गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी, बागमती, लुम्बिनी तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजै राति पनि कोशी, बागमती, गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस प्रदेश तथा र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले बुलेटिन मार्फत जनाएकाे छ ।



