कैलासावावु श्रेष्ठ/गोरखा
मंसिर २५ गते । गोरखा जिल्लामा केही बर्ष देखी सञ्चालनमा आएको सृजना बिकास केन्द्रले जिल्ला भित्र रहेको आफ्ना शाखाहरुको समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
गोरखा जिल्लामा पहिलो पटक ०६७ सालमा लघु वित्त कार्यक्रम लिएर छेवेटार शाखा स्थापना गरेको सृजना बिकास केन्द्रले अहिले जिल्लाको पालुङ्गटार, भच्चेक र गोरखा बजारमा शाखा सञ्चालनमा ल्याई सकेको छ ।
शाखाले ग्रामिण क्षेत्रका महिलाहरुको आय आर्जनको लागि समूह निर्माण गरी ऋण प्रवाह गरी आय आर्जन कार्यक्रममा महिलाहरुलाई परिचालन गर्दै आएको छ । जिल्ला भित्रको ४ शाखामा अहिले सम्म ६ हजार ६ सय १६ जना महिला आबद्व भै सकेको सृजना बिकास केन्द्रका सृजना बैंकिङ कार्यक्रमका कार्यकारी प्रमुख बिर बहादुर अधिकारीले जानकारी दिनुभयो ।
जिल्लामा नै पहिलो पटक सञ्चालनमा आएको छेवेटार शाखाले हालै केन्द्र प्रमुखहरुको समिक्षा गोष्ठी सम्पन्न गरी केन्द्रमा १ हजार ८ सय ४३ जना महिला आबद्व भएको जानकारी गराएको थियो । कुल ९५ केन्द्र रहेको उक्त शाखाले १० गाउँ बिकास समिति र १ नगरपालिकालाई कार्यक्षेत्र बनाएर महिलाहरुलाई परिचालन गर्दै आएको छ ।
शाखाहरुले गरेको समिक्षा कार्यक्रममा आफ्नो शाखामा आबद्व रहेका महिलाहरुलाई सम्मान गरीएको थियो । गोरखामा स्थापना भएको मध्ये भच्चेक शाखामा १ हजार ९ सय १ जना महिला आबद्व भएको छ । ५४ केन्द्र रहेको भच्चेकले वरपर रहेको १० गाबिसमा रहेको महिलालाईहरुलाई लघुबिक्त कार्यक्रममा सहभागी गराएको छ ।
त्यस्तै गरी गोरखा बजारमा रहेको शाखामा १ हजार ३ सय ६३ जना महिला आबद्व भएको छ । ७५ केन्द्र स्थापना गरेर लघुबिक्त कार्यक्रम गर्दै आएको गोरखा बजारको शाखाले १२ गाबिस र १ नगरपालिकालाई हेर्दै आएको छ ।
जिल्लामा च्याउ सरी रहेको बैंकहरुले भन्दा पनि ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको शिप बिकास गरी आय आर्जनमा लघुबिक्त कार्यक्रमले बढी सहयोग गरेको पाइएको छ ।
सृजनाको समिक्षा गोष्ठी सम्पन्न
सृजनाको समिक्षा गोष्ठी सम्पन्न
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



