×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खरायो पालनः महिनाको ५० हजार कमाउन विदेश जानु पर्दैन

  •  
  • बिहिबार, पुष १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    उदाउँदो व्यवसाय, सम्भावना कति र गर्ने कसरी ?

    रविन्द्र घिमिरे/कविन अधिकारी

    अनलाइनखबरको टोली काठमाडौंको बलम्बुस्थित हिमालयन रेबिट फार्ममा पुग्दा चापागाईं खरायोको रेखदेखमा व्यस्त भेटिए । उनको फार्ममा चार सय ५० वटा खरायो छन् ।१४ पुस, काठमाडौं । धादिङका उज्ज्वल चापागाईंले वातावरणीय विज्ञानमा मास्टर्स गरेका छन् । तर, उनको दैनिकी भने खरायोको स्याहारसुसारमा बित्ने गरेको छ ।

    आधुनिक खरायो पालन गरी सफलता प्राप्त गरेका चापागाईँसँग यसबारे बुझ्न आउनेहरुको कमी छैन । विभिन्न संघसंस्थाले खरायो पालनका लागि इच्छुक कृषक तथा युवाहरुलाई भेला गरेर चापागाईँका कुरा सुनाउने पनि गरेका छन् ।

    उज्ज्वलले ५ रोपनी जग्गा भाडामा लिएर यो व्यवसायलाई नमूनाकै रुपमा अघि बढाएका छन् । राम्रै आम्दानी गरिरहेका उनले फार्ममा दुई जनालाई रोजगारी दिएका छन् । उनको खरायो फार्म अहिले धेरैको लागि अध्ययन केन्द्र बनेको छ ।

    खरायो पालन व्यवसायको सम्भावना कति ?

    rabbit-1

    पछिल्ला दिनहरुमा ठूला होटल तथा रेष्टुराँहरुमा खरायोको मासु खोज्नेहरुको संख्या देखिन थालेको छ । तर, खरायो पालनले अझै आकार लिन सकेको छैन ।

    त्यसैले अहिले नै तत्काल लाखौं रुपैयाँ कमाउने कुरा नगरौं । तर, महिनामा २५ हजार कमाउँछु भन्नेलाई उनले दिने सजिलो सूत्र छ, ‘अनुभव बटुलेर बढीमा २५ वटा खरायो पाल्नुस् ।’

    सबैलाई लाग्न सक्छ, यति सजिलो छ र ?

    चापागाईँ भन्छन्, ‘सिक्नका लागि पाँच वटा खरायोबाट सुरु गर्नुस् । पाल्ने तरिका सिक्नुस्, अनि त्यसैका आधारमा विस्तार गर्नुस् । कामलाई निरन्तरता दिन नहिच्किचाउनुस्, महिनाको ५० हजार कमाउन विदेश जानुपर्छ भन्ने छैन ।’

    साइड बिजनेस बनाउनलाई पनि खरायो पालन राम्रो व्यवसाय हुने उनले देखेका छन् । ‘दिनमा एक जनाले बढीमा तीन घण्टा समय दिँदा हुन्छ’, उनले भने ।

    एकै पटक पैसा कमाउँछु भनेर ठूलै फार्म नखोल्न उनको सुझाव छ । किनकि सिक्दै अघि बढ्दा राम्रो प्रतिफल मिल्छ ।

    हिसाबमा ‘खरायो’

    खरायोको मासु प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री हुन्छ । एउटा वयस्क खरायो एक किलो २ सय ग्रामसम्मको हुन्छ र एउटा खरायो वयस्क हुन ४ देखि ५ महिना लाग्छ ।

    उज्ज्वल चापागाईँका अनुसार, खरायोमा गरिने लगानी आफूसँग कति स्रोत उपलब्ध छ भन्नेमा निर्भर हुन्छ । दानादेखि घाँससम्म सबै किनेर व्यवसाय गर्छु भन्दा असफल हुने जोखिम पनि हुन्छ ।

