कैलासबावु श्रेष्ठ/गोरखा
पौष ८ गते । ९औं गोरखा महोत्सवको पहिलो दिन बिहान ७ बजे देखी गोरखा दौड प्रतियोगिताबाट शुरु हुने भएको छ ।
बिगत महोत्सवमा जस्तै यो बर्ष पनि गोरखा बजारको पश्लाङ्गमा रहेको चौतारोबाट नगरको विभिन्न भागको परिक्रमा गरी गोरखा दरर्बार पुगेर सम्पन्न हुने छ । दौडमा सहभागी हुनका लागि अहिले स्वदेश तथा विदेशबाट सहभागीहरु आई सकेको दौडका संयोजक प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
लगभग ८ किलो मिटर दुरी पार गरेर गोरखा दरर्बार पुग्नेलाई आजै साँकेतिक रुपमा राज रामशाहको पदवी दिएर सोही श्रृगारमा बजार परिक्रममा समेत गराउने गरीन्छ । संयोजक श्रेष्ठलका अनुसार २ महिला र १ बिदेशी सहित ३५ जना दौड्मा सहभागी हुदै छन ।
गोरखा महोत्सवको आजको कार्यक्रम
- बिहान ७ बजे म्यान अफ द गोरखा दौड प्रतियोगिता
- बिहान १० बजे प्रभात फेरीका लागि लोकतान्त्रिक चोकमा जम्मा हुने कार्यक्रम
- बिहान ११ बजे देखी १२ बजे सम्म प्रभातफेरी कार्यक्रम
- मध्यान्न १२ बजे देखी दिउसो ४ बजे सम्म उदघाट्न कार्यक्रम
- दिउसो ४ बजे देखी ४ः३० बजे सम्म पूजा सुनुवार द्वारा आधुनिक गित प्रस्तुती
- दिउसो ४ः३० देखी साँझ ५ बजे सम्म लोक तथा दोहरी गित प्रतिष्ठानको प्रस्तुती
- साँझ ५ बजे देखी ६ बजे सम्म गोरखा साँस्कृतीक कला केन्द्रको प्रस्तुती


