कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर ३० गते । बैदेशीक कसुरमा गोरखा जिल्ला अदालतबाट कैद तथा जरिबाना गरीएका दुर्गा बहादुर थापालाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।
गोरखा जिल्ला अदालत बाट ०७२ साल बैशाख २८ गते थापालाई बैदेशीक कसुर अन्तरर्गत २ बर्ष ११ महिना २१ दिन कैद गर्न फैसला भएको थियो । फैसला लगत्तै फरार रहेका थापालाई बिशेष सुराकीको आधारमा थापालाई प्रहरीले पक्रन सफल भएको थियो । केही समय यता फरार अपराधीहरुलाई पक्रन जिल्ला प्रहरी कार्यालय गोरखाले बिशेष टोली नै गठन गरेको छ ।
थापालाई अदालत बाट ३ लाख जरिबाना गर्न समेत सोही मितीमा फैसला भएको थियो । पक्राउ परेका थापालाई गोरखा कारागारमा चलान गरीएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयो ।
बहु बिवाह अभियोगमा १ जोडी पक्राउ
आफ्नै श्रीमतीले श्रीमानले सौता ल्याएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराए पछि प्रहरीले गोरखा नगरपालिका २ सतिपिपल निवासी राजेश श्रेष्ठ र उनले बहु बिवाह गरेको भनेर आरोपीत गोरखा नगरपालिका १० निवासी मिना भट्टराई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
श्रीमती गंगा श्रेष्ठले आफ्नो श्रीमानले आफु छदा छदै अर्को श्रीमती बिहे गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन ।
पक्राउ परेका दुबैलाई गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालीएको प्रनाउ थापाले बताउनु भयो ।


