×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

बच्चा जन्मिएपछि बिन्दासपनमा ब्रेक लाग्यो !

  •  
  • शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘हिजो गाँजा तान्दै डाँडाकाँडा हिँडियो, आज बच्चा भेट्न कोठा दौडिन्छु’

    आमाको बारेमा बेलाबेला कविता लेखिरहने कवि विमला तुम्खेवा गत भदौ १६ गते आफू आमा बनिन् । उनले पाटन अस्पतालमा छोरी जन्माइन् । छोरीको नाम ‘योन्छन’ राखेकी छिन्, लामा भाषामा त्यसको अर्थ ‘सुखकी महारानी’ । आफू लिम्बू भए पनि लामासँग बिहे गरेकी हुन् उनले ।

    भनिन्छ, कवि स्वभावैले अराजक र विद्रोही हुन्छ । विमला पनि अविवाहित छँदा संसार देखि÷भोगिसकियो भन्दै वैरागी भएर यत्रतत्र भौंतारिइन् । पशुपतिको जोगीदेखि हरिद्वारको साधुसम्मको संगत गर्दा सबैमा ढोंगी चरित्र पाइन् । अन्ततः फर्केर यही समाज र व्यवस्थाको लिकमा आइन् ।

    कुनै समय जोगी भएर जिउने भन्दै बरालिने जिन्दगीलाई विवाह–संस्थामा बाँधिन के ले प्रेरित गर्‍यो ? यसका साथै बच्चा जन्माएपछि एउटा कवि हृदय भएको आमाले कस्तो अनुभूति गरिरहेकी छिन् ? पढौं उनकै शब्दमाः

    कविहरु समाज, व्यवस्था र परम्परा नमान्ने अलिक अराजक र विद्रोही स्वभावका हुन्छन् । बच्चा जन्मिएपछि त्यो अराजकपन मत्थर हुँदो रै’छ ।

    हिजो म फुक्काफाल थिएँ । डाँडा–डाँडा घुम्ने, जोगीहरुसँग संगत गर्दै हिँड्ने, डाँडामा गएर मजाले ट्वाँट खाएर बस्ने । गाँजा पनि तानियो । लाइफ त बिन्दास नै थियो नि !

    अब त ती दिन गए ।

    bimalaबच्चा भएपछि कविको बिन्दासनमा ब्रेक लाग्दो रै’छ । कुनै बेला डाँडा–डाँडा घुमिहिँड्ने विमला तुम्खेवा अहिले घर–संसारमा साँघुरिएर छोरीको स्याहारमा जुट्छे ।

    घरबाट बाहिर कतै काममा निस्किँदा मन फुरफुर भइरहन्छ, फेरि पहिलाको जस्तै डाँडातिर उक्लिऊँ जस्तो लाग्छ । होइन, कतिखेर घर गएर बच्चाको अनुहार हेरुँ जस्तो पनि हुन्छ । दुइटै कुराले तान्छ मलाई ।

    जीवनमा थुप्रै कुरा देखियो, कुनै बेला सब कुरा छोडेर जोगी बन्छु भनेर हिँडेकी थिएँ म । जीवनको एक चरणको भोगाइ मैले सकेकै हो । सबै कुरा देखियो, भोगियो अनि वैरागी भइयो । त्यसले गर्दा भौतिक सुख–सुविधाबारे कुनै भ्रम थिएन ।

    ध्यान गर्छु भन्दै जंगल–जंगल हिँडेँ । समाधिस्थल चहारेँ । हरिद्वारसम्म पुगेँ । गंगाको किनारमा मध्यरात ध्यान गरेर बसेको छु ।

    त्यो सबै केही हैन रै’छ भन्ने बोध भएपछि फर्केर आएँ । जोगी र साधुहरुमा पनि मैले कुण्ठा, रिक्तता र ठूलो बेचैनी देखेँ । बहुत कम मान्छे मात्रै सांसारिक माया, मोह सबथोक त्यागेर जोगी हुन्छन् जस्तो लाग्छ । ९८ प्रतिशत जोगीहरु आडम्बरी र ढोंगीहरु हुन् ।

    शान्तिको खोजीमा भड्किएर कता–कता पुगे पनि शान्ति आफैंभित्र छ भन्ने बुझेँ । जीवनमा कतिपय कुरा यस्ता हुन्छन्, तिनको व्यवस्थापन गर्नुपर्ने हुन्छ । समाज केही होइन भनेर हिँड्यो भने मान्छेहरुले बहुला बनाइदिन्छन् ।

