ गते । नेपाल सरकारका उप्रधानमन्त्रि तथा गृह मन्त्रि बिमलेन्द्र निधीले गोरखा सदरमुकाममा सरकारी कार्यालयका प्रमुखहरुलाई भेटी कुनै पनि बेला निर्वाचनको मिति घोषणा हुन सक्ने भएकोले तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ ।

नवौं गोरखा महोत्सवको समापनमा सहभागी हुन गोरखा आई पुग्नु भएका मन्त्रि निधीले सनिबार बिहान जिल्ला बिकास समितिको सभा हलमा सरकारी कार्यालयका प्रमुखहरुलाइ निर्देशन दिदै यो सरकारको पहिलो प्रार्थमिकता भनेको निर्वाचन भएकोले कुनै पनि बेला निर्वाचनको मिति घोषणा हुने भएकोले सबै सरकारी कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिनु भएको थियो ।
निर्देशन दिनु पूर्व नै सरकारी कर्मचारीहरुको गुनासा सुन्नु भएका निधीले जिल्लाको बिकासमा आएको पूजीगत खर्च पहिलो चौमासिकमा सन्तोष जनक नभएको भन्दै दोस्रो चौमासिकमा यो खर्चलाई बढाउन निर्देशन दिनु भएको थियो ।
उत्त कार्यक्रममा गोरखा प्रमुख जिल्ल्ला अधिकारी जितेन्द्र बस्नेतले समग्र जिल्लाको बिकास, समस्या र अनुगमनका बिषयमा मन्त्रि निधीलाई जानकारी गराउनु भएको थियो । प्रजिअ बस्नेतले पहिलो चौमासिकमा जिल्लामा पुजिगत खर्च केबल ११ प्रतिशत मात्र भएको जानकारी गराउनु भएको थियो । वहाँले बिनाशकारी भूकम्पले घरबार बिहीन भएका ५४ हजार २ सय ४८ घर परिवार मध्ये ५२ हजार घर परिवारलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ बितरण गरीएको, विद्यालय, सरकारी भवन, स्वास्थ्य चौकी तथा सुरक्षा निकायको भवनहरु बनाउन बजेट बिनियोजन नभएको, बुढी गण्डकी प्रभावित गोरखाको आरुघाट क्षेत्रको मुअब्जा तोक्न समस्या भएको र पुरातात्वीक संरचनाहरु निर्माणमा समस्या परेको गुनासा राख्नु भएको थियो । साथै प्रजिअ बस्नेतले भूकम्पले क्षेति पुरयाएको भनेर छुटमा निवदेन हाल्ने १६ हजार सर्व साधारणको बिषयमा अहिले सम्म पनि निर्णय हुन नसक्दा पनुःनिमाृण कार्यमा बाधा परिरहेको समेत मन्त्रि निधीलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उप प्रधानमन्त्रि तथा गृह मन्त्रि निधीले निर्वाचन, सडक, जिबिस, प्राविधिक, सिंचाई, खानेपानी, स्वास्थ्य, गोरखा अस्पताल, महिला विकास कार्यालय, शिक्षा, कृषी, बन तथा शहरी बिकास, पर्यटन र प्रहरी कार्यालयको प्रमुख तथा प्रतिनिधीहरु संग कार्यालयको समग्र अवस्थाको बिषयमा जानकारी लिनु भएको थियो ।
कार्यक्रम सञचालन पूर्व जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले मन्त्रि निधीलाई पुष्प गुच्छा दिएर स्वागत गरेका थिए ।
कुनै पनि बेला निर्वाचनको मिति घोषणा हुन सक्छ : मन्त्रि निधी
कुनै पनि बेला निर्वाचनको मिति घोषणा हुन सक्छ : मन्त्रि निधी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


