×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अघि बढ्यो माथिल्लो त्रिशूली–१

  •  
  • शुक्रबार, पुष ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – बलराम बानियाँ, काठमाडौं

    पुस १, २०७३-

    • स्वीकृत भयो पीडीए
    • क्षमता २१६ मेगावाट
    • ५० अर्ब विदेशी लगानी
    • पीडीएमा छिट्टै हस्ताक्षर
    • पीपीए रेट तय हुन बाँकी

    सरकारले कोरियाली र नेपालीको संयुक्त लगानीमा निर्माण हुने २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ ।

    ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पीडीए स्वीकृत गरेपछि मुलुकको जलस्रोत क्षेत्रमा दक्षिण कोरियाबाट ५० करोड अमेरिकी डलर (५० अर्ब रुपैयाँ) विदेशी लगानी भित्रिन लागेको हो । आयोजना निर्माण गर्न ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ, १० प्रतिशत लगानी भने नेपाली साझेदारले गर्नेछन् । दुई दशक अगाडि विदेशी लगानीमा ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना निर्माण भएयता मुलुकमा वैदेशिक लगानीमा कुनै पनि आयोजना बनेका छैनन् । बिजुली निर्यात गर्ने उद्देश्यले ९ सय मेगावाटको माथिल्लो कर्णाली र ९ सय मेगावाटकै अरुण तेस्रो निर्माण गर्न क्रमश: जीएमआर र सतलजले २०७१ असोज २ मा पीडीए गरे पनि लगानी जुटाउन बाँकी रहेको छ भने जग्गाको मुआब्जा, वनलगायतका समस्याका कारण अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन ।

    लामो समयपछि मुलुकको ऊर्जा क्षेत्रमा ठूलो वैदेशिक लगानी भित्रिन लागेको हो । दक्षिण कोरियाली सरकारको समेत लगानी रहेको संयुक्त कम्पनीले रसुवामा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली–१ आयोजना निर्माण गर्नेछ । आयोजना निर्माण गर्न कोरियाली र नेपाली साझेदार मिलेर कम्पनी रजिस्ट्रार कार्यालयमा ‘नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि’ दर्ता गरिसकेका छन् ।

    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरिया साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२, डेलिम कन्स्ट्रक्सन कम्पनी लिमिटेडको १६, केरुङ कन्स्ट्रक्सन कम्पनी लिमिटेडको १०, इन्टरनेसनल फाइनान्स कर्पको १२ र नेपाली साझेदार विकेश प्रधानांगको १० प्रतिशत स्वामित्व छ । कम्पनीमा नेपाली साझेदार विकेश प्रधानांग छन् । आयोजनाले ७२ मेगावाटका तीनवटा युनिटबाट २ सय १६ मेगावाट बिजुली उत्पादन गर्नेछ । कम्पनीले बिजुली उत्पादन सुरु गरेको ३० वर्षपछि उक्त आयोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

    लगानी, सञ्चालन तथा हस्तान्तर (बुट) ऐनअनुसार कम्पनीले ३० वर्ष बिजुली उत्पादन गरेपछि आयोजना चालू हालतमा सरकारलाई बुझाउनुपर्नेछ ।

    ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले मन्त्रिपरिषद्ले माथिल्लो त्रिशूली–१ को पीडीए स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार अबको एक/डेढ साताभित्रै ऊर्जा मन्त्रालय र प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिबीच पीडीएमा हस्ताक्षर हुनेछ ।

    पीडीएमा हस्ताक्षर भएपछि कम्पनीले विद्युत् प्राधिकरणसित विद्युत् खरिद सम्झौता (पीपीए) गर्नुपर्नेछ । त्यसपछि कम्पनीले लगानी जुटाउने (फाइनान्सियल क्लोजर) काम गर्नेछ । ‘लगानी जुटाउने लगायतका काम आगामी दसैंसम्ममा सम्पन्न गरी आयोजना निर्माणको काम थाल्छौं,’ नेपाली साझेदार प्रधानांगले कान्तिपुरसित भने, ‘सन् २०२२ मा आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्न थाल्छौं ।’ प्रधानांगका अनुसार कम्पनीले माथिल्लो त्रिशूली १ मा विस्तृत इन्जिनियरिङ अध्ययन (डीपीआर) को काम सम्पन्न गरिसकेको छ । कम्पनीले आयोजनास्थलसम्म पुग्ने १२ किलोमिटर लामो सडकमध्ये आधा निर्माण गरिसकेको छ । जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को समेत सम्पन्न भइसकेको जानकारी प्रधानांगले दिए । ‘हामी आयोजना फुल फ्लेजमा निर्माण सुरु गर्ने अवस्थामा छौं,’ प्रधानांगले भने । उनका अनुसार कम्पनीले लगानी जुटिसकेको छ, फाइनान्सियल क्लोजरको औपचारिकता पूरा गर्न मात्र बाँकी छ ।

    पीडीएमा प्राधिकरणले माथिल्लो त्रिशूली १ बाट उत्पादन हुने बिजुली १० वर्ष या बैंकमा ऋण र ब्याज भुक्तान गर्ने अवधि (पे ब्याक पिरियड) सम्म ९० प्रतिशत अमेरिकी डलरमा र बाँकी १० प्रतिशत नेपाली रुपैयाँमा बिजुली खरिद गर्ने उल्लेख छ । ‘पे ब्याक पिरियड या १० वर्ष जुन कम हुन्छ, त्यति समयसम्म प्राधिकरणले ९० प्रतिशत बिजुलीको मूल्य आयोजनाको प्रवद्र्धकलाई अमेरिकी डलरमा तिर्नेछ ।

    पीडीएमा आयोजनामा ९० प्रतिशत विदेशी लगानी हुने भएकाले प्राधिकरणले ९० प्रतिशत बिजुली डलरमा र बाँकीे नेपाली रुपैयाँमा पैसा भुक्तान गर्ने व्यवस्था राखिएको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । पे ब्याक पिरियड या १० वर्ष पूरा भएपछि भने प्राधिकरणले कम्पनीसित नेपाली रुपैयाँमा नै बिजुली खरिद गर्ने गरी पीपीए गर्नेछ । प्राधिकरण र कम्पनीबीच कति मूल्यमा बिजुली खरिद या बिक्री गर्ने भन्ने पीडीएमा उल्लेख छैन ।

    प्राधिकरण र कम्पनीले आयोजनामा हुने लगानी र प्रतिफललगायतका हिसाब गरी बिजुलीको खरिद मूल्य (पीपीए रेट) तय गर्ने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । कम्पनीले अहिल्यै प्राधिकरणलाई बेच्ने बिजुलीको मूल्य प्रस्ताव गरिसकेको छैन । कम्पनीले यसअघि प्रतियुनिट बिजुली करिब ७ रुपैयाँ (६.९ सेन्ट डलर) मा बेच्ने प्रस्ताव गरेको थियो । उसले वार्षिक ३ प्रतिशतका दरले १० पटक मूल्यवृद्धिको प्रस्तावसमेत गरेको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.