गोरखाका गुरुङ्ग समुदाय ल्होसार मनाउदै
कैलासबावु श्रेष्ठ/गोरखा
पौष १५ गते । गोरखा जिल्लाका गुरुङ्ग सदमुदायको ठुलो पर्व ल्होसार आज जिल्लाको विभिन्न भेगमा विविध तरीकाले मनाईदै छ । बजारमा बसेका गुरुङ्ग समुदायले पनि विविध कार्यक्रम गरी मनाउदै छन । गुरुङ्ग समुदायले आज गोरखा महोत्सव स्थलमा समेत विशेष कार्यक्रम गरी ल्होसार मनाउदै छन । 
गोरखाका गुरुङ समुदायले सदरमुकाम गोरखा बजारको खेलकुद मैदान बाट झाँकीसहितको र्याली निकालेर ल्होसारको भब्य स्वागत गरे । तमु ह्यूल छोंज धिं (गु.रा.प.), तमू प्ये ल्हु संघ, तमु स्यो ह्यूल छोंज धी. महिला (गु.रा.प), तमु बिद्यार्थी छोंज धीं र तमु यूवा संघको आयोजनामा र्याली निकालेका थिए । 
र्यालीमा गुरुङहरुको स्यार्गा र सोराठी नाच समेत झाँकी सहिति प्रस्तुत गरेका थिए ।



























