×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

काठमाडौं ल्याएको डिजेल फेरि भारत पुग्यो, यसरी भयो बदमासी

  •  
  • शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रविन्द्र घिमिरे

    २४ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंमा न लोडसेडिङ छ, न नाकाबन्दी । तर, डिजेलको माग दिन दुई गुणा रात चारगुणाले बढ्दै गयो र, आइतबार १८ लाख लिटर पुग्यो ।

    यसले ट्यांकरहरुले नेपाल ल्याएको तेल पेट्रोल पम्पहरुमा नखन्याइ भारतमा नै फर्काएर बेच्न थालेका त होइनन् भन्ने आशंका जन्मायो । र, सरकारले बजार अनुगमन बढायो ।

    अनुगमनसँगै काठमाडौंमा डिजेलको दैनिक माग घटेको छ । यसबाट काठमाडौंको बजारमा पठाइएको डिजेल भारत पुग्ने गरेको पुष्टी भएको नेपाल आयल निगमले जनाएको छ ।

    निगमका अनुसार बजारमा अनुगमन थाल्नासाथ दैनिक ६ लाख लिटर डिजेलको माग घटेको छ ।

    भारतमा डिजेलको मूल्य नेपालमा भन्दा झण्डै २० रुपैयाँ बढी छ । यसैकारण बजारमा चलखेल गरेर पम्पहरुलाई दिएको तेल सेटिङ मिलाएर उपत्यकाबाहिर पठाउने गरिएको र ट्यांकरमार्फत नै फेरि सो तेल भारत नै पुग्ने गरेको सरकारी निष्कर्ष छ ।

    १८ लाखबाट झरेर १२ लाख लिटरमा

    ट्यांकर र पेट्रोल पम्पमाथि निगरानी बढाएपछि बजारमा तेलको माग एक तिहाइले घटेको आयल निगम वितरण विभाग प्रमुख सीताराम पोखरेलले अनलाइनखबरलाई बताए ।

    पम्प तथा ट्यांकरमाथि थप निगरानी बढाएर बजारमा तेलको माग सामान्य अवस्थामा झार्न प्रयासरत रहेको उनको दाबी छ । निगमको थानकोटस्थित डिपोका प्रमुख नेत्र काफ्लेले डिजेलको माग अहिले दैनिक १२ लाख लिटरमा झरेको बताए । जबकी अनुगमन थाल्नु अघि गत आइतबारको माग १८ लाख लिटरमाथि थियो ।

    शुक्रबार नेपाल आयल निगमले ८ लाख १४ हजार लिटर डिजेल बजारमा पठाएको छ । सामान्य अवस्थामा काठमाडौंमा ८ लाख लिटर डिजेल पठाउँदा माग धान्छ । अनुगमन कसिलो बनाउँदै लगेपछि दैनक माग अझ घट्न सक्ने वितरण विभाग प्रमुख पोखरेल बताउँछन् ।

    थानकोटमा ट्यांकरमाथि चेकिङ

    लगातार तेलको माग बढेपछि भारतीय बजारमा तेल तस्करी भएको ठहर आपूर्ति मन्त्रालयले गरेको थियो । तेलको कालोबजारी रोक्न अहिले उपत्यका छाड्ने सबै ट्यांकरमा ग्रेज लगाएर तेल भए/नभएको हेर्ने गरिएको छ । यसमा लागि थानकोटमा आपूर्ति व्यवस्थापन विभाग र आयल निगमबाट अधिकृतहरु खटिएका छन् ।

    राजधानीमा लोडसेडिङ हुन छाडे पनि तेलको माग घट्नुपर्नेमा बजारमा दोब्बर माग भएपछि कालोबजारीको आशंका जन्मिएको थियो । अहिले २४ नै घण्टा सबै ट्यांकरलाई परीक्षण गरेर मात्रै उपत्यकाबाहिर पठाउन प्रहरीलाई पनि निर्देशन दिइएको छ ।

    अब अनुगमन जिल्लामा

    उपत्यकाबाहिर पनि तेलको माग उच्च छ । भारतीय सीमा क्षेत्रमा त झन् तेलको माग अप्रत्याशित रुपमा उकालो लागेको छ ।

    सीमा क्षेत्रबाट पम्पबाटै तेल किनेर भारतीय बजारमा तेल बेच्न स्थानीयहरु नै सक्रिय भएका छन् । त्यसैले अब जिल्लाहरुमा अनुगमन बढाउन पनि आपूर्ति मन्त्रालयले समिति बनाएको छ ।

    समितिले जिल्लाहरुमै पुगेर तेल डिपो, पम्प तथा ट्यांकरहरुमा अनुगमन गर्नेछ भने प्रहरीलाई सीमा क्षेत्रमा तेल तस्करी नियन्त्रण गर्न निर्देशन पनि दिनेछ ।

    तेलको कालोबजारी विरुद्ध खटिएको अनुगमन टोलीले ५ सय लिटरभन्दा बढी डिजेल लैजाने पम्पहरुमा पनि अनुगमन गरिरहेको छ । पम्पहरुबाटै पनि तेलको कालोबजारी भएको सूचना सरकारसँग पुगेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.