×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा पुनः निर्माण तीब्र गतिमा

  •  
  • बुधबार, पुष ०६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, पुस ६ गते । बारपाक केन्द्र रहेर भूकम्प गएको २० महिनापछि बारपाकसहित गोरखाका अन्य गाउँमा पुनः निर्माणले गति लिएको छ । रु ५० हजारका दरले निजी घर बनाउन पहिलो किस्ता बुझेका भूकम्पपीडितले धमाधम भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन् ।

    बर्खाका बेला अवरुद्ध बनेका ग्रामीण सडक हिउँद लागेसँगै सञ्चालन हुँदा पुनः निर्माणको सामग्री ढुवानीमा सहज भएको हो । अधिकांश भूकम्पपीडितले ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्टको प्रयोग गरी पिल्लर राखेर घर बनाएका छन् । भूकम्पले पिल्लर भएका घरमा कम क्षति पु¥याएको देखेका भूकम्पपीडितले ढुङ्गा, माटो, काठको जोडाइले बन्ने घरभन्दा पिल्लर सहितको पक्की घर निर्माण गरिरहेको बारपाक गाविसका सचिव चेतप्रसाद अम्गाईंले जानकारी दिनुभयो ।

    बारपाकको ४ देखि ९ वडाका भूकम्पपीडितले धमाधम घर निर्माण रुपमा अघि बढाएका छन् । वडा नं ५ का ४० घरधुरीका भूकम्पपीडित भूकम्प गएदेखि नै विस्थापित भई वडा नं ४ को सार्वजानिक जग्गामा बसे पनि उनीहरुलाई राख्ने जग्गा खोजी गर्न नसकिएको अम्गाईंको भनाइ छ । भूकम्पले छियाछिया भएको बस्तीमा घर बनाएर ढुक्कसँग बस्न सक्ने अवस्था नरहेको विस्थापित भूकम्पपीडित उत्तम बिकले बताउनुभयो ।

    वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे–५ को दलित बस्तीमा घडेरी अभाव हुँदा त्यहाँका भूकम्पपीडितले घर बनाउने जग राख्न पाएका छैनन् । “सरकारले घर बनाउन पैसा दिनुपूर्व हामीलाई सुरक्षित ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने हो तर गरेन”, उहाँले भन्नुभयो, “बस्न अयोग्य भनेकै ठाउँमा घर बनाउँदा फेरि अर्को प्रकोपको पीडा खेप्नुपर्ने भयो ।”

    बारपाकमा अहिले करिब एक सय ७० वटा घर निर्माणका क्रममा छन् । यी घर पहिलो किस्ता रकम लिएपछि निर्माण सुरु भएका हुन् । भूकम्पले घर भत्के पनि ७८ जनाले रकम पाएनन् । एक हजार दुई सय ९४ जनाले पहिलो किस्ता रकम बुझेको सचिव अम्गाईंको भनाइ छ । “अनुदान पाउने सूचीमा नाम निस्केका २० जना बारपाकीलाई अनुदान रकम दिन बाँकी छ”, अम्गाईंले भन्नुभयोे, “विदेशमा रहेका अनुदान लिन आएनन् ।” २७ जना बेलायती भूतपूर्व सैनिकका परिवारलाई ब्रिटिस वेयलफेयरले घर बनाइदिएको उहाँको भनाइ छ । बारपाक–४ का जितबहादुर घलेका अनुसार भूकम्पपीडितले धमाधम घर बनाइरहे पनि निर्माण सामग्री ढुवानी गर्दा ज्यादै महँगो परेको छ ।

    लाप्राकका समाजसेवी मारर्सिङ गुरुङले भन्नुभयो, “लाप्राकमा भूकम्प त बल्ल आएजस्तो पो भएको छ । गुप्सीबाट कुम्लोकाम्लो बोकेर गाउँले अहिले यत्रतत्र डाँडामा बस्न आए ।” लाप्राकमा ६ सय १४ घरधुरी भूकम्पपीडित छन् । भूकम्प गएको दिनदेखि स्थानीयवासी भुमे सामुदायिक वनको जग्गामा बस्दै आएका थिए । मन्त्रिपरिषद्को बैठकले गुप्सीको जग्गा घडेरीका रुपमा भोगचलन गर्न पाउने गरी लाप्राकीलाई दिने निर्णय गरिसकेको छ । घडेरी खार्ने काम सुरु भएपछि अब छिट्टै घर, विद्यालय, स्वास्थ्यचौकी, गाविस भवन, खेलकुद मैदानलगायत संरचना निर्माण हुने भन्दै लाप्राकी खुसी छन् ।

    श्रीनाथकोट–३ डाँडागाउँमा ८१ ओटा भूकम्प प्रतिरोधी घर निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरिसकिएको छ । कोरियाको कम्युनिटी चेष्ट अफ कोरिया र बेटर वल्डको आर्थिक सहयोगमा अनुग्रह सामुदायिक विकास केन्द्रले जनजाति र दलित समुदायका भूकम्पपीडितलाई रु चार लाखका दरले लगानी गरी घर निर्माण गरिदिएको अनुग्रहका अध्यक्ष साधुराम नेपालीले बताउनुभयो । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीका अनुसार भूकम्पले भत्काएका चार सय ९४ ओटा विद्यालयमध्ये अहिलेसम्म चार मावि, चार निमाविसहित २९ ओटा विद्यालय पुनः निर्माण भएको छ ।

    विद्यालय पुनः निर्माण गर्ने सम्झौता गरेका भारतीय दूतावास, चिनियाँ दूतावास, हिमानी ट्रस, जाइका, असल छिमेकी नेपाल, पोखरालगायत सङ्घसंस्थाले समयमै विद्यालय भवन निर्माण सुरु नगर्दा विद्यार्थीलाई टहरोमा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ । “विद्यालय बनाउन सम्झौता गर्ने तर भवनको शिलान्यास पनि नगर्ने सङ्घसंस्थालाई छिटो काम सुरु गर्न भनेका उहाँले जानकारी दिनुभयो ।
    जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीका अनुसार भूकम्पले क्षति पुगेका ५२ स्वास्थ्यसंस्थामध्ये श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक र घैरुङ स्वास्थ्यचौकी भवन मात्रै पुनः निर्माण सकिएको छ ।
    यस्तै युनिसेफ, आइएमसीलगायत सङ्घसंस्थाले स्वास्थ्यचौकी भवन बनाउने सम्झौता गरे पनि अहिलेसम्म निर्माण गरेका छैनन् । “स्वास्थ्यचौकी भवन निर्माण सुरु नगरेका सङ्घसंस्थालाई पत्र काटेर छिटो भवन बनाउन निर्देशन दिएको छु”, पराजुलीले भन्नुभयो ।
    जिल्ला विकास समितिका योजना अधिकृत शतिशकुमार भट्टराईका अनुसार गोरखाका ५८ हजार पाँच सय २४ पीडितमध्ये ५२ हजार पीडितका खातामा पहिलो किस्ताको अनुदान रकम पठाइसकिएको छ । पहिलो किस्ता बराबरको निर्माण कार्य भएपछि दोस्रो किस्ता वितरण गर्ने भन्दै उहाँले घर निर्माणका क्रम बढेको बताउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.