×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ठूला जलविद्युत् आयोजनाको निर्माण ठप्प, सानाको तीव्र

  •  
  • शनिबार, मङि्सर १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    म्याग्दी, मंसिर १८ गते । म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ ।

    विद्युत् प्राधिकरणको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, पश्चिम म्याग्दीको दरवाङमा २५ मेघावाट क्षमताको कालिका हाइड्रो र अपर कालीगण्डकीलगायत ठूला मानिएका जलविद्युत्को निर्माणकार्य सुस्त गतिमा रहेको छ । तर उत्तरी म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्यलाई एकदिन पनि अवरुद्ध नहुने गरी निरन्तरता दिइरहेको छ ।

    “दुई सिफ्टमा काम भइरहेको छ, एक वर्षभित्र परीक्षण विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौ,ँ” आयोजनाका अध्यक्ष किशोर सुवेदीले भन्नुभयोे— जिल्लामा जलविद्युत्को प्रचुर सम्भावना रहे पनि निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सुस्त काम गरे नयाँ लगानीकर्तासमेत निरुत्साहित हुन सक्ने भएकाले पनि आफूहरू आयोजनाको निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाएका छौं ।

    ड्यामदेखि टनेलसम्मको इन्टेकतर्फ ३५६ र आउटलेटतर्फको ६४० मिटरभन्दा बढी सुरुङ खन्ने काम सकिएको छ, उहाँले भन्नुभयो — इन्टेक र पावर हाउसको निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

    बाँधस्थलमा भइरहेको कामलाई अनुगमन गर्न आयोजनाकै सञ्चालकहरू निर्माणस्थलमै बस्न थालेपछि अपेक्षा गरेअनुसार काम अगाडी बढिरहेको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताउनुभयो ।

    “प्राविधिक समस्या तत्कालै समाधान गर्न आयोजनास्थलमै टोली खटिएको छ,” उहाँले भन्नुभयो— “भौगोलिक विकटता भए पनि काम गरेरै हामीले देखाइदिएका छौँ”।

    उहाँका अनुसार इन्टेकको कुलो, फोरवेबाट पावर हाउससम्मको पाइप राख्ने काम अन्तिम चरणमा पुगेको छ । काम गर्ने मजदुरलाई प्रोत्साहन, मासिक कामको मूल्याङ्कन तथा समस्याका बारेमा जानकारी गराउने संयन्त्रसमेत बनाइएपछि कर्मचारीले मध्यरातमासमेत कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।
    टनेल खन्ने क्रममा आवश्यक विस्फोटक पदार्थसहित नेपाली सेना श्रीबक्स गुल्मको टोलीसमेत आयोजनास्थलमै रहेको छ । करिब रु ७१ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाको एक हजार ५५० मिटर सुरुङ र १५० मिटर हेड रहनेछ ।

    आयोजना निर्माणका लागि रु ३० करोड संस्थापक सेयर र रु ४५ करोड बैंकबाट ऋण लिएको छ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकबाट रु २० करोड, टुरिजम डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट रु १०÷१० करोड तथा सिद्धार्थ डेभलपमेन्ट बैंककै अवकाश कोषबाट रु पाँच करोड ऋण प्रवाह गरिएको छ । घलेम्दीखोलाको दोभानबाट १५ सय मिटर सुरुङ मार्गबाट पानी ल्याएर निलगिरि खोलाको किनारमा निर्माण हुने पावर हाउसमा जोडिने छ ।

    विद्युत् प्राधिकरणले आयोजनाबाट वार्षिक साढे १३ करोड रुपैयाँ बराबरको विद्युत् खरिद बिक्री गर्ने लक्ष्य लिएको छ । जसमध्ये बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद बिक्री गर्ने सम्झौतामा भएको आयोजनाले जनाएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.