×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मधेसीलाई हेपेर राष्ट्रवाद हुँदैन : प्रधानमन्त्री

  •  
  • शनिबार, पुष ०९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – सुदीप कैनी, गोरखा

    पुस ८, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस, पहाड र हिमाललाई जोड्ने सुत्र मात्रै राष्ट्रवाद हुने बताएका छन् ।

    शुक्रबार गोरखा सदरमुकाममा नवौं गोरखा महोत्सवको उद्‌घाटन गर्दै उनले भने, ‘मधेसीलाई हेपेर पर धकेलेर संविधान कार्यान्वयन हुँदैन ।’ सत्ता पक्ष र प्रतिपक्षलाई मिलाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको उनले बताए ।

    ‘मधेस, पहाड र हिमाललाई टुक्र्याउने राष्ट्रवाद हुँदैन,’ उनले भने । दलहरुबीच प्याकेजमै सहमति हुन आवश्यक रहेको दाहालले औंल्याए । ‘संविधान संशोधन, महाअभियोग र निर्वाचन लगायतका विधयेक प्याकेजमै टुङ्गो लगाउन सकिन्छ ।’

    प्याकेजमै सहमति हुन नसके प्रक्रियामा जान संसदको अवरोध खुलाउनु पर्ने उनको भनाइ थियो । ‘देशलाई सधैं अनिर्णयको बन्दी बनाएर हुँदैन,’ उनले भने, ‘संसद खुलाएर बहस छलफल गर्दै प्रक्रियामा जान सकिन्छ ।’ संसदमा भएको अवरोधकै कारण अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग अघि बढाउन नसकिएको बताए ।

    कांग्रेस, एमालेले पहिले गरेको प्रस्ताव अनुसार नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको उनले बताए । ‘एमाले अध्यक्षले गरेको प्रस्ताव नै मैले अघि सारेको हुँ,’ उनले भने, ‘यो मेरो प्रस्ताव होइन, कांग्रेस, एमाले र मधेसीलाई मिलाउन संसदमा दर्ता गराएको हुँ ।’ परिवर्तनहरुलाई संस्थागत गर्दै संविधान कार्यान्वय गर्ने उनले प्रतिवद्धता जनाए ।

    ‘परिवर्तनका लागि बगेका रगत भुलेको छैन,’ उनले भने, ‘संविधान सभाबाट संविधान, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको जन्मदाता माओवादी हो ।’ सुशील कोइरालालाई राष्ट्रपति र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पद दिएर संविधान बनाएको उनले स्मरण गरे ।

    ‘केपी ओली मैले चाहेर प्रधानमन्त्री भएको हुँ,’ उनले भने, ‘अप्ठ्यारो परेको बेला सरकार ढाल्न बुद्धि छाड्नुस ।’ असन्तुष्ट मधेसी, थारु, जनजातिलाई अपमान विभेद गर्नु देशभक्ति नहुने उनले बताए ।

    प्रधानमन्त्रीले शुक्रबार नै मुच्चोक गाविस स्थित ६ मेगावट क्षमताको दरौंदी कालिका हाईड्रोको उद्घाटन गरेका थिए । शिलान्यास कार्यक्रममा उर्जा मन्त्री जर्नादन शर्माले गोरखा छिट्टै लोडसेडिङ मुक्त हुने घोषणा गरे । उनले छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको समेत शिलान्यास हुने प्रतिबद्धता जनाए । कार्यक्रममा स्थानीय विकास मन्त्री हितराज पाण्डे र भूमी सुधार मन्त्री विक्रम पाण्डे, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.