कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २७ गते । गोरखामा नै केन्द्रिय कार्यालय रहेको गोरखाको पहिलो मनास्लु बैंकले आफ्नो स्थापनाको ६औं बर्षको अवशरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । 
ठिक ६ बर्ष अगाडी गोरखा बजारमा केन्द्रिय कार्यालय स्थापना गरी सञ्चालनमा आएको मनास्लु बिकास बैंकले बिहान ८ बजे देखी ‘रक्तदान जिवन दान’ भन्दै रक्त संकलन कार्यक्रम सम्पन्न गरेको थियो । 
बैंकले सञ्चालन मुनाफाबाट सामाजिक उत्तर दायित्व पुरा गर्ने उद्वेश्यका साथ गोरखाको बिरेनचोक कुवाडी डाडाँमा रहेको मनकामना आवासिय बहिरा बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु मध्ये गरिब र जेहेन्दर २० जनालाई शैक्षिक सामाग्री वितरण गरेको थियो । 
बार्षिक उत्सवको अवशरमा बैंकले गोरखा सदरमुकाममा रहेको गोरक्षनाथ बैदिक गुरुकुल बिद्यालयलाई संस्कृत पाठशाला सञ्चालनमा सहयोग पुग्ने गरी २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । 
त्यस्तै गरी बार्षिक उत्सवको अवशरमा गोरखा जिल्लाको विभिन्न बिद्यालयमा अध्ययन गर्ने ७ बिद्यार्थीहरुलाई बैंकले छात्रबृत्ती रकम बितरण गरेको थियो ।
कार्यक्रममा महेन्द्र ज्योति मावि दरर्बारमार्ग, रत्नराज्य मावि बिरेनचोक, हिमालय मावि बारपाक, सरस्वती मावि आहाले, रामेश्वरी मावि बुंकोट, महालक्ष्मी मावि लक्ष्मी बजार र लक्ष्मी मावि गाईखुरको बिद्यार्थीहरुलाई जनही ५ हजारका दरले छात्रबृत्ती प्रदान गरीएको थियो । 
सञ्चालक समितिका अध्यक्ष बिजय मल्लले बर्ष भरीको उत्कृष्ठ कर्मचारी हरीमान गुरुङ्ग र चितवनको पर्सामा रहेको शाखालाई सबै भन्दा उत्कृष्ठ शाखाको रुपमा नगद र सम्मान पत्र दिएर सम्मान गनुभएको थियो ।
मनास्लुको ६औं बार्षिक उत्सवमा विविध कार्यक्रम (फोटो फिचर)
मनास्लुको ६औं बार्षिक उत्सवमा विविध कार्यक्रम (फोटो फिचर)
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
























