×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सुन ११ महिनायताकै सस्तो

  •  
  • शनिबार, मङि्सर २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुन तोलामा ५३ हजार

    मंसिर २४, २०७३- सुनको भाउ ११ महिनायताकै सस्तो भएको छ । शुक्रबार प्रतितोला छापावाला सुन ४ सय रुपैयाँ घटेर ५३ हजार रुपैयाँमा कारोबार भयो । बिहीबार प्रतितोला ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार ०७२ माघमा प्रतितोला ५३ हजार रुपैयाँको हाराहारीमा कारोबार भएको थियो ।

    अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएकै दिन १३ सय रुपैयाँले बढेको सुन भोलिपल्ट पुन: १४ सय रुपैयाँले घटेको थियो । त्यसपश्चात मूल्य घटबढ हुँदै प्रतितोला ५८ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।

    शाक्यका अनुसार बिहीबारको तुलनामा शुक्रबार पहेंलो धातु प्रतिऔंस सुन १० अमेरिकी डलरले घटेको छ । ‘बिहीबार मूल्य तोक्ने समयमा प्रतिऔंस सुन ११ सय ७८ अमेरिकी डलर थियो,’ उनले भने, ‘शुक्रबार घटेर ११ सय ६८ डलरमा झरेको छ ।’

    महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले अमेरिकी डलर मजबुत भएकाले सुनको भाउ घटेको बताए । डलरसँगै अमेरिकामा रोजगारीको संख्या वृद्धिले भाउ घट्न मद्दत पुगेको उनले बताए ।

    बैंकले ब्याजदर बढाउने हल्लाले पनि भाउमा केही असर परेको महासंघले जनाएको छ । ‘डलर बलियो हुँदा लगानीकर्ताहरू सेयर बजारमा आकर्षित छन् । रोजगारीको संख्यामा वृद्धिले सुन बिक्री गरेर डलरमा लगानी गरेका छन्,’ उनले भने, ‘त्यसको प्रभाव सुनको भाउमा परेको हो ।’

    सामान्य अवस्थामा सुन र सेयर बजारको विपरीत सम्बन्ध हुन्छ । लगानीका अन्य क्षेत्रमा विकल्प हुँदा सुनको कारोबारमा शिथिलता देखिन्छ । सुनभन्दा सेयरमा बढी नाफा हुने हुँदा अर्थतन्त्र स्थिर हुँदा सेयर बजारमा लगानीकर्ता आकर्षित हुने महासंघले जनाएको छ ।

    पूर्वअध्यक्ष शाक्यले भारतीय रुपैयाँ मजबुदले पनि बजारमा केही प्रभाव परेको बताए । शुक्रबार एक डलर बराबर १ सय ८ रुपैयाँ ४० पैसा छ,’ उनले भने ।

    महासंघका अनुसार भारत र चीनमा पनि सुनको माग हवात्तै घटेको छ । केही साताअघि भारत सरकारले करिब ३ सय सुन पसलमा छापा मारेपछि सुन किन्ने ग्राहकको संख्या हवात्तै घटेको छ । सुनको माग कम भएपछि मूल्यमा प्रभाव परेको शाक्यको भनाइ छ । ‘५ सय र एक हजार दरका नोट प्रतिबन्धले ग्राहक सुनमा आकर्षित थिए तर अनुगमनले ग्राहक तर्सिएका छन्,’ उनले भने, ‘भारतमा सुनको माग घटदा बजारमा केही असर देखिएको हो ।’

    महासंघको तथ्यांकअनुसार बिहीबार प्रतितोला ८ सय रुपैयाँमा कारोबार गरेको चाँदी शुक्रबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । बिहेको सिजनमा सुनको भाउ घटदा सर्वसाधारणलाई केही राहत मिलेको छ ।

    मंसिर, माघ, फागुन, वैशाख, जेठ र असार विवाहको मुख्य सिजन मानिन्छ । विवाहमा गरगहनाको माग बढ्ने हुँदा व्यवसायीको कारोबार पनि सोहीअनुसारले वृद्धि हुन्छ । सामान्य अवस्थामा सुनको दैनिक माग १५ किलो हो । विवाहको सिजनमा माग बढेर दैनिक करिब ३५ किलो पुगेको महासंघले जनाएको छ ।

    सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दिनको १५ किलो मात्रै किन्न पाउँछन् । चाडबाड र सिजनमा भने कोटा बढाएर २० पुर्‍याउँदै आएको छ । तर, यसपालि सिजन सुरु हुँदा पनि कोटा भने वृद्धि गरिएको छैन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.