कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर १३ गते । गोरखाको ताङलीचोकमा दोस्रो ताङ्गलीचोक सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तला उत्पादनमा अग्र स्थानमा रहेको यो क्षेत्रले गएको बर्ष पनि सुन्तला महोत्सवको आयोजना गरेको थियो ।

मंसिर ११ र १२ गते ‘दोस्रो सुन्तला महोत्सव एवं कृषी मेला प्रर्दशनी’ भएको थियो । सुन्तला उत्पादक कृषी सहकारी संस्था लि.को आयोजनामा भएको कार्यक्रममा गोरखा जिल्लाको विभिन्न स्थानबाट कृषकहरुले आफ्नो उत्पादन लिएर आएका थिए भने पाल्पा बाट समेत कृषकको सहभागीता रहेको थियो ।

ताङलीचोक गाउँ बिकास समितिको याङ्गदीमा भएको महोत्सबमा ठुलो संख्यामा कृषक तथा मेला हेर्नेहरुको घुइचो लागेको थियो ।

नेपाल सरकारको कृषी राज्य मन्त्री राधिका तामाङ्गले उदघाट्न गनु भएको उक्त महोत्सवले किसानले आफुले उत्पादन गरेको उत्पादीत सामाग्री बजार पाउनेमा आशा गरीएको छ । महोत्सवमा राज्य मन्त्री तामाङ्ग समेत नाच्नु भएको थियो । महोत्सवमा सहभागी हुन पुग्नु भएकी राज्य मन्त्रि तामाङ्गले किसानको सुन्तला बारीमा नै पुगेर किसानको गुनासा सुन्नु भएको थियो ।

सुन्तला किसानको प्रोत्साहनका लागि आयोजना गरीएको कृषी बिकास कार्यालय गोरखाको बरिष्ठ कृषी बिकास अधिकृत याम कुमार श्रेष्ठले बताउनु भयो ।

उक्त क्षेत्रमा अहिले किसानहरुले १ सय ६५ हेक्टन जमिनमा सुन्तला खेती गर्दै आएको छ । उत्पादीत सुन्तला सहकारी मार्फत राजधानी, चितवन र पोखरा तथा देशको बिभिन्न शहरमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष ढिल बहादुर रानाले बताउनु भयो ।

ताङलीचोक गाबिसमा मात्रै ५० हजार भन्दा बढी सुन्तलाको बोट रहेको भन्दै रानाले गएको बर्ष १ करोड ३७ लाखको सुन्तला बिक्री भएको बताउनु भयो । सहकारीले सुन्तला संकलन र बिक्री बापत प्रति के.जी. रु १ लिदै आएको छ ।

सहकारीमा अहिले १ सय ३९ जना किसान आबद्व छन । उनीहरुले नियमीत रुपमा उत्पादीत सुन्तला सहकारीलाई बिक्री गर्दै आएको छ । गोरखा जिल्लामा नै पहिलो पटक सुन्तलाको श्रेणी निर्धारण गरी सुन्तला बजारमा बिक्री गर्ने पहिलो सहकारी यही हो ।

यो क्रम यो बर्ष पनी जारी रहने सहरकारीले जानकारी गराएको छ । सुन्तला ग्रेडिङ्ग गर्दा किसान र ब्यापारी तथा उपभोत्ता सबैलाई फाइदा हुने भएकोले यस्तो गर्दै आएको अध्यक्ष रानाले बताउनु भयो । ग्रेडिङ्ग गरीएका सुन्तला गत बर्ष सहकारीले १४ रुपैयाँ देखी ७० रुपैयाँ सम्म बिक्री गरेको यियो ।

सुन्तला महोत्सवले किसानलाई दुई दिनमा सुन्तला उत्पादन, महत्व र बिक्रीका लागि प्रोत्साहित गर्ने भन्दै महोत्सवमा सहभागी भै दिन सर्व साधारण र ब्यापारीलाई अनुरोध गनु हुन्छ जिल्ला कृषी बिकास कार्यालय ताङलीचोकमा रहेको सेवा केन्द्रका प्रमुख बिजय पौडेल ।

सोही क्षेत्रमा स्वास्थ्य सुन्तला उत्पादनका लागि किसानले ग्रिन हाउसमा बेर्ना उत्पादन समेत गर्दै आएको छ ।









