कैलासबावु श्रेष्ठ/गोरखा
पौष १५ गते । गोरखा सदरमुकाममा रहेको गोरक्षनाथ बैदिक गुरुकुल विद्यालयको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
प्रेम नारायण देव कुमारी साँस्कृतीक प्रतिष्ठानको सहयोगमा स्थापना गरीएको उत्त स्कुलको कार्यक्रममा बिद्यालयमा अध्ययन गरी रहेको बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरीएको थियो ।
कार्यक्रममा बिद्यालयका अध्यक्ष मोहनलाल श्रेष्ठले अहिले सम्म मुठीदान देखी विभिन्न खालका सहयोग गर्ने सबैलाई प्रशंसा पत्रका साथै दोसल्ला ओडाएर सम्मान गरीएको थियो । 
जिल्लामा खोलिएको गुरुकुल बिद्यालयमा भर्ना हुने बिद्यार्थीहरु बर्षेनी बृद्वि हुदै गएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । सोही कार्यक्रममा सचिव बोद प्रसाद अधिकारी र कोषाध्यक्ष सहदेव प्रसाद श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गनु भएको थियो ।
कार्यक्रमको केही तस्बिरहरु

बैदिक गुरुकुल स्कुलको दोस्रो बार्षिक साधारण सभा
बैदिक गुरुकुल स्कुलको दोस्रो बार्षिक साधारण सभा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु







