४५ दिनको सिलाई, कटाई, वाईरिङ, बाँसबाट सामाग्री बनाउने तालिम दिन वल्डभिजनले ३० भन्दाबढीलाई सदरमुकाममा भेला गराएर तीन साता पनि तालिम नचलाउँदै बिचैमा छाडिदिएको हो । वर्ल्डभिजन इन्टरनेशनल, चेस गोरखा र घरेलु तथा साना उद्योग विकास समितिबीच बिवादले भूकम्प पीडित मारमा परेका हुन्। घ्याच्चोक, हंसपुर, केराबारी र पालुङ्टार नगरपालिका कमजोर आर्थिक अवस्था भएका पीडितलाई तालिममा सहभागी गराएको थियो । तालिमपछि ब्यवशाय संचालन गरेर बस्ने योजना बनाएका सहभागीहरु बिचैमा तालिम छाड्नु परेपछि चिन्तित छन् । सदरमुकामको होटलमा बसेर तालिम लिन आएका स्थानीयको सिप सिकेर आफैँले ब्यवशाय गर्ने सपना एनजिओ/आइएनजिओको मनोमानीले चकनाचुर भएको छ । एक महिना सम्म सधारण सिलाई मात्रै सिकेको सहभागी बताउँछन् । सिलाई कटाईमा सहभागीलाई कल, कैँची, आईरन दिने सम्झौता समेत भएको छ, तर एक जनाले पनि पाएका छैनन।
nagariknews


