कैलासबावु श्रेष्ठ/गोरखा
पौष १० गते । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा खेलकुद मैदान हरमटारीमा भै रहेको नवौं गोरखा महोत्सवमा फोटो प्रर्दशनी समेत गरीएको छ । 
महोत्सव स्थलमा पहिलो पटक गरीएको फोटो प्रर्दशनीले राम्रै अनुभवन पाएको प्रर्दशनीका संयोजक एवं गोरखा उद्योग बाणिज्य संघका महा सचिव भगवानबावु मास्केले बताए । 
प्रर्दशनीको २ दिनमा नै ५ हजार भन्दा बढीले फोटो प्रर्दशनीको अबलोकन गरेको छ । खेलकुद मैदानको कवर्ड हलमा फोटो पत्रकार महासंघको समन्वयमा भएको फोटो प्रर्दशनमा बिनाशकारी भूकम्पले क्षेति पुरयाएको पुरातात्वीक तथा ऐतिहासिक स्थलका साथै गोरखाको पर्यटनलाई टेवा पुग्ने खालको फोटो राखीएको छ । प्रर्दशनमा गोरखाका अध्यक्ष कैलासबावु श्रेष्ठ, सदस्य भरत कुमार श्रेष्ठ, पत्रकार नरहरी सापकोटा संघमा महासचिव भगवान बावु मास्के, छेकेम्पारका पर्यटन ब्यवसायी दावा लामा र युवा स्वप्नील मास्केको फोटो प्रर्दशनी भै रहेको छ । 
महोत्सव अवधी भरमा १० हजार भन्दा बढी सर्व साधारणहरुले फोटोको अबलोकन गर्न सक्ने अनुमान गरीएको छ ।

गोरखा महोत्सवमा बृहत फोटो प्रर्दशनी (फोटो फिचर)
गोरखा महोत्सवमा बृहत फोटो प्रर्दशनी (फोटो फिचर)
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





