    त्यसो त आफूसँग हिम्मत छ भने अराजक भएर हिँड्दा पनि जीवन चल्छ । कोही चाहिएन, म एक्लै हिँड्न सक्छु भन्ने आत्मविश्वास छ भने यस्ता मुलाङ समाज भाँडमै जान्छ नि ! तर, व्यावहारिक रुपमा मैले चाहिँ सकिनँ ।

    जीवनमा कहीँ न कहीँ आफू थाकेँ, कसैको सहारा चाहिन्छ भन्ने फिल हुन्छ भने तपाईं विवाहको संस्थामा आउनैपर्ने रै’छ । त्यसले गर्दा नै यत्रो वर्षसम्म यो संस्था टिकेको रै’छ । म पनि बिहे गरेर सेटल भएँ, नानी जन्मियो ।

    छोरी हुर्काउनु कविता लेख्नु जस्तो

    एउटा छोरी मान्छे समयसँगै सम्बन्धको विभिन्न धागोमा बाँधिन्छे । बालिका र किशोरी अवस्थामा कसैकी छोरी, युवती हुँदै कसैकी श्रीमती र त्यसपछि आमा बन्छे । त्यस क्रममा थरिथरिको आत्मीयतामा ऊ जोडिन्छे, आमाको रुपमा बच्चासँगको अट्याचमेन्ट चाहिँ गजबको हुने रहेछ । खासमा यसलाई परिभाषित गर्नै सकिन्न ।

    आमा हुनु संसारको सबैभन्दा सुन्दर पल हो र यो गाह्रो पनि हो । आमा र बच्चाको सम्बन्ध संसारको सबैभन्दा सुन्दर सम्बन्ध हो ।

    मलाई आफू जन्मिएको दुई वर्षदेखिको केही कुरा अझै सम्झना छ । सानोमा म निद्राबाट ब्युँझेपछि बुवा वा आमा छेउमा भएनन् भने एकदम अत्तालिन्थेँ । कुन निर्जन ठाउँमा छु जस्तो लाग्थ्यो । त्यतिखेर मलाई जस्तो फिल हुन्थ्यो, मेरो छोरीलाई पनि त्यस्तै हुन्छ होला जस्तो लाग्छ ।

    bimala-tumkhewa

    त्यही भएर बच्चा हुर्काउनु र कविता लेख्नु एक हिसाबमा उस्तै रै’छ, मसिना–मसिना कुरा ख्याल गर्नुपर्ने । बच्चाले आमालाई चाहिँ तुरुन्तै चिनिहाल्दो रै’छ । जन्मिएको २०–२५ दिनमै मलाई देखेर छोरी मुस्कुराएको महसुस भयो ।

    आफ्नो बच्चा भएपछि मात्र आफूलाई आमा–बाबुले गरेको मायाको महत्व थाहा हुन्छ भन्छन् । त्यो एकदम सत्य हो । आमा–बाबुले कति माया गर्ने रहेछन्, कति संघर्षले हुर्काएका रहेछन् भनेर मलाई पनि महसुस भयो । नत्र त सुरुमा आफूले कति माया पाएँ भन्ने अन्दाज गर्न सकिँदैन र मतलब पनि लाग्दैन ।

    बुवा–आमाको एकमात्र सन्तान हुँ म, त्यो पनि बिहेको १६ वर्षपछि जन्मिएकी । आमाले मेरो नेप्टे नाकमा हिमाल हाँसेको देख्नुहुन्थ्यो रे । निकै सुखले हुर्किएँ । कति भाकल गरिएपछि जन्मिएको रे म । अरुहरु सानोमा आफू एकदम ज्ञानी थिएँ भन्छन्, तर म त्यस्तो खालको बच्चा थिइनँ । निकै जिद्दी थिएँ ।

    अहिले आफ्नो बच्चा भएपछि आफूप्रति आमा–बाबाको माया र भावनालाई जस्ताको तस्तै बुझ्न सकिने रै’छ । उहाँहरुले आफूलाई कुन भावनाले सम्झाउनुभएको थियो, गाली गर्नुभएको थियो, त्यसलाई आफ्नो सन्तानसँग जोडेर हेरिने रहेछ ।

    डाक्टरलाई सोधेँ, पेटमा छोरा छ कि छोरी ?

