कैलासबावु श्रेष्ठ/गोरखा
पौष ७ गते । भोली देखी सञ्चालनमा आउने भनिएको ९औं गोरखा महोत्सवको तयारी पुरा भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा गोरखा बजारको खेलकुद मैदानमा हुने महोत्सवको सबै तयारी पुरा भएको संघका अध्यक्ष श्रवण कुमार जोशीले जानकारी दिनु भयो । 
प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाट्न गर्ने ‘९औं गोरखा महोत्सव एवं पश्चिमाञ्चल क्षेत्रिय कृषि पर्यटन तथा ब्यापार मेला २०७३’ मा बृहत फोटो प्रर्दशनी, क्यान इन्फोटेक, स्वदेशी तथा बिदेशी कम्पनीबाट उत्पादीत सामाग्रीहरुका साथै, स्थानिय खाना, लोक संस्कृती झल्कने लोकबाजा, गित तथा झाकीहरु, म्यान अफ द गोरखा दौड प्रतियोगिता, औद्योगिक प्रर्दशनी, हस्तकला प्रर्दशनी, कृषी प्रर्दशनी, खाना महोत्सव, गोरखा तारा प्रतियोगिता, रमाइलो मेलाका साथै विविध कार्यक्रमहरु समावेश गरीएको आयोजक संस्थाले जानकारी दिएको छ । 
महोत्सव स्थलमा सबै गरी ८५ स्टल रहने छ । सुरक्षालाई बिशेष स्थानमा राखेर संघले पहिलो पटक ठुलो संख्यामा सुरक्षाका लागि प्रहरी परिचालन गरीने भएको छ भने महोत्सव स्थल र बाहिर १६ स्थानमा सिसिटिभी क्यामेरा जढान गरीएको छ । महोत्सव स्थाल भित्र र बाहिरको निगरानीका लागि २४सै घण्टा मानिसहरु खटिने भएको छ ।
यता यातायात ब्यवस्थानमा लागि जिल्ला बाहिर बाट ट्राफिक प्रहरी जिल्लामा आई सकेको छ । महोत्सवलाई नै लक्षित गरी गोरखा जिल्ला भित्र चल्ने यातायाता ब्यवसायी संग समन्वय गरी साविकमा भन्दा बढी सवारी साधान सञ्चालनमा आउने भएको छ ।
आयोजकले जिल्लाको विभिन्न स्थानको अवलोकनका लागि हेलिकप्टरको समेत ब्यवस्था गरेको छ । यस पटकको महोत्सवमा एक गैर सरकारी संस्थाले पानी तथा शौचालयको राम्रो ब्यवस्था गरीदिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
गोरखा महोत्सवको तयारी पुरा
गोरखा महोत्सवको तयारी पुरा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु











