×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ट्यांकरबाटै इन्धन तस्करी

  •  
  • सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    • इन्धनको मूल्य तत्काल बढ्दैन
    – राजु चौधरी, काठमाडौं
    – थानकोट र तराईका सीमामा अनुगमन – पूर्वाञ्चल डिपो प्रमुख दिनेश यादवलाई हटाइयो- छानबिन गर्न मन्त्रालय, निगम, प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले गठन – पम्पहरूले बिक्री गरेको इन्धन अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिने

    मंसिर २०, २०७३- नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको मूल्यमा अन्तरले ट्यांकरबाटै इन्धन तस्करी भएको फेला परेको छ । आपूर्ति मन्त्रालय र आयल निगमले गरेको अनुसन्धानको क्रममा ट्यांकरबाटै तस्करी फेला परेको हो ।

    ‘विशेष सूत्र र अनुसन्धानका क्रममा ट्यांकरबाटै तस्करी हुने गरेको पाइएको छ,’ आपूर्तिमन्त्री दीपक बोहराले भने, ‘तस्करी रोक्न आइतबारदेखि नै अनुगमन टोली खटाएका छौं ।’ उनका अनुसार थानकोट, नागढुंगा र तराईका सीमा क्षेत्रमा आइतबारबाटै अनुगमन सुरु भएको छ । ती क्षेत्रमा खाली ट्यांकरमा गेज हालेर अनुगमन भएको मन्त्रालयले जनाएको छ । ‘उपत्यकाबाट इन्धन भर्न जाने खाली ट्यांकरमा गेज हालेर अनुगमन सुरु भएको छ,’ उनले भने ।

    थानकोटबाट र अन्य डिपोबाट छुटेको ट्यांकरले पूरै डिजेल पम्पमा नखन्याई भारत लाने गरेको भेटिएको छ । मन्त्री बोहराका अनुसार ट्यांकरका चेम्बरहरू पूरै खाली नगरी फिर्ता लाने गरेको भेटिएको हो ।

    आयल निगमको तथ्यांकअनुसार भारतमा प्रतिलिटर डिजेल २० रुपैयाँ ६९ पैसा र पेट्रोल १२ रुपैयाँ ८४ पैसा महँगो छ । हाल रक्सौलमा प्रतिलिटर पेट्रोलको खुद्रा मूल्य १०९ रुपैयाँ ८४ पैसा (६८ रुपैयाँ ६५ पैसा भारु) र डिजेल ९३ रुपैयाँ ६९ पैसा (५८ रुपैयाँ ६५ पैसा भारु) छ । निगमले नेपालमा खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रोल ९७ र डिजेल ७३ रुपैयाँ तोकेको छ । मूल्यमा हुने अन्तरले पूर्वाञ्चलमा व्यापक चलखेल भएको छ ।

    पेट्रोलियम डिलर्स एसोसिएनका अनुसार मुलुकमा १२ हजारदेखि २० हजार लिटर अट्ने इन्धन ट्यांकर गुड्छन् । ट्यांकरमा ३ देखि ५ च्याम्बर हुन्छन् । एउटा च्याम्बरमा ३ हजारदेखि ५ हजार लिटर इन्धन अट्छ । सोही च्याम्बर पूरै खाली नगरी तस्करी भएको मन्त्रालयको दाबी छ ।

    हाल उपत्यकामा पनि दैनिक माग ह्वात्तै बढेको छ । निगमले पर्याप्त मात्रामा इन्धन वितरण गरेको दाबी गरे पनि बजारमा डिजेल अभाव देखिन थालेको छ । यहाँका व्यवसायीले पनि भारततर्फ इन्धन लगेर बेच्न थालेको आशंका छ । निगमका अनुसार भारतीयहरूसमेत इन्धन भर्न आउने गरेको निगमका अधिकारीहरू बताउँछन् । ५ सय र एक हजार भारु नोटको असरले पनि ट्रक सञ्चालकहरू नेपालमै इन्धन भर्न थालेका हुन् ।

    मन्त्रालयका अनुसार इन्धन चलखेल र तस्करीमा साथ दिएको अशंकामा पूर्वाञ्चल डिपो प्रमुख दिनेश यादवलाई प्रमुख पदबाट हटाएको छ । ‘इन्धन चलखेल रोक्न नसकेकाले डिपो प्रमुखलाई आइतबारकै मितिबाट पदबाट हटाएका छौं,’ बोहराले भने । निगमका बिक्री वितरण प्रमुख सीताराम पोखरेलले पनि यादवलाई उपत्यकामा तानेको बताए । ‘केन्द्रबाट पत्र पठाएका छौं,’ उनले भने, ‘निगममा सोमबार हाजिर हुनेछ ।’ इन्धन तस्करी र चलखेल भएको बारेमा मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा प्रहरीका डीआईजी हेमन्त पाल, सशस्त्र प्रहरीका डीआईजी सुवोध अधिकारी, निगमका बिक्री वितरण विभाग प्रमुख सीताराम पोखरेल र आपूर्ति व्यवस्थापन विभागसहितको एउटा अनुसन्धान समिति गठन भएको छ । समितिले केही दिनभित्र प्रतिवेदन बुझाउने मन्त्रालयले जनाएको छ । प्रतिवेदनको आधारमा कानुनी प्रक्रिया अघि बढाइने मन्त्री बोहराले बताए ।

    निगमका अनुसार सामान्य अवस्थामा डिजेलको दैनिक माग ६ सयदेखि ६ सय ५० किलोलिटर हो । तर, केही दिनयता दैनिक माग १७ सय किलोलिटर पुगेको छ । निगमका अनुसार हाल सरकारी पम्पभन्दा निजी पम्प सञ्चालकले डिजेलको माग बढी गरेका छन् । सरकारी स्वामित्वमा सञ्चालन भएका पम्पबाट दैनिक ७ देखि १२ किलोलिटर मात्रै माग छ । तर, एउटै निजी पम्प सञ्चालकबाट ६० किलोलिटरसम्म माग आएको निगमको दाबी छ ।

    मन्त्री बोहराका अनुसार निजी पम्पबाट तस्करी भए/नभएको पनि छानबिन गरिनेछ । ‘करिब दुई महिनादेखि पम्पहरूले माग र बिक्री गरेको इन्धनको विवरण निगमसँग माग गरेका छौं,’ उनले भने, ‘निगमले विवरण उपलब्ध गराएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिन्छौं ।’ ब्युरोले दोषी ठहर गरे पम्पको बिक्री लाइसेन्स, ट्यांकरको ढुवानी लाइसेन्स रद्द गरिने उनले बताए । यीबाहेक कडाभन्दा कडा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

    इन्धनको मूल्य तत्काल बढ्दैन
    इन्धनको मूल्य तत्काल नबढ्ने भएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले प्रतिलिटर करिब १ रुपैयाँ बढ्ने अनुगमन गरिएको थियो । तर, आइतबार आपूर्ति मन्त्रालय र निगमका कर्मचारीबीच भएको छलफलमा मूल्य नबढाउन निर्देशन दिएको आपूर्तिमन्त्री दिपक बोहराले बताए ।

    ‘सीमा क्षेत्रमा मूल्य अन्तरले इन्धनमा केही समस्या देखिए पनि नेपालमा मूल्य बढाउने सोच गरेका छैनौं,’ मन्त्री बोहराले भने, ‘भारतमा मूल्य बढी भयो भन्दैमा यहाँका सर्वसाधारणलाई मारमा पार्दैनौं । इन्धनको मूल्य तत्काल बढ्दैन ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.