    हाम्रो समाजमा एउटा बालिकालाई हेर्ने दृष्टिकोण फरक छ । पुरुषहरू आफ्नो विरासतबारे सोच्दै छोरा नै जन्मियोस् भन्ने चाहान्छन् । छोरीप्रति उपेक्षा र हेलाको भावना छ ।

    मैले अस्पतालमा चेकअपमा जाँदा डाक्टरलाई दुई–तीन पटक सोधेँ, मेरो छोरा छ कि छोरी ? तर, उसले केही बताएन । म भित्री मनदेखि छोरी नै होस् भन्ने चाहन्थेँ ।

    भर्खरको बच्चा जब अलिअलि आँखा देख्न थालेपछि मुस्कुराउन थाल्छ, त्यो निकै निश्छल र मायालु खालको हुन्छ । छोरीको निश्छल मुस्कान देख्दा मान्छेहरुले कसरी आफ्नो बच्चा मार्न सकेको होला जस्तो लाग्यो । भु्रणहत्या र बच्चा मारेको केस आइरहेको हुन्छ समाचारहरुमा । त्यस्तो सम्झिएर म एकदम निसास्सिन्थेँ ।

    मैले मेरो आमाको बारेमा ‘हजार सपना र मनमाया’ कविता लेखेकी छु । ‘आमा’ शीर्षकमै पनि लेखेकी छु । समाजको पितृसत्तात्मक संरचनाले छोरा–छोरीमा गर्ने विभेद, सामाजिक, आर्थिक, राजनीतिक सबै कुराले महिलालाई हेर्ने दृष्टिकोण जस्तो छ, मेरो आफ्नो घरमा त कहिल्यै अनुभूति गरिनँ । तर, जब घरबाट निस्किएर समाजमा आएँ, महिला भएकै कारणले कति धेरै संघर्ष गर्नुपर्दो रै’छ भन्ने लाग्यो । त्यही कुरा ‘आमा’ कवितामा लेखेँ ।

    छोरीको बारेमा पनि कविता लेख्दै छु । नयाँ आउन लागेको कवितासंग्रहमा राख्नेछु ।

    bimala-thunkhewa2

    छोरीप्रति कर्तव्य निर्वाह गर्ने, वृद्धाश्रम पनि बनाउने

    एउटी आम महिला आमा हुनु र एउटा कवि आमा हुनुमा उसले गर्ने अनुभूति खासै फरक हुन्छ जस्तो लाग्दैन । जोसुकै भए पनि आमाले बच्चालाई गर्ने माया एउटै हुन्छ ।

    तर पनि कविले अलि फरक कोणबाट पक्कै हेर्छ । सपनाहरु पनि के–के देखिने, मेरी छोरी ठूली भएपछि यस्तो होस् भनेर कल्पना गरिने । परीकथा जस्तै कुरा आउने । म चाहिँ ऊ निडर मान्छे होस् भन्ने चाहन्छु । कुल्ली काम गरोस् तर इमान्दार होस् भन्ने सपना छ ।

    पछि छोरीले मेरो लागि केही गर्ली भन्ने केही आश छैन । आफ्नो कत्र्तव्य हो, उसलाई राम्रोसँग पढाइदिने र यस्तो बाटो सही हो भनेर बताइदिने । बाँकी जिन्दगी उसको हो । आफूलाई पाल्छे भन्ने आश छैन । मैले त देखिसकेको छु, बुढेसकालमा सोझै वृद्धाश्रम जाने हो । बरु राम्रो र व्यवस्थित खालको वृद्धाश्रम मिलेर खोल्नुपर्छ होला । मलाई भ्रम छैन ।

    संसारैभरिका आमाको छोराछोरीप्रतिको माया उस्तै हुन्छ । तर, एउटी आम महिला आमा हुँदा उसले सन्तानलाई बुढेसकालको सहारा भनेर बुझ्छे । हामीमा चाहिँ त्यो भ्रम हुँदैन । कविहरुले एक प्रकारले संसार बुझिसकेका हुन्छन् । कवि र अकवि आमाहरुमा सोच्ने र बुझ्ने तरिका त्यहीँनेर अन्तर हुन्छ ।

    प्रस्तुतिः  जोतारे धाइबा

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.