×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

६ हजार किलो सुन लगानी

  •  
  • बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्र बैंकसँग २६ अर्ब ३६ करोड रुपैयाँ बराबरको सुन

    – यज्ञ बञ्जाडे, काठमाडौं

    मंसिर २२, २०७३- सुन आफूसँग राख्ने रहर धेरैलाई हुन्छ । राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक र मुद्रा छपाइ गर्ने आधिकारिक निकाय हो । तर यसबाहेक यो निकायसँग सुन पनि हुन्छ ।

    २०७३ असोजसम्म राष्ट्र बैंकसँग २६ अर्ब ३६ करोड रुपैयाँ बराबरको सुन छ । त्यसमध्ये राष्ट्र बैंकले असोज मसान्तसम्ममा ६ हजार १ सय २० किलो (६ दशमलव १२ मेट्रिक टन) सुन लगानी गरेको छ । त्यतिबेलाको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार यो लगानी २४ अर्ब ८२ करोड रुपैयाँ (२४ करोड ८२ लाख अमेरिकी डलर) बराबरको हो । लगानी गरेको बाहेक पनि राष्ट्र बैंकको ढुकुटीमा सुन हुन्छ ।

    यस्तो सुन गत कात्तिक ३० गतेसम्म १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरको रहेको राष्ट्र बैंकले जनाएको छ । लगानी र मौज्दातमा रहेको गरी कुल २६ अर्ब ३६ करोड रुपैयाँ बराबरको सुन राष्ट्र बैंकसँग छ । लगानीमा रहेको सुन राष्ट्र बैंकले बेलायतको केन्द्रीय बैंक (बैंक अफ इंग्ल्यान्ड) मा निक्षेपका रूपमा राखेको छ । उक्त सुन विभिन्न मुलुकका बैंकहरूमा लगानी गरिन्छ । जुन बैंकमा लगानी गरिन्छ त्यही बैंकको खातामा सुन हस्तान्तरण हुन्छ । लगानीको अवधि सकिएपछि पुन: बैंक अफ इंग्ल्यान्डमा रहेको नेपाल राष्ट्र बैंकको खातामै जम्मा हुन्छ । यसरी लगानी गरेबापत राष्ट्र बैंकले निश्चित प्रतिशत ब्याजदर पाउँछ । सुनमा भएको लगानी कुल विदेशी विनिमय सञ्चिति लगानीको ३ दशमलव १ प्रतिशत छ । सुनमा लगानीबाट हाल राष्ट्र बैंकले वार्षिक औसत ० दशमलव ७५ प्रतिशतका दरले प्रतिफल प्राप्त गर्दै आएको छ । एक वर्षयता राष्ट्र बैंकले सुनमा लगानी नबढाएकाले सुन मौज्दात पनि नबढेको स्रोतले बतायो ।

    गत असोजसम्म राष्ट्र बैंकसँग कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ८० अर्ब रुपैयाँ (१० अर्ब १३ करोड अमेरिकी डलर) छ । गत असारको तुलनामा यो १ दशमलव १७ प्रतिशतले बढी हो । ०७३ असोजमा यस्तो सञ्चिति ८ खर्ब ४४ अर्ब रुपैयाँ थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग साढे ८५ प्रतिशत र बाँकी साढे १४ प्रतिशत बैंक तथा वित्तीय संस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा राष्ट्र बैंकसँग ८६ दशमलव ४ प्रतिशत र बैंक तथा वित्तीय संस्थासँग १३ दशमलव ०६ प्रतिशत थियो ।

    मुलुकको कुल विदेशी विनिमय सञ्चितिमध्ये परिवत्र्य विदेशी मुद्राको हिस्सा ७७ प्रतिशत, भारतीय मुद्राको हिस्सा २१ प्रतिशत, सुन सञ्चितिको अंश १ दशमलव ८ प्रतिशत र एसडीआरको ० दशमलव २ प्रतिशत छ । ०७२ असोजमा परिवत्र्य विदेशी मुद्राको हिस्सा ७६ दशमलव ४ प्रतिशत, भारतीय मुद्राको हिस्सा २० दशमलव ६ प्रतिशत, सुन सञ्चितिको अंश २ दशमलव ५ प्रतिशत र एसडीआरको ० दशमलव ४ प्रतिशत थियो ।

    चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज) सम्म कुल विदेशी विनिमय सञ्चितिको लगानीबाट ५ अर्ब ४७ करोड रुपैयाँ ब्याज आम्दानी प्राप्त भएको छ । यो लक्ष्यभन्दा बढी हो । उक्त अवधिमा राष्ट्र बैंकले ४ अर्ब ८९ करोड रुपैयाँ ब्याज आय प्राप्त गर्ने लक्ष्य राखेको थियो । अघिल्लो वर्षको असोजसम्म यस्तो लगानीबाट ४ अर्ब ६४ करोड ब्याज आय प्राप्त भएको थियो ।
    गत असोजसम्म समग्र विदेशी विनिमयको भारित औसत प्रतिफल दर २ दशमलव ५२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो दर २ दशमलव ४९ प्रतिशत थियो । कुल लगानीमध्ये परिवत्र्य विदेशी मुद्रामा रहेको लगानीको प्रतिफल दर १ दशमलव ३१ प्रतिशत, चिनियाँ युआनको ३ दशमलव ५१ प्रतिशत र भारतीय मुद्राको ६ दशमलव ५३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । मुद्रागत संरचना हेर्दा कुल लगानीमा अमेरिकी डलरको हिस्सा ५९ दशमलव ३ प्रतिशत, भारुको २३ दशमलव १ प्रतिशत र चिनियाँ युआनको हिस्सा ९ दशमलव ६ प्रतिशत रहेको छ । लगानी निर्देशिका ०६६ अनुसार अमेरिकी डलरमा ४० देखि ६० प्रतिशतसम्म, भारतीय मुद्रामा २५ प्रतिशतसम्म र चिनियाँ युआनमा १५ प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था छ ।

    विभिन्न विदेशी मुद्रा र सुनमा गरेको लगानीबाट आर्थिक वर्ष ०७२/७३ मा सरकारले १९ अर्ब ६२ करोड रुपैयाँ कमाएको छ । आफूसँग रहेको विदेशी मुद्रा विभिन्न राष्ट्रका मुद्रा, ट्ेरजरी बिल्स र सुनमा रहेको लगानीको ब्याज आयबापत राष्ट्र बैंकले उक्त रकम प्राप्त गरेको हो । चालु आर्थिक वर्षमा २० अर्ब ९१ करोड रुपैयाँ ब्याज आय आर्जन गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको छ । आर्थिक वर्ष ०७१/७२ मा यस्तो आम्दानी १६ अर्ब ४९ करोड रुपैयाँ थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.