कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर ३० गते । कुनै पनि महोत्सव विवाद रहित हुन नसकेको गोरखा महोत्सव यस पटक पनि विवादीत हुन सक्ने संभावना बढेर गएको छ । विगतमा पनि स्थान चयन र प्रमुख अतिथीका विषयमा राजनैतिक दल र महोत्सव भित्र राखीने मनोरञ्जनाका सामाग्रीका विषयमा स्थानिय यूवा र आयोजक बिच विवाद हुने गरेको थियो ।
यस पटक भने स्थान, प्रमुख अतिथी र सामाग्रीको बिषय भन्दा पृथक खेल मैदान बिग्रने भन्दै स्थानिय क्लबले बिरोध गरेको छ । गोरखा सदरमुकाम भएको खुल्ला स्थान मध्ये सबै भन्दा ठुलो रहेको हरमटारीको खेल मैदानमा हुन लागेको महोत्सवमा बिभिन्न मनोरञ्जनको सामाग्रीहरु राख्दा खेलमैदानमा खाड्ल हुने भन्दै खेल मैदान बिग्रन गए महोत्सव विथोलीन सक्ने संभावन बढेको हो ।
हरमटारी क्लबले पत्रकार सम्मेलननै गरेर खेलकुद मैदान स्तरोउन्नती गर्दा ३५ लाख भन्दा बढी खर्च भएको भन्दै मैदान बिग्रने गरी कुनै पनि सामाग्रीहरु नराख्न आयोजक उद्योग बाणिज्य संघ गोरखालाई अनुरोध गरेको छ ।
बिगतमा ३ वटा राष्ट्रिय स्तरको खेल यसै मैदानमा सम्मन्न भएको र चौथो पटकको फुटबल आयोजनाको तयारीमा लागेको क्लबले कुनै पनि हालतमा मैदान बिग्रने गरी सामाग्री राख्ने कोशिस गरे राम्रो नहुने भन्दै चरणबद्व आन्दोलनको तयारी समेत गरेको छ । क्लबका अध्यक्ष बिक्रम बस्नेतका अनुसार जबरजस्ती गरेको खण्डमा अनसन बस्न समेत यूवाहरु तयार रहेको बताउनु भयो । बस्नेतले आफुहरु महोत्सब बिरोधी नभएको समेत बताए ।
आयोजक र खेलकुद बिकास समिति बिच १ लाख ६० हजार दिने लिने सहमती पछि पौष ८ गते देखी १८ गते सम्म ९औं गोरखा महोत्सव हुदै छ ।
आयोजक गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष श्रबण कुमार जोशीले आज सम्म पनि क्लबको तर्फ बाट कुनै गुनासा तथा जानकारी प्राप्त नभएको भन्दै खाडल पर्ने गरी कुनै पनि सामाग्री नराखीने र कथमकदाचित मैदान बिग्रीएको खण्डमा पहिलेको स्वरुपमा तयार गर्ने प्रतिबद्वता ब्यक्त गरे ।
खेलकुद मैदानको बिषयमा गंभिर देखीएको क्लबले ८औं गोरखा महोत्सवमा भने सोही स्थानमा मनोरञ्जनको सामाग्री राखेर आम्दानी लिएको थियो ।
गोरखा महोत्सवमा विवाद हुन सक्ने
गोरखा महोत्सवमा विवाद हुन सक्ने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