    एउटा खरायोले वर्षमा ६ पटकसम्म बच्चा जन्माउँछ । र, एक पटकमा सरदर ५ देखि ८ वटासम्म बच्चा जन्माउँछ ।

    rabbit-4

    जन्मिएका खरायोको मृत्युदर १० प्रतिशत राख्ने हो भने पनि खरायो फार्ममा २० वटा पोथी र ४ वटा भाले राख्दा त्यसले दिने उत्पादकत्व महिनाको २५ हजार रुपैयाँ नाघ्छ । खरायोको संख्या जति बढायो, उति नै उत्पादकत्व बढ्छ । खरायोले प्रशस्तै बच्चा जन्माउने भएकाले व्यवसाय विस्तार गर्न ठूलो पुँजी खर्चिनुपर्दैन ।

    खरायोको मासुको माग बजारमा बढ्दै छ । किसानले उत्पादन गरेको खरायोले बजार नपाउने अवस्था छैन, बरु बजारले खोजेको जति मासु आपूर्ति हुन सकेको छैन ।

    हिमालयन रेबिट फार्मले त कृषकले उत्पादन गरेको मासु बजार पुर्‍याउने ग्यारेन्टी नै गरेको छ ।

    गाउँघरमै सम्भावना

    आधुनिक खरायो पालनका लागि ठूलो प्राविधिक ज्ञान आवश्यक पर्दैन । तर, आधारभूत जानकारी र परामर्श लिनेहरु मात्रै व्यावसायिक रुपमा सफल हुन सक्ने उज्ज्वल बताउँछन् ।

    हुन त खरायो पालनका लागि उपयुक्त ठाउँ गाउँघर नै हो । जहाँ घाँस सहजै उपलब्ध हुन्छ र दानाका लागि स्थानीय कृषिजन्य उत्पादन पर्याप्त हुन्छ । आहाराका लागि गाउँघरमा उपलब्ध हुने ढुटो, पिठो, कनिका लगायत प्रभावकारी हुन्छन् ।

    शहर र आसपासका क्षेत्रमा व्यवसाय गर्नेहरुलाई लक्षित गरेर हिमालयन रेबिट फार्मले दाना पनि उत्पादन गर्छ ।

    घाँस कसरी व्यवस्थापन गर्ने ?

    grass-for-rabit

    प्रायः खसीबाख्राले खाने सबै घाँस खरायोले खान्छ । गाउँघरका खोरिया र बारीमा घाँस खेती गरेर पनि खरायो पाल्न सकिन्छ । तर, खस्रा पात भएका प्रजातिका घाँस नखुवाउनु राम्रो हुन्छ ।

    हिमालयन रेबिट फार्मले पनि खोरिया जग्गामा नै जै घाँस रोपेको उज्ज्वल सुनाउँछन् । उनका अुनसार, नरम तथा पलाइरहने प्रजातिका घाँसहरु रोपेर खरायो पाल्न सकिन्छ । एक पटक घाँस रोपेपछि एक सिजन ढुक्क नै हुन्छ ।

    वर्षायाममा त गाउँघरमा घाँसको खासै अभाव पनि हुँदैन । यसका लागि धेरै जग्गा पनि चाहिँदैन ।

    खरायोको व्यवस्थापन कसरी गर्ने ?

    समान्यतयाः पोथी खरायोले भाले लागेको एक महिनामा बच्चा जन्माउँछ । व्यावसायिक रुपमा खरायो पालेपछि भाले-पोथी छुट्याएर राखिन्छ र योजनामै प्रजनन गराइन्छ ।

    बच्चा जन्माउने एक महिना पुग्नु एकदिन अघि खोरमै ब्लिडिङ बक्स राखिन्छ, जसमा खरायोले बच्चा जन्माउँछ । कपासयुक्त यो बक्समा बच्चा करिब १५ दिनसम्म बस्छन् । त्यहाँ रहँदा खरायो आफैंले आफ्नै दूध खुवाएर बच्चा हुर्काउँछ ।

    rabbit-3

    बच्चा विस्तारै बढ्दै गएपछि भाले-पोथी छुट्याएर राखिन्छ । प्रजननको समय भएपछि यसलाई फरक-फरक प्रजातिबीच क्रस गराइन्छ । त्यसपछि एउटा चक्रमा खरायोको उत्पादन भइरहन्छ ।

    खरायोको १५ दिनको बच्चा प्रतिगोटा आठ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । अझ वयस्क भएको खरायो भने प्रतिगोटा १५ सय रुपैयाँ पर्छ । व्यावसायिक रुपमा खरायो पालनको प्रवर्द्धन भए खरायोको बच्चा नै बेचेर पनि आम्दानी गर्न सकिन्छ ।

    यो व्यवसायको अर्को महत्वपूर्ण विशेषता खरायो पाल्न सजिलो पनि छ । ब्रोइलर कुखुरा पालेभन्दा यो सहज छ, किनकि यसलाई धेरै स्याहार-सुसारको जरुरत पनि पर्दैन ।

    यसलाई दिनमा तीन पटक घाँस र दाना हालेपछि हुन्छ । विशेष समयमा केही स्याहार गर्दा हुन्छ । खोरमा धेरै जाडो पनि हुन नदिनु र धेरै गर्मी पनि हुन नदिने कुरामा ध्यान दिनुपर्छ ।

    खरायो पालन तराईदेखि हिमाली क्षेत्रसम्मै गर्न सकिने भएकाले यसलाई ‘सबैतिरको उद्योग’ मानिन्छ ।

    मासु पौष्टिक र स्वास्थ्यवर्द्धक

    खरायोको मासु निकै पौष्टिक हुने भएकाले पनि विस्तारै यसको माग बढिरहेको दाबी चापागाईंको छ । यसको मासु पौष्टिक हुनुका केही कारण छन् । यो मासु सेतो हुन्छ, जुन मानव स्वास्थ्यका लागि रातो मासुभन्दा निकै स्वास्थ्यवर्द्धक मानिन्छ ।

    rabbit-2

    यसमा प्रोटिनको मात्रा बाख्रा, कुखुरा र बंगुरको भन्दा बढी हुन्छ । चिल्लोपना पनि अन्यको तुलनामा खरायोको मासुमा कम हुन्छ ।

    क्यालोरी र कोलेस्ट्रोलको मात्रा अन्यको भन्दा कम हुनु पनि खरायोको मासुको विशेषता हो । त्यसैले यो मासु मुटुरोगी, मधुमेह, दम, कुपोषणग्रस्तका लागि उपयुक्त हुन्छ । खेलाडी, गर्भवती, सुत्केरी र वृद्धवृद्धाका लागि यो निकै पोषिलो मानिन्छ ।

    हिमालयन रेबिट फार्मका संस्थापक उज्ज्वल चापागाईं खरायो पालनलाई अब कर्णालीसहितका दुर्गम क्षेत्रमा ब्याप्त कुपोषण हटाउने ‘शुत्र’का रुपमा अघि बढाउनुपर्ने बताउँछन् । प्रत्येक घरमा ४ वटा खरायो दिने हो भने कुपोषणको अन्त्य हुने दावी उनको छ ।

    ‘पर्यटनसँग जोडौं’

    खरायो पालनमा यति धेरै सम्भावना भएर पनि विकास हुन नसकेकोमा चापागाईँ चिन्तित छन् । उनी अब यसलाई ग्रामीण पर्यटनसँग जोडेर अघि बढाउने सोचमा छन् ।

    पर्यटकीय गाउँहरु, जहाँ होमस्टेहरु छन्, त्यहाँ खरायो पालन गर्न सकिए त्यहाँ पुग्ने पर्यटकले स्थानीय स्वादका रुपमा यसलाई उपयोग गर्ने उनको भनाइ छ ।

    मासुका साथै सोलार ड्रायरमार्फत सुकुटी बनाएर पनि चखाउन सकिन्छ । यस्तै, स्थानीय रुपमा खरायोको छाला प्रशोधन गरेर विभिन्न सामग्री बनाएर प्रवर्द्धन गर्न पनि सकिने उनले देखेका छन् । शहरी क्षेत्र वरपरका गाउँघरमा पनि खरायो पालन गरिए बजारको अभाव नहुने उनको तर्क छ ।

    स्थानीय रुपमा उत्पादित खरायोलाई स्थानीय तवरमै खपत गर्ने गरी पहल गर्नुपर्ने चापागाईं बताउँछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